काठमाडौं । अर्गनाइजेसन अफ दी पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज् (ओपेक) ले तेल उत्पादनमा निरन्तर कटौती गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।
ओपेकबाट कच्चा तेलको मूल्यमा गिरावटका दुई कारणहरू छन्। पहिलो, कोरोना भाइरसको कारण, कच्चा तेलको माग कम हुन सक्छ । दोस्रो कच्चा तेल उत्पादन गर्ने संस्था ओपेक ज्ञछ लाख ब्यारेल कटौती गर्न राजी भएको छ । यो कटौती यस बर्षको अन्त्य सम्म जारी रहनेछ । गैर(ओपेक देशहरू जस्तै रूस र काजाकिस्तान, आदि यो कटौतीमा समावेश छैनन्।
कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र सुस्ताएको र तेलको माग कम हुने आंकलनसँगै ओपेकले कच्चा तेलको उत्पादन घटाएकाले अमेरिकी कच्चा तेलको बेञ्चमार्क यूएय वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य प्रतिब्यारेल साढे ३० डलरमा आइपुगेको छ । एकैदिन झण्डै ११ डलरले गिरावट आएको हो । मार्च ५ मा प्रतिब्यारेल ४५ डलर थियो । तर, ४ दिनमै १५ डलर घटेको हो ।

विश्व बजारमा कच्चा तेलको मूल्य घटेसँगै त्यसको फाइदा नेपालजस्ता मुलुकले पाउने सम्भावना बढे पनि नेपाल आयल निगमले उपभोक्ताबाट चर्को मूल्य लिएर तेल विक्री गरिरहेको छ । नेपाल आयल निगमले पर्याप्त नाफा राखेर पेट्रोलियम पदार्थ विक्री गरेकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटे पनि नेपाली उपभोक्तालाई त्यसले केही फाइदा पुगेको छैन् ।
अन्तर्राष्ट्रिय बजारमा जुन रुपमा कच्चा तेलको मूल्य घटिरहेको छ, त्यो अनुसार नेपाल आयल निगमले घटाएको छैन् । बरु नाफा बढाउनतिर लागेको छ । आन्तरिक सुधार गरेर नाफा बढाउनु भन्दा पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र सो अनुसार नेपालमा नघटाएर अत्यधिक नाफा कमाउने गरेको देखिएको छ । एक महिनामा कच्चा तेलको मूल्यमा झण्डै प्रतिब्यारेल झण्डै २० डलर घटेको छ । तर, आयल निगमले त्यो अनुसार मूल्य घटाएको छैन ।