काठमाडौं। महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीलाई सम्मान गरिएको छ। बैंकमा दुई दशकसम्म निरन्तर सेवा तथा योगदान पु¥याएबापत ३६ जना कर्मचारीलाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच सम्मान गरिएको हो।
सम्मान कार्यक्रममा विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका कर्मचारीहरूलाई बैंकका अध्यक्ष, सचालक समितिका सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन्।
कार्यक्रममा संचालक समिति सदस्यहरू, बैंकका उच्च पदस्थ अधिकारीहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुखहरू, काठमाडौं उपत्यकाका शाखा प्रबन्धकलगायत अन्य कर्मचारीको उपस्थिति थियो। सम्मानित कर्मचारीको ज्ञान, सीप, अनुभव र मार्गदर्शनले बैंकलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।
कार्यक्रममा महालक्ष्मी टोष्ट मास्टर क्लबको औपचारिक सुरुवातसमेत गरिएको छ। टोस्ट मास्टर इन्टरनेशनलद्वारा मान्यता प्राप्त यो क्लबमार्फत बैकका कर्मचारीमा नेतृत्व क्षमता, सार्वनजानिक वक्तृत्व कला, आत्मविश्वास तथा संचार कौशल अभिवृद्धिमा सहयोग पु¥याउने लक्ष्य सहित गठन गरिएको हो। बैंकमा टोस्ट मास्टर क्लबको औपचारिक सुरुवात गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ।
जेष्ठ महिनाभर बैंकले ३१ औँ वार्षिकोत्सव मनाउन तय गरेको पूर्व निर्धारित सम्पूर्ण कार्यक्रमसमेत सफलतापूर्वक सम्पन्न भएका छन्। यस अवसरमा आगामी दिनमा बैंकले आफ्ना ग्राहकलाई थप अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउन प्रतिबद्धता जाहेर गरेको छ।