काठमाडौं। नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लि.ले ‘बिना थ्रोबेल पैसा डबल’ अफर सार्वजनिक गरेको छ।
यस विशेष योजनाअन्तर्गत अफर अवधिभर इसेवाबाट बैंक खातामा रकम ट्रान्सफर गर्ने दैनिक दुई जना भाग्यशाली प्रयोगकर्ताले पाँच हजारसम्मको डबद क्यासब्याक जित्न सक्ने मौका रहेको छ। साथै, अफर समाप्तिसँगै थप दुई जना भाग्यमानी प्रयोगकर्तालाई बम्पर पुरस्कार स्वरूप एक लाख जित्ने अवसर रहेको छ।
जेष्ठ १५ देखि असार १३ गतेसम्म चल्ने यस अफरमा इसेवा डाइरेक्ट, क्यूआर स्क्यान वा खाता नम्बर मध्ये जुनसुकै माध्यमबाट बैंक खातामा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने सबै प्रयोगकर्ता पुरस्कारको लागि योग्य रहने छन्। हरेक दिन छनौट गरिने दुई जना भाग्यशाली डबल क्यासब्याक विजेतामध्ये एक जना विजेता नयाँ प्रयोगकर्ताबाट छनोट गरिने छ।
इसेवाले डिजिटल कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउन देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आएको छ। हाल इसेवामा नेपालका सबै प्रमुख बैंक तथा वित्तीय संस्थाहरू साझेदारको रूपमा आबद्ध रहेका छन्।
यी साझेदारीले डिजिटल भुक्तानी प्रणालीलाई जनमैत्री, भरपर्दो र सुलभ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। बैंक तथा वित्तीय संस्थाहरू सँगको साझेदारीले सेवा प्राप्त गर्नेलाई थप सहजता प्रदान गरेको छ भने लेनदेनको सुरक्षा र विश्वसनीयता पनि सुनिश्चित गरेको छ।
यसरी, इसेवाले डिजिटल भुक्तानी प्रणालीको पहुँच विस्तार गर्दै आर्थिक समावेशीकरणमा उल्लेखनीय योगदान पुर्याइरहेको छ। डिजिटल कारोबारलाई प्रवद्र्धन गरी आर्थिक विकास र डिजिटल अर्थतन्त्रको सुदृढीकरणमा यसले महत्वपूर्ण भूमिकासमेत निर्वाह गरेको छ।