काठमाडौं। बैंकमा १ प्रतिशतभन्दा बढी सेयर हुने सेयर धनीले बैंकबाट ऋण लिन नपाउने व्यवस्था ल्याउन नहुने उद्योगीले जोड दिएका छन्। सोमबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित विधेयकमाथिको छलफलका क्रममा बैंकमा १ प्रतिशतभन्दा बढी सेयर हुने सेयर धनीले ऋण लिन नपाउने व्यवस्था ल्याउन नहुने जोड माग भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीले बैंक चलाएर त्यही बैंकबाट ऋण लिएर व्यापार गरे भन्नु गलत भएको बताए। उनले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित विधेयकमा १ प्रतिशतभन्दा बढी सेयर लगानी भएका प्रमोटर सेयरवालाले बैंकबाट ऋण लिन नपाउने व्यवस्था रहेको उल्लेख गरे। विधेयकमा रहेको यो व्यवास्थाले नहटाई पारित गरिएमा अधिकांश व्यवसाय धराप पर्ने उल्लेख गरे।
‘यस्तो विधेयक ल्याउँदा अधिकांश उद्योग बन्द हुन्छ, व्यवसायी गतिविधि र रोजगारी सिर्जनामा पनि ब्रेक लाग्ने भएकाले विधेयकमा यस्तो व्यवस्था राख्न हुँदैन,’ उनले भने, ‘कुनै एउटा व्यक्ति अर्को कम्पनीमा १ प्रतिशत थोरै सेयर छ भने अर्को कम्पनीमा सञ्चालक बन्छ, ऋण लिने अयोग्य हुन्छ, यो ड्राफ बनाउँदा कुनै विचार नगरी बनाएको जस्तो छ।’
उनले १ प्रतिशतभन्दा बढी बैंकमा सेयर लगानी भएका व्यवसायीले कुनै पनि बैंकबाट ऋण लिन नपाउने व्यवस्थाले मुलुकको अर्थतन्त्रमा असर पर्ने उल्लेख गरे।
बैंकमा १ प्रतिशतभन्दा बढी सेयर हुने सेयर धनीले बैंकबाट ऋण लिन नपाउने व्यवस्थाले सरकारले आगामी दिनमा राजश्व बढाउने र रोजगारी सिर्जना गर्ने योजना सफल हुन नसक्ने अध्यक्ष ढकालले बताए। ‘विधेयकमा यो व्यवस्था राख्नु हुँदैन, मैले आफू बैंकर भएकाले भनेको होइन,’ उनले भने, ‘समग्र निजी क्षेत्रमा समस्या आउँछ।’
राष्ट्र बैंकले पछाडि हुने असर नसोची चालु पुँजी कर्जा नीति ल्याउँदा अहिलेको व्यवस्था आएको विधेयकमा समस्या निम्त्याउने नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले बताए। उनले १ प्रतिशतभन्दा बढी बैंकमा सेयर लगानी भएका व्यवसायीले कुनै पनि बैंकबाट ऋण लिन नपाउने व्यवस्थाले मुलुकको अर्थतन्त्रमा असर पर्ने उल्लेख गरे।
बैंकको प्रमोटरले सेयर बिक्री गर्ने विषयमा उनले बैंकको प्रमोटरको सेयरलाई पनि ‘पब्लिक सेयर’मा बेच्ने बाटो खुलाउन तर्क राखे। ‘प्रमोटर सेयर बिक्री गर्ने सम्बन्धमा १० वर्षपछि ५१ प्रतिशत होल्ड गरेर ४९ प्रतिशत पब्लिक सेयरमा लैजान पाइन्छ,’ उनले भने।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बैंकमा १ प्रतिशतभन्दा बढी सेयर हुने सेयर धनीले बैंकबाट ऋण लिन नपाउने व्यवस्था गरिएको छ। यसलाई हटाउनुपर्ने उद्योगीहरुको जोड छ।