काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ अध्यक्ष र सञ्चालक नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सञ्चालक किशोरजंग कार्कीलाई अध्यक्षमा चयन गरेको हो।
कार्की हाल पब्लिक समूहको तर्फबाट सञ्चालक रहेका थिए। पूर्वअध्यक्ष लिलाप्रकाश सिटौलाको कार्यकाल गत चैतमा सकिएसँगै अध्यक्ष पद रिक्त रहेको थियो।
२०३९ भदौ ९ देखि सरकारी सेवा (निजामती) मा प्रवेश गरेका कार्कीले करिब ३८ वर्ष विभिन्न पद तथा निकाय जिम्मेवारी निर्वाह गरी २०७७ वैशाख ६ देखि सेवानिवृत्त भएका थिए । कार्कीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सहसचिवका रुपमा अनिवार्य अवकाश लिएका थिए।
जनप्रशासनमा स्नातकोत्तर काकीर्ले अर्थशास्त्र र नेपालीमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन्।
कार्कीले लोकसेवा आयोग, अर्थ मन्त्रालय, सूचना तथा सञ्चार, सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिवका रुपमा काम गरेका थिए। यस्तै, महानिर्देशकका रुपमा निजामती राष्ट्रिय किताबखाना, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा काम गरे।
कार्कीले आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, प्रमुख कर प्रशासक, आन्तरिक राजस्व कार्यालय, काठमाडौं क्षेत्र–२, बबरमहल, प्रमुख भन्सार प्रशासक, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, उपमहानिर्देशक, भन्सार विभाग, उपसचिव, लोकसेवा आयोग, केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशक, लोकसेवा आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, सुर्खेत, उपसचिव, भौतिक योजना तथा निर्माण मन्त्रालयमा काम गरेका थिए।
कार्कीले वरिष्ठ हुलाक अधिकृत (उपसचिव), गोश्वारा हुलाक कार्यालय, शाखा अधिकृत, सामान्य प्रशासन मन्त्रालयमा पनि काम गरे।
यस्तै, कार्कीसँग नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद्, कार्यकारी समिति, कृषि अनुसन्धान कोष, लेखामान बोर्डमा सञ्चालक सदस्यका रुपमा काम गरेको अनुभव छ।
यसैगरी केन्द्रीय चलचित्र जाँच समिति अध्यक्ष, राष्ट्रिय समाचार समितिको महाप्रबन्धक छनोट तथा सिफारिस समिति अध्यक्ष, नेपाल टेलिभिजनको महाप्रबन्धक छनोट तथा सिफारिस समिति अध्यक्ष, रेडियो नेपालको महाप्रबन्धक छनोट तथा सिफारिस समिति, अध्यक्ष, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष छनोट तथा सिफारिस समिति अध्यक्षको ज्रिम्मेवारी पूरा गरेका छन्।
यस्तै, उनले नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्ति सिफारिस समितिका लागि गठित छनौट तथा सिफारिस समितिको विज्ञ सदस्य, उदयपुर सिमेन्ट कारखानको अध्यक्ष नियुक्तिका लागि सरकारसमक्ष सिफारिसका लागि गठित छनाट तथा सिफारिस समितिको विज्ञ सदस्य, नेपाल औषधी लिमिटेडलगायतका सदस्यमा महाप्रबन्धक नियुक्ति सिफारिसका लागि गठित छनोट तथा सिफारिस समितिको विज्ञ सदस्यको रुपमा काम गरेका छन्।
कार्की प्रभु बैंक सञ्चालकको रुपमा २०८१ वैशाख १७ देखि कार्यरत थिए।
त्यसैगरी, बैंकको सञ्चालक समितिमा नयाँ सदस्यका रूपमा रमेशराज अर्याल भित्रिएका छन्। उनी यसअघि एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए।
त्रिभुवन विश्वविद्यालय शंकदेव क्याम्पसबाट एमबीए उत्तीर्ण अर्याल विभिन्न बैंकिङ, कर, रिस्क, कर्पोरेट, एकाउन्टिङ प्रोफेसन, इन्फरर्मेसन एन्ड सेक्युरिटी, एन्ट्री मनी लाउन्डरिङ कम्बेटिङ द फाइनान्स अफ टेरोरिजम्, बैंकिङ लिडरसिपलगायत विषयमा तालिम प्राप्त हुन्।
तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)बाट बैंकिङ करियर सुरु गरेका अर्यालले कुमारी बैंकको सीईओ, डीसीओलगायत विभिन्न पदमा रहेर काम गरेका थिए।
नयाँ नेतृत्वसँगै बैंकले संस्थागत सुशासन, पारदर्शिता र दिगो वित्तीय वृद्धिमा थप सशक्त पहल गर्ने अपेक्षा गरिएको छ।