काठमाडौं। राउण्ड टेबल नेपालले आज विफाउण्डेशन अन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका लागि विशेष रूपमा निर्माण गरिएको आधुनिक आवासीय भवनको उद्घाटन गरेको छ। करिब नौ महिनाको अवधिमा सम्पन्न भएको यो परियोजना राउण्ड टेबल नेपालको इतिहासकै सबैभन्दा ठूलो तथा प्रभावशाली सामाजिक सेवा परियोजनामध्ये एक हो।
करिव १ करोड ८३ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यस आवासीय भवनले दृष्टिविहीन वालवालिकाको जीवनस्तर उकास्ने, उनीहरूलाई सुरक्षित, सम्मानजनक तथा गुणस्तरीय बसोबासको वातावरण उपलब्ध गराउने उद्देश्य बोकेको छ।
एक रोपनी क्षेत्रफलमा निर्मित यस भवनमा ४८ भन्दा वढी वालिकाको वसोवासको व्यवस्था गरिएको भवनमा छ वटा आवासीय कोठा, विशाल भोजन कक्ष, पूर्ण सुविधासहितको भान्सा, स्नानगृह तथा अन्य आवश्यक पूर्वाधारहरू निर्माण गरिएको छ, जसले बालबालिकाको समग्र विकास, सुरक्षा, सहजता र सम्मानजनक जीवनयापनमा महत्वपूर्ण योगदान पुयाउने विश्वास गरिएको हो।
यस महत्वपूर्ण परियोजना डोल्मा फाउण्डेशन, मारजाली परिवार, विभिन्न व्यक्तिगत दाताहरू संस्थागत साझेदारहरू तथा शुभेच्छुकहरूको उदार सहयोगबाट सफलतापूर्वक सम्पन्न भएको हो। उहाँहरूको सहयोगले एउटा भवन निर्माण गरेको होइन, दृष्टिविहीन वालवालिकाले सम्मानपूर्वक जीवन विताउन शिक्षा हासिल गर्न र उचल भविष्यको सपना देख्न सक्ने वास्तविक पर निर्माण गरेको हो।
यस परियोजनाको नेतृत्व काठमाडौं राउण्ड टेबल-१ का अध्यक्ष टू सजीव अग्रवाल से गर्नुभएको थियो। उहाँको दूरदृष्टि र निरन्तर समर्पणकै कारण यो ऐतिहासिक परियोजना सफलतापूर्वक सम्पन्न हुन सकेको हो।
उद्घाटन समारोहमा नेत्र विशेषज्ञ तथा मानवतावादी डा सन्दुक रुइत प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो कार्यक्रममा डोल्मा फाउण्डेशन माली परिवार, राउण्ड टेबल नेपाल, विभिन्न विशिष्ट अतिथि दाताहरू स्वयंसेवकहरू सहयोगीहरू तथा स्थानीय समुदायका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै राउण्ड टेवल नेपालका प्रतिनिधिले प्रत्येक वालवालिकाले आफ्नो शारीरिक अवस्था वा आर्थिक पृष्ठभूमि जस्तोसुकै भए पनि समान अवसर प्राप्त गर्नुपर्ने संस्थाको दृढ विश्वास पुनः व्यक्त गर्नुभयो उहाँहरूले भने ‘यो परियोजनाले साझा उद्देश्यका साथ व्यक्ति, परियम, संस्था र समुदाय एकजुट हुँदा असम्भव देखिने कार्य पनि सम्भव बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। यस महान अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण दाता, साझेदार, स्वयंसेवक तथा शुभेच्छुकहरूप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
हामी विश्वास कियो पर प्रत्येक बालबालिकाका लागि सुरक्षित, सम्मानित र आशाले भरिएको भविष्य निर्माण गर्ने प्रेरणादायी वलो बन्ने’ यो आवासीय भवन करणा सहकार्य र निःस्वार्थ सेवाको स्थायी प्रतीकका रूपमा रहनेछ यसले सामूहिक उदारता र सामाजिक उत्तरदायित्वबाट दीर्घकालीन तथा अर्थपूर्ण परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश प्रवाह गर्दै आगामी पुस्तासम्म दृष्टिविहीन बालवालिकालाई आफ्ने परको अनुभूति दिलाउने अमूल्य सम्पदाका रूपमा सेवा प्रदान गर्नेछ।