काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सहरुलाई आर्थिक संकटबाट मुक्त गराउन मर्जरमा प्रोत्साहन सुरु गरेको छ। एयरलाइन्स कम्पनीहरुलाई आर्थिक सवलीकरण गर्नका लागि समेत सहज बनाउन प्राधिकरणले मर्जरको नीतिलाई अगाडि सारेको हो।
प्राधिकरणले २०८० भदौमा एयर अपरेटर सर्टिफिकट रिक्वायरमेन्ट (एओसीआर) परिमार्जन गर्दै ९ वटा नयाँ व्यवस्था जारी गरेको छ। जसमा सबै वायुसेवा कम्पनीले आगामी पाँच वर्षभित्रमा जहाजको संख्या न्यूनतम पाँच वटा बनाउनुपर्ने व्यवस्था गरेको छ। साथै, प्राधिकरणलाई मर्जर नीति स्वीकार्य हुनेसमेत उल्लेख गरेको छ।
एओसीआर परिमार्जन भएको दुई वर्ष पूरा भएको छ। अब तीन वर्षभित्रमा पाँच वटा जहाज पुर्याउनुपर्ने बाध्यता एयरलाइन्सलाई रहेको छ। तर, पाँच वर्षमा कतिपय कम्पनीहरुले पाँच वटा जहाज वा हेलिकोप्टर पुर्याउने स्थिति नरहेको कारणले मर्जरमा जानुको विकल्प नभएको व्यवसायीहरुको भनाइ छ।
ज्ञअहिले केही हेलिकोप्टर कम्पनीबाहेक अन्यले पाँच वटा जहाज पुर्याउनका लागि अगाडि बढेको देखिँदैन। यस्तो अवस्थामा तीन वर्षको बीचमा मर्जरमा जानुको विकल्प नभएको वायुसेवा सञ्चालक संघका एक सदस्यले जानकारी दिए।
नयाँ हवाई नीतिमा पनि तीन वटा जहाज र पाँच वटा हेलिकोप्टर अनिवार्य भन्ने विषयमा समावेश हुँदै छ। त्यसैले अब एयरलाइन्स कम्पनीहरुले त्यहीअनुसारले अगाडि बढ्नुपर्ने अवस्थामा रहेको व्यवसायीहरुको भनाइ छ।
‘जहाज खरिद गर्न नसक्ने स्थितिमा अर्को कुनै कम्पनीसँग मर्जरमा जानुपर्छ,’ ती सदस्यले भने, ‘यो विषयमा सबै सदस्यहरु पनि जानकार रहेकाले आन्तरिक तयारीमा लागिरहेका छन्।’
नयाँ हवाई नीतिमा पनि तीन वटा जहाज र पाँच वटा हेलिकोप्टर अनिवार्य भन्ने विषयमा समावेश हुँदै छ। त्यसैले अब एयरलाइन्स कम्पनीहरुले त्यहीअनुसारले अगाडि बढ्नुपर्ने अवस्थामा रहेको व्यवसायीहरुको भनाइ छ। अहिले सिमित हेलिकोप्टर कम्पनीबाहेक अधिकांशको पाँच वटाभन्दा कम छ। केही हेलिकोप्टर कम्पनीले आगामी तीन वर्षभित्रै पाँच वटा पुर्याउने गरी काम थालेको छ।
हेली एभरेष्टका एकाउन्टेवल म्यानेजर फुर गेल्जे शेर्पाले हाल तीन वटा हेलिकोप्टर सञ्चालनमा रहेको र अबको तीन वर्षभित्र पाँच वटा पुर्याउने गरी रणनीति तयार पारिएको बताए।
यस्तै, कैलाश हेलिकोप्टरले पनि आगामी तीन वर्षभित्र पाँच वटा पुर्याउने गरी आन्तरिक तयारी थालेका छन्। तीबाहेक अन्य हेलिकोप्टर कम्पनीहरुले पनि सके पाँच वटा पुर्याउने नभए मन मिल्ने कम्पनीसँग मर्जर गरेर जाने रणनीति बनाइरहेको जनाएका छन्।
सौर्य एयरलाइन्ससँग दुई वटा मात्र छ। उसले अहिले एटिआर जहाजमार्फत उडान भर्ने आन्तरिक तयारी थालिएको जनाएको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले मर्जरको मुख्य उद्देश्य आर्थिक सवलीकरणमार्फत वायुसेवा कम्पनीको उडान सुरक्षालाई मजबुत बनाउने रहेको बताए। ‘यसमा प्राधिकरणले फोर्स मर्जरको नीति लिँदैन,’ सूचना अधिकारी भुलले भने, ‘पाँच वर्षभित्र अनिवार्य पाँच वटा हेलिकोप्टर पुर्याउनै पर्छ।’
आर्थिक संकटका कारण सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको कतिपयको धारणा छ। यस्तै, गुण एयरलाइन्स पनि चरम आर्थिक संकटमा परेपछि बन्द भएको जनाएको छ।
यद्यपि, अहिले दुवै एयरलाइन्सले नियमित उडान भर्ने तयारी थालेको छ। यस्तो अवस्थामा गुणसँग सात वटा जहाज रहेको छ। सौर्य एयरलाइन्ससँग दुई वटा मात्र छ। उसले अहिले एटिआर जहाजमार्फत उडान भर्ने आन्तरिक तयारी थालिएको जनाएको छ।