काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताएका छन्।
‘स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौँ, बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको छ,' बजेट वक्तव्यपछि पौडेलले भने, 'विगतका कमजोरीलाई दोहोरिन नदिने र अर्थतन्त्रका चुनौती सामना गर्ने गरी बजेट प्रस्तुत भएको छ।'
अर्थमन्त्री पौडेलका अनुसार बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशिलता र रोजगारी वृद्धिमा जोड दिएको छ। विनियोजन कुशलतातर्फ अभिमुख भएको छ। सिमित स्रोतलाई अत्यधिक प्रतिफलयुक्त कार्यक्रम र आयोजनामा विनियोजन गरिएको छ।
‘बजेटले उत्पादनका सबै क्षेत्रको मनोबल बढाउने छ। निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्ने र स्टार्टअफ, युवा, उद्यमीलाई प्रोत्साहित गर्ने छ,' उनले भनेऽ
अर्थमन्त्री पौडेलले सबै पक्षको साथ, सहयोग, सहकार्य र समर्थनमा बजेट कार्यान्वयन गर्नुपर्ने बताए।