काठमाडौं। आगामी दिनमा इसेवामार्फत अनलाइन होटल बुकिङ अझै सहज र छिटो भएको छ। इसेवाले आफ्नो सेवा सूचीमा होटल बुकिङ सेवा पनि थप गरेसँगै होटल खोज्न र बुक गर्न फोन गर्नुपर्ने, वेबसाइट चहार्नुपर्ने झन्झट हटेको हो।
इसेवाले वेबसाइट र मोबाइल एपमार्फत सहजै आफ्नो आवश्यकतानुसार होटल बुकिङ गर्न मिल्ने गरी सेवा सञ्चालन गरेको छ। नेपालको पहिलो र अग्रणी डिजिटल वालेट इसेवाले, देशभर रहेका दुई हजारभन्दा बढी होटलहरूलाई एउटै प्लेटफर्ममा ल्याउँदै आफ्ना प्रयोगकर्तालाई सजिलो र छिटो होटल बुकिङ गर्न मिल्ने सुविधा ल्याएको हो।
अहिलेसम्म मोबाइल रिचार्ज, बिजुली-पानीको बिल तिर्नेदेखि सरकारी सेवा शुल्क तिर्नेसम्मका कामलाई सहज बनाउँदै आएको इसेवाले, अब घुमघाम, व्यावसायिक यात्रा वा पारिवारिक कार्यक्रमका लागि होटल बुकिङ पनि सहज बनाएको छ।
केवल केही ट्यापमै, आफ्नो आवश्यकता र बजेट अनुसार होटल बुकिङ गर्न सकिने भएकाले यो सुविधा अझ लोकप्रिय बन्ने र जनतामा अझ सहजता ल्याउने अनुमान गरिएको छ।
इसेवामार्फत सहजै होटल बुक गर्ने तरिका:
१. इसेवा एप खोली “होटल”मा ट्याप गर्नुहोस्।
२. तपाईको गन्तव्य र प्रस्थान मिति चयन गर्नुहोस्।
३. उपलब्ध रहेका होटलहरूबाट आफुलाई उपयुक्त होटल रोज्नुहोस्।
४. सम्पूर्ण विवरण भरेर बुकिङ कन्फर्म गर्नुहोस् ।
५. इसेवा वालेटबाट सहजै भुक्तानी गर्नुहोस् ।
यसरी बुकिङ गरेपछि होटल बुकिङ भएको वा नभएको सम्बन्धी सबै जानकारी तुरुन्तै प्रयोगकर्ताको मोबाइलमै आउँछ। यो सेवाबाट सस्तो होटलदेखि सुविधासम्पन्न तारे होटलसम्म, आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिने छ।
अब होटल बुक गर्नका लागि अलग-अलग वेबसाइट वा एजेन्सी खोज्नुपर्ने छैन। एउटा एपमै सबै काम मिल्ने यो सुविधा, देशभरका प्रयोगकर्ताहरुका लागि उपयोगी हुने विश्वास गरिएको छ।