काठमाडौं। एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकका लागि ‘बिज सधैं अन’मा मनसुन बिजनेस अफर ल्याएको छ। यो अफरमा ग्राहकले कम खर्चमा पूरै एक वर्ष निश्चिन्त भई सेवा उपयोग गर्न सकिने लगायतका सुविधा रहेका छन्।
ग्राहकले बिज सधैं अन ३९९ प्लान वा बिज सधैं अन ६४९ प्लानको १० महिनाको लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने कम्पनीले बताएकाे छ। यो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडलमा आधारित रहेको कम्पनीले जनाएकाे छ।
बिज सधैं अन ३९९ प्लानमा ग्राहकले हरेक महिना १० जीबी डेटा, ४०० मिनेट जुन सुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४०० एसएमएस प्रति महिना पाउँछन्। त्यस्तै, बिज सधैं अन ६४९ प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस पाइन्छ।
यो मनसुन अफरमा ग्राहकले बन्डल/कम्बो अफरको पनि फाइदा लिन सक्छन्। यसमा कर्पोरेट ग्राहकले आफ्ना तीन वटा मोबाइल नम्बरमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एक पटकका लागि ६ महिनाको लागि सेवा निःशुल्क पाउँछ। यसैगरी, पाँच वटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुई वटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउँछ।
“उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता बमोजिम बन्डल सेवाका साथ कम खर्चमा ग्राहकहलाई वर्षभरि निर्धक्क रुपमा सेवा उपलब्ध गराउन यो अफर ल्याएका एनसेलका चिफ विजनेश अफिसर डिओन एसेन्सिओले बताए।
यसका साथै एनसेलले क्लाउड र डाटा सेन्टर सेवाहरूमा सीमित अवधिका लागि मनसुन अफर दिएको छ जसमा ग्राहकहरुले विशेष छुट पाउँछन्। इच्छुक ग्राहकले एनसेलको वेबसाइटमा गई कलब्याकका लागि अनुरोध गर्न सक्छन्।
बिज सधैं अन ३९९ प्लान र बिज सधैं अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्छन्। ग्राहकहरुले बिज सधैं अन प्लानहरुमा मासिक रुपमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एपमा पनि पहुँच पाउँछन्।