काठमाडौं। शिवम् सिमेन्टले चर्चित ब्रान्ड क्याम्पेन ‘नो कम्प्रोमाइज’को दोस्रो संस्करण सार्वजनिक गरेको छ।
‘नो कम्प्रोमाइज’ को वाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ, उसको शिर ठाडो हुन्छ’ नामक जनचेतनामूलक सन्देशसहितको नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको दाबी छ।
कम्पनीले स्थापनाकालदेखि नै ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै अएको छ। क्वालिटीको मामलामा नो कम्प्रोमाइज, गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’ जस्ता सशक्त नाराले नै शिवम् ब्रान्डको मूल पहिचान निर्माण गरेको कम्पनीको भनाइ छ। सोही गुणस्तरको कारणले उद्योगले एनएस क्वालिटी अवार्ड २०१९ मा प्रथम पुरस्कारबाट सम्मानित भएको थियो।
हालै सार्वजनिक क्याम्पियन टिजरले चलचित्रको ट्रेलरझैं सिनेम्याटिक प्रस्तुति दिँदै दर्शकमाझ उत्सुकता र कूतुहल सिर्जना गरेको कम्पनीले जनाएको छ।
पछिल्लो पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रोमाइज नगरेको स्थितिलाई चित्रण गर्दै शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रोमाइज नगर्ने नीतिलाई प्रतिविम्बित गरिएको छ।
शिवम् सिमेन्टका प्रतिनिधिका अनुसार यो क्याम्पेनअन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरु धेरै भिडियो सामग्रीसमेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जानेछन्।