काठमाडौं। महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरुप बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।
यसअन्तर्गत बैंकको मार्तडी बाजुरा शाखाद्वारा बाजुरास्थित लक्ष्मी माध्यामिक विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका तथा पढाईमा अब्बल रहेका विधार्थीलाई अध्ययन सहज होस् भन्ने हेतुका साथ झोला वितरण गरेको छ।
साथै, पाटन नगरपालिका १ मेल्चौरा बैतडीस्थित सिद्धेश्वर माध्यामिक विद्यालयलाई बैंकको पाटन बैतडी शाखाद्वारा शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ। कूल ८०० विद्यार्थी र ३० जना कर्मचारी रहेका उक्त विद्यालयमा शौचालयको आवश्यकता रहेको तथा सम्भावित सरुवा रोगबाट बच्न सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरिएको हो।
त्यसैगरी बैंकको महेन्द्रनगर शाखाले कञ्चनपुरस्थित बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिलाई खाद्मान्न सामाग्री प्रदान गरेको छ। साथै, काठमाडौं जिल्ला बूढानिलकण्ठ नगरपालिका ४ क्वाँटोल, चण्डेश्वरीस्थित मदन आश्रित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीका राउण्ड टेबल नेपालको सहकार्यमा शैक्षिक सत्र २०८२ को लागि छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरेको छ।
त्यसैगरी प्रहरी वृत मालीगाउँ काठमाडौंलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत मालीगाँउ, काठमाडौंलाई स्थलगत रुपमा खटिने प्रहरीलाई सहज होस् भन्ने उद्देश्यका साथ खानेपानी वितरण गरेको छ।
रोटरी क्लब अफ वीरगञ्जको सहकार्यमा १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिम हात वितरण गर्न आर्थिक सहयोग गरिएको छ। रोटरी क्लब अफ गैँडाकोटको सहकार्यमा नवदुर्गा आधारभूत विद्यालयमा शौचालय निर्माणका लागि आर्थिक सहयोग गरिएको छ। बैंकले गर्दै आएका सामाजिक उत्तरदायित्व कार्यबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ।