काठमाडाैं। हेटौंडा उपमहानगरपालिकाले आगमी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजार रुपैयाँ बराबरको बजेट ल्याएकाे छ। उपप्रमुख राजेश बानियाँले मंगलबार १७औं नगरसभामा आगमी आर्थिक वर्षकाे बजेट प्रस्तुत गरेका हुन्।
विनियोजन गरेको बजेट चालू आर्थिक वर्षको भन्दा १९ प्रतिशतले वृद्धि गरी बजेट प्रस्तुत गरिएकाे हाे। उपमहानगरले चालू आवको भन्दा करिब ७ करोड रुपैयाँ बढी बजेट विनियोजन गरेकाे छ।
प्रस्तुत बजेटकाे खर्च व्यहोर्ने स्रोततर्फ संघीय सरकारबाट प्राप्त हुने अनुदान १ अर्ब १९ करोड ५० लाख, आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार, प्रदेश सरकारबाट विभिन्न अनुदानबाट प्राप्त हुने ११ करोड, ४५ लाख ७५ हजार तथा नगर विकास कोषबाट ऋण ३ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ।
नगरस्तरीय पूर्वाधार विकासतर्फ ६२ करोड ३९ लाख ४१ हजार, वडास्तरीय योजना तथा कार्यक्रमका लागि ३२ करोड २५ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएकाे छ। उपमहानगर आर्थिक विकासतर्फ ४ करोड ६९ लाख ७ हजार रुपैयाँ, शिक्षातर्फ ५ करोड ५१ लाख, स्वास्थ्यतर्फ २ करोड ७८ लाख, युवा तथा खेलकुद विकासतर्फ २ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेकाे छ।
यस्तै, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६ करोड ५० लाख २० हजार रुपैयाँ तथा संस्थागत विकासतर्फ ६३ करोड ५४ लाख ९० हजार रुपैयाँ, हरियाली, वृक्षारोपण तथा रंगरोगन, सफा हेटौँडा, जलवायु, वन तथा भूसंरक्षण, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण र जल उत्पन्न प्रकोप नियन्त्रण, फोहोर मैला व्यवस्थापन, ढल तथा नाला पूर्वाधार, खानेपानी सरसफाइतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ३ करोड १५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएकाे छ।
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, सहिद स्मृति स्थानीय गोल्डकप, उपमेयर कप महिला तथा पुरुष भलिबल, मेयर कप रनिङ शिल्ड, मेयर कप फुटबल जस्ता खेलकुद प्रतियोगिता आयोजना र विभिन्न खेलकुद मैदान तथा पूर्वाधार निर्माण, सीप विकास तालिम, खेल सामग्री सहयोग, खेलकुद प्रतियोगितामा सहभागिता लगायत कार्यक्रमका लागि २ करोड ५५ लाख रुपैयाँ बजेट छुट्याइएकाे छ।
मेयरसँग स्वरोजगार कार्यक्रम, चिज बनाउने उद्योग, कपाल कटाई, काष्ठकला, मकैको खोस्टा र थाकलको चकटी सम्बन्धी तालिम सञ्चालन गर्न, कोसेली घर सञ्चालन लगायतका उद्योग, वाणिज्य तथा सहकारी तर्फ उपमहानगरपालिकाले ९८ लाख ३६ हजार, हेटौंडाले आर्थिक विकास क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि ४ करोड ६९ लाख ७ हजार रुपैयाँ बजेट छुट्याइएकाे हाे।
यसैगरी, उपमहानगरले अटोभिलेज पूर्वाधार निर्माण हेटौंडा–११, वाटर फन पार्क हेटौंडा–१४, गड्डा आरती स्थल हेटौंडा– १० का लागि बजेट व्यवस्था गरिएको छ भने निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न ४ करोड रुपैयाँ बजेट छुट्याइएकमा