काठमाडौं। सौर्य एयरलाइन्सले तीन वटा एटीआर ७२-६०० सिरिजको जहाज भित्र्याउने भएको छ। एक वर्षअघि दुर्घटनामा परी ग्राउण्डेड रहेको सौर्यले एक साथ तीन वटा एटीआर ७२‑६०० जहाज ल्याउने गरी प्रक्रिया अगाडि बढाएको हो।
सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले पहिलो चरणमा एक वटा सीआरजे २०० जहाजमार्फत उडान गर्ने र दोस्रो चरणमा एटीआर ६०० जहाज ल्याउने जानकारी दिए। भारतको कुवेर ग्रुपसँगको सहकार्यमा सञ्चालित सौर्यले अबको केही महिनाभित्रै नयाँ जहाज ल्याउने गरी आवश्यक तयारी गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए।
‘हामीले लामो समयदेखि नै एटीआर जहाजमार्फत उडान भर्ने होमर्क गर्दै आएका थियौँ,’ अध्यक्ष पोखरेलले भने, ‘गत वर्षको दुर्घटनाले केही पछि हटेको हो, अबको केही समयभित्रै नयाँ जहाजमार्फत उडान भर्ने छौँ।’ जहाज ल्याउने पक्का भए पनि कति रकम लगानी हुन्छ भन्ने टुंगो भने अहिले नभइसकेको उनले बताए।
एओसीको पर्खाईमा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजत पत्र नवीकरण भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमति (एओसी)का लागि फाइल अगाडि बढेको छ। २०८१ चैतमा टेष्ट फ्लाइटसमेत सम्पन्न गरिसकेको सौर्यले एओसी पाउने बित्तिकै नियमित उडान गर्ने गरी आवश्यक तयारी पूरा भइसकेको बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए।
‘प्राधिकरणले मागेको जति सबै डकुमेन्ट बुझाइसकेका छौँ,’ बजार व्यवस्थापक खनालले भने, ‘कम्पनीमा आवश्यक सबै दरबन्दीसमेत भरिसकेको छ, अब अनुमति आउने बित्तिकै नियमित उडानमा फर्किन्छौँ।’
सौर्यसँग हाल दुई वटा जहाज रहेको छ। तीमध्ये एउटा जहाजमार्फत उडानको तयारी भएको बजार प्रमुख खनालले जानकारी दिए। उनले जतिसक्दो प्राधिकरण र मन्त्रायलबाट अनुमति आउँछ।
गत साउन ९ गते पोखरा उडानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिश्चित कालका लागि सौर्य एयरलाइन्सलाई उडानमा रोक लगाएको थियो। उच्च व्यवस्थापन रिक्त भएपछि प्राधिकरणले अनिश्चित कालका लागि सौर्यको एओसी निलम्बन गरेको थियो।
त्यहीअनुसारले उडानका लागि तयारी अवस्थामा रहेको जानकारी दिए। ५० सिटे सिआरजे २०० जहाजमार्फत काठमाडौंबाट झापाको भद्रपुर र विराटनगरमा उडान गर्ने सौर्यको तयारी रहेको जनाएको छ।