काठमाडौं। नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म, दराज नेपालले ६.६ मेगा मिड इयर सेलकोे घोषणा गरेको छ। जेठ २३ गते देखि जेठ २७ गतेसम्म सञ्चालन हुने सेलमा ८० प्रतिशतसम्मको बृहत छुट, निःशुल्क होम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरहरूको व्यवस्था गरिएको छ।
६.६ मेगा मिड इयर सेलमार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरूमा फ्ल्याट ६६ प्रतिशतसम्मको आकर्षक छुट पाउन सकिने कम्पनीले बताएको छ। जसअन्तर्गत प्लेटिनम ब्रान्ड पार्टनर सिताफिल, आइविबी र एंकरमार्फत ११ प्रतिशत, गोल्ड ब्रान्ड नाइकमा ५० प्रतिशत र सिल्भर ब्रान्डहरू र्होटो र न्यानो डायपर्समार्फत ४० प्रतिशतसम्मको छुट हुनेछ।
६.६ को विशेष आकर्षणका रुपमा फास्टेस्ट फिंगर फ्ल्याश सेल अभियान रहने जानकारी दिइएको छ। यसमार्फत ग्राहकहरूले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, रु. ६ मा उपलब्ध गरिने अत्यन्तै सीमित अफरहरूमा आफ्नो सहभागिता जनाएर लाभ लिन सकिने छ।
यस उपहारअन्तर्गत ६ जना भाग्यमानी विजेताहरूको छनोट गरी तिनका लागि आकर्षक पुरस्कारहरु प्रदान गरिने कम्पनीले बताएको छ। एड टू कार्ट एण्ड विनअन्तर्गत १० हजारभन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकमध्ये ५ जना भाग्यशाली विजेताहरुको छनौट गरिनेछ। छनोटमा परेका भाग्यशाली विजेतालाई ९ हजारसम्मका उपहारहरू प्रदान गरिनेछ।
त्यसैगरी, बाई एण्ड विनअन्तर्गत, कम्तीमा ५ हजारको सामग्री खरिद गर्ने ग्राहकमध्ये १ जना भाग्यमानी विजेतालाई ५२ हजार ५०० बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने कम्पनीले बताएको छ। १४ दिनको रिटर्न तथा रिफन्ड पोलिसीको लाभ उठाउनका लागि उपभोक्ताले आफ्नो दराज एकाउन्टमा लग इन गर्नुपर्ने हुन्छ।