काठमाडौं। नेपाल राष्ट्र बैंकमा गभर्नरको पदवाहलीसँगै डा. नीलम तिम्सिना ढुंगाना आफ्नै स्थानमा फर्किएकी छन्। डेपुटी गभर्नर रहेकी उनलाई सरकारले चैत २५ गते कायम मुकाय गभर्नरको जिम्मेवारी दिएको थियो।
सरकारले जेठ ६ गते नयाँ गभर्नर नियुक्त गरेसँगै कामु गभर्नर बनेकी ढुंगाना आफ्नै जिम्मेवारीमा फर्किएकी हुन्। गत चैत २२ गते शुक्रबार १७ औँ गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बिदा भएका थिएका थिए।
रिक्त केन्द्रीय बैंकको गभर्नर पदमा सरकारले नयाँ गभर्नर नियुक्त नहुँदासम्म वरिष्ठ डेपुटी गभर्नर डा. ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी सुम्पिएको थियो। यसबीच उनले ४४ दिन जिम्मेवारी सम्हालिन्।
यसबीच, राष्ट्र बैंकमा गभर्नर र डेपुटी गभर्नर दुई पदबीचको तलब फरक हुने गरेको छ। गभर्नरको पद रिक्त हुँदा कामु गभर्नर बनेकी डेपुटी गभर्नर ढुंगानाले अतिरिक्त रकम भत्ताको रुपमा लिएकी छन्।
राष्ट्र बैंकको गभर्नरको मासिक तबल एक लाख ३६ हजार रुपैयाँ हो भने डेपुटी गभर्नरको तलब एक लाख २१ हजार ७०० रुपैयाँ छ। सञ्चालकहरुको बैठक भत्ता ९ हजार रुपैयाँ हो। एक बैठकमा उपस्थित हुँदा राष्ट्र बैंक सञ्चालकले ९ हजार रुपैयाँमा १५ प्रतिशत कर कट्टा गरेर ७ हजार ६०० रुपैयाँ बुझ्छन्।
यसअघि पनि ढुंगानाले तत्कालीन गभर्नर महाप्रसाद अधिकारी विदेश भ्रमण, तालिम वा घर बिदामा हुँदा पटक/पटक कामु गभर्नरको जिम्मेवारी सम्हालिसकेकी थिइन्।
राष्ट्र बैंकमा गभर्नर र डेपुटी गभर्नरबीचको मासिक तलबमा १४ हजार ३०० रुपैयाँको फरक छ। डेपुटी गभर्नर ढुंगानाले चैत २५ गतेदेखि जेठ ६ गतेसम्म ४२ दिन कामु गभर्नर चलाएकी थिइन। कामु चलाएवापतले उनले हरेक दिन ४७६ रुपैयाँ ६६ पैसा अतिरिक्त तलब भत्ताका रुपमा लिएकी थिइन्। ४२ दिनमा उनले २० हजार २० रुपैयाँ अतिरिक्त रकम पाएकी छन्।
गभर्नरको आकांक्षी कामु गभर्नर फर्किइन् आफ्नै जिम्मेवारीमा घरातलमा
यसअघि पनि ढुंगानाले तत्कालीन गभर्नर महाप्रसाद अधिकारी विदेश भ्रमण, तालिम वा घर बिदामा हुँदा पटक/पटक कामु गभर्नरको जिम्मेवारी सम्हालिसकेकी थिइन्।
पछिल्लो पटक उनले कामु गभर्नरको जिम्मेवारी पूर्ण गभर्नर वा सो सरह जस्तो गरेर निभाउने प्रयास गरिन्। यस अवधिमा उनी राष्ट्र बैंकको सञ्चालक समिति संरचना र संगठनात्मक संरचना परिवर्तन गरेर होस् वा राष्ट्र बैंकमा आफू अनुकुल गभर्नरको जिम्मेवारी निभाएर।
राष्ट्र बैंकको सञ्चालक समितिमा गभर्नर अध्यक्ष, अर्थ मन्त्रालयको पदेन सदस्यका रुपमा अर्थ सचिव, डेपुटी गभर्नरद्वय र अन्य तीन जना सदस्य हुन्छन्। सञ्चालक समिति संरचनामा अध्यक्षको रुपमा रहने गभर्नर पनि अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा रहेका सदस्य अर्थ सचिव सिनियर रहने र त्यसपछि वरिष्ठ डेपुटी गभर्नर र अर्का डेपुटी गभर्नर वरिष्ठ क्रममा राखिन्छ।
राष्ट्र बैंकको सञ्चालक समितिमा तत्कालीन गभर्नर अधिकारी हुँदा उनी अध्यक्ष, त्यसपछि सदस्यहरूको वरिष्ठ क्रममा आधारमा अर्थ सचिव घनश्याम उपाध्यय, वरिष्ठ डेपुटी गभर्नर डा. ढुंगाना, अर्का डेपुटी गभर्नर बम बहादुर मिश्र, चिन्तामणि शिावाकोटी, डा. शंकर प्रसाद आचार्य र डा. रविन्द्र मिश्रलाई राखिएको थियो।
महाप्रसाद अवकाश भएर राष्ट्र बैंकबाट बिदा भएपछि पछिल्लो पटक कामु सम्हालेकै दिनमा डा. ढुंगानाले सञ्चालक समिति संरचना गरेर आफूलाई सञ्चालक समिति अध्यक्षको स्थानका राखेर अर्थ सचिव घनश्याम उपाध्ययलाई आफूभन्दा तल्लो स्थानमा राखेकी थिइन।
यसअघि कामु सम्हालेका कसैले पनि सञ्चालक समिति संरचना परिवर्तन गरेका थिएनन्। उनैले पनि अघिल्लो पटक कामुको जिम्मेवारी लिँदा संरचना परिवर्तन गरेकी थिइनन्।
साथै, उनले आफू मातहतका सबै जिम्मेवारी अर्का डेपुटी गभर्नर मिश्रलाई सुम्पिएर आफ्नो जिम्मेवारीमा पूण गभर्नरले हेर्ने व्यवस्थापन समिति र लेखा परीक्षण समिति, गभर्नर कार्यालय, आन्तरिक लेखा परीक्षण विभाग, वित्त जानकारी इकाई र कानुन महाशाखा यसबाहेकका सबै विभाग, महाशाखा र प्रदेश कार्यालयहरू डेपुटी गभर्नर मिश्रको जिम्मेवारीमा दिएकी थिइन्।
उनले आफूलाई सञ्चालक समिति अध्यक्षमा राखिरहँदा डेपुटी गभर्नरको पद ४४ दिनसम्म खाली रहेको थियो। अघिल्लो पटक कामु सम्हाल्दा संरचना परिवर्तन गर्ने प्रचलन थिएन। यसअघि कामु सम्हालेका कसैले पनि सञ्चालक समिति संरचना परिवर्तन गरेका थिएनन्। उनैले पनि अघिल्लो पटक कामुको जिम्मेवारी लिँदा संरचना परिवर्तन गरेकी थिइनन्।
राष्ट्र बैंकको सबै विभाग र महाशाखाको जिम्मेवारी दुई डेपुटी गभर्नरमा बाँडफाँड हुन्छ। राष्ट्र बैंकमा १७ वटा विभाग र ६ वटा महाशाखा छ। यी सबै विभाग प्रमुखले डेपुटी गभर्नरद्वयको भाग परेअनुसार रिपोर्टिङ गर्नु पर्छ।
डेपुटी गभर्नरले गभर्नरलाई र गभर्नरले सञ्चालक समितिमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था छ। तर, ढुंगानाले आफ्नो जिम्मेवारी मिश्रलाई जिम्मा लगाएर कामु गभर्नरको जिम्मेवारी बहनमा रहिन।
राष्ट्र बैंकको १६औँ गभर्नर बिदा भएपछि सरकारले १७औँ गभर्नर सरकारले २२ दिनपछि नियुक्त गरेको थियो। डा. चिरञ्जिवी नेपाल २०७६ चैत २ गते आफ्नो कार्यकालका समाप्त गरी राष्ट्र बैंकबाट बिदा भएपछि चैत २४ गतेसम्म वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सम्हालेका थिए।
उनले २२ दिनसम्म कामु चलाउँदा डेपुटी गभर्नरको जिम्मेवारी अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई दिएका थिएनन्। साथै, संस्थागत संरचना पनि उक्त समयमा परिवर्तन भएको थिएन।
२०६१ साल चैतमा १४औँ विजयनाथ भट्टराईलाई मुद्दा लागेपछि २४ महिना कृष्ण बहादुर मानन्धर कामु गभर्नर भएका थिए। उनले नोटमा हस्ताक्षरसम्मको अधिकार सरकारबाट पाएका थिए। तर, उनले संस्थागत संरचना र सञ्चालक समिति संरचना परिवर्तन नगरी डेपुटी गभर्नर र कामु गभर्नर दुवैको जिम्मेवारी सम्हालेका थिए।