काठमाडौं। आन्तरिक उड्डयन क्षेत्रमा आधा बढी बजार हिस्सा ओगटेको बुद्ध एयरले ६ महिनामै करिब साढे ७ अर्बको व्यापार गरेको छ। कम्पनीले सन् २०२५ को ६ महिनाबीचमा ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
कम्पनीले गत वर्ष १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। उक्त वर्षको व्यापारलाई आधा गर्दा कम्पनीको आर्थिक वर्ष २०२४ मा कम्पनीको ६ महिना व्यापार ६ अर्ब ६१ करोड रुपैयाँ हुन आउँछ।
निजी क्षेत्रको वायुसेवाप्रदायक बुद्ध एयरले कर्जा प्रयोजनका लागि आर्थिक वर्ष २०२५ को पहिलो अर्धवार्षिक वित्तीय विवरणमा नेपाल इक्रा नेपालमा गराएको रेटिङअनुसार कम्पनीले दीर्घकालीन समय (लङटर्म) बैंकिङ कर्जामा ‘एलए’ पाएको छ भने अल्पकालीन समय (सर्टटर्म) बैंकिङ कर्जाका लागि ‘एवान’ पाएको छ। कम्पनीले अघिल्लो पटक गराएको रेटिङमा दीर्घकालीन कर्जाका लागि ‘एनएमाइनस’ पाएको थियो भने अल्पकालीन कर्जाका लागि ‘एटूप्लस’ रेटिङ पाएको थियो।
बुद्ध एयरको बैंकिङ कर्जामा गराइएको रेटिङ सुधारसँगै कर्जासीमासमेत बढेको छ। कम्पनीले कुल ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ बैंकबाट कर्जा लिन सक्ने क्षमता छ।
दीर्घकालीन बैंकिङ कर्जाका लागि कम्पनीले पाएको एलएमाइनस रेटिङ राम्रो तर केही जोखिम रहेको जनाउँछ भने एलएले अझ बलियो स्थिति र कम जोखिम जनाउँछ। साथै, अल्पकालीन कर्जा रेटिङ एटूप्लसले राम्रो क्षमता जनाउँछ भने एवानले सबैभन्दा उच्च क्षमताको सूचक रहेको जनाउँछ।
बुद्ध एयरको. कर्जा रेटिङ सुधार भएसँगै कम्पनीले बैंकबाट सस्तो ब्याजदरका कर्जा पाउने सम्भावना रहन्छ भने लगानीकर्ता र ग्राहकको नजरमा पनि विश्वनीय संस्थाको रुपमा स्थापित हुन्छ। प्राप्त रेटिङले बुद्ध एयरको व्यावसायिक रुपले स्थिर, सक्षम र समग्र वित्तीय स्थिति सुधार हुँदै गएकोे देखिन्छ।
बुद्ध एयरको बैंकिङ कर्जामा गराइएको रेटिङ सुधारसँगै कर्जासीमासमेत बढेको छ। कम्पनीले कुल ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ बैंकबाट कर्जा लिन सक्ने क्षमता छ। यसमध्ये सटटर्म फन्डबेसमा ८७ करोड र ओभर ड्राफ्ट ८२ करोड ९९ लाख रुपैयाँ रहेको छ।
लामो समयका लागि कम्पनीको १ अर्ब ३० करोड ९१ लाख रुपैयाँ बैंकिङ कर्जा लिमिट रहेको छ। सन् २०२४ मा कम्पनीको कुल बैंकिङ कर्जा लिमिट १ अर्ब ६० करोड २३ लाख रहेको थियो। जसमा सटटर्म ओभर ड्राफ्ट ८० करोड र लङटर्म लोन ६० करोड ८० लाख रुपैयाँ थियो।
कर्जा सामर्थ्य
कम्पनीले सन् २०२४ मा १३ अर्ब २२ करोड रुपैयाँ बराबर सञ्चालन आम्दानी गरेको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतको वृद्धि हो। कम्पनी स्थापना भएयताकै सर्वाधिक रहेको उल्लेख छ। कम्पनीले नयाँ विमान थपेको छ भने टिकट दरसमेत स्थिर रहेका कारण भविष्यको आम्दानीसमेत सकारात्मक हुने देखिन्छ।
तर, इन्धनको मूल्य घट्नु र आर्थिक वर्ष २०८०/८१ को सुरुमा लागू भएका नयाँ कर नीति (भ्याट दर्ता अनिवार्य)ले कम्पनीको सञ्चालन खर्च केही बढेको छ। कम्पनीका केही जहाज चाँडै फेर्नुपर्ने अवस्थामा पुगेका छन्, जसले कम्पनीलाई नयाँ जहाज खरिद गर्नुपर्दा सञ्चालन खर्च बढ्ने देखिन्छ।
सन् १९९१ मा स्थापित बुद्ध एयरमा वीरेन्द्रबहादुर बस्नेतको मुख्य लगानी रहेको छ। यो एयरले आन्तरिक उडानसँगै भारतको काठमाडौंबाट बनारस र कोलकाता उडान सेवा दिइरहेको छ।