काठमाडौं। नेपाल पर्यटन बोर्डले सन् २०२६ मा १५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ। सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ जना विदेशी पर्यटक नेपाल आएका थिए।
बोर्डको लक्ष्यअनुसार २०२६ मा २०२४ को तुलनामा तीन लाख ५२ हजार ४३३ जना विदेशी पर्यटक बढ्नुपर्छ। यो भनेको २०२४ को तुलनामा करिब २५ प्रतिशत बढी पर्यटक नेपाल आउनुपर्छ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिपकराज जोशीले सन् २०२६ मा १५ लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजनाअगाडि बढाएको जानकारी दिए। बोर्डले पर्यटन प्रवर्द्धन गर्न प्रचार प्रसारका कार्यक्रममा क्रस बोर्डर पेमेन्टलाई पनि राखेको छ।
यसले गर्दा नेपाल भ्रमणमा आउन चाहने विदेशी नागरिकको सोधपुछ पनि बढेको हुँदा सन २०२६ मा बोर्डले पर्यटक आगमनको लक्ष्यसमेत निर्धारण गरिससकेको सिइओ जोशीले बताए।
‘एयरपोर्ट र सडक सञ्जाल पूर्वाधारमा आएको सुधार भुक्तानीमा सहजताले नेपाल भ्रमणमा आउन चाहनेहरु बढ्दो छ। सन २०२६ मा कुल १५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ। जसमा तीन लाखसम्म चीनबाट पर्यटक भित्र्याउने लक्ष्य बोर्डले राखेको छ,’ उनले भने।
१५ लाख पुर्याउन २५ प्रतिशतको वृद्धि आवश्यक
बोर्डले अघि सारेको १५ लाखको लक्ष्य पूरा गर्न २५ प्रतिशतले बढी पर्यटक आगमन हुन आवश्यक छ। पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले २०२५ को अहिलेसम्मको पर्यटक आगमनको तथ्यांकलाई हेर्दा २०२६ मा १५ लाखको संख्या सहजै पुग्ने बताए।
नेपालमा सबैभन्दा बढी पर्यटक अहिले भारतबाट आइरहेका छन्। तर, भारतबाट नेपाल आउने हवाई भाडा अत्याधिक महंगो भएको गुनासो बढिरहेको जनाएको छ।
‘अहिलेको तथ्यांक हेर्दा उत्साहजनक देखिएको छ,' प्रबन्धक थपलियाले भने, ‘२०२५को बजेटमा श्रोत बजारबाट पर्यटक आगमन बढाउने विशेष प्याकेजहरुको तयारीसमेत गरिरहेका छौँ।’
पर्यटन बोर्डका अनुसार नेपालमा सबैभन्दा बढी पर्यटकहरु आउने मुख्य श्रोत बजारको रुपमा भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका र बंगलदेशलाई लिएको छ।
यस्तै, युरोपबाट पनि धेरै पर्यटकहरु नेपाल आइरहेको जनाएको छ। श्रोत बजारको रुपमा रहेका मुलुकमा नेपालको पर्यटकीय स्थलहरुको प्रचार-प्रसारलाई तीव्रता दिने खालको कार्यक्रम तयार पारिरहेको प्रबन्धक थपलियाले जानकारी दिए।
‘ती मुलुकहरुमध्ये एक/एक देशबाट ५ देखि ७ प्रतिशतको संख्यामा पर्यटक बढाउनुपर्ने चुनौती रहेको छ,’ प्रबन्धक थपलियाले भने, ‘अहिलेको मुख्य समस्या भनेको हवाई भाडा महंगो भएकाले हो। यसमा सरकारसँग बसेर कसरी समन्वय गर्न सकिन्छ भनेर छलफल अगाडि बढाउने छौँ।’
नेपालमा सबैभन्दा बढी पर्यटक अहिले भारतबाट आइरहेका छन्। तर, भारतबाट नेपाल आउने हवाई भाडा अत्याधिक महंगो भएको गुनासो बढिरहेको जनाएको छ। यसका लागि नेपाली ध्वजाबाहक जहाजलाई भारतमा उडान संख्या बढाउन लगाउनेदेखि त्यहाँबाट आउने जहाजको भाडा घटाउन सरकारले पहल गर्ने विषयसमेत पर्यटन बोर्डले छलफल अगाडि बढाइरहेको उनले बताए।
सन् २०२४ को सोही अवधिमा पाँच लाख ८३ हजार ११ पर्यटक आएका थिए। महामारीपूर्वको सन २०१९ मा पाँच लाख ७३ हजार विदेशीले नेपाल भ्रमण गरेका थिए।
होटल एसोसिएन अफ नेपाल (हान)का पूर्वअध्यक्ष योगेन्द्र शाक्यले हवाई भाडा अन्य मुलुकको तुलनाअनुसार मात्र निर्धारण भएमा विदेशी पर्यटक सहजै रुपमा नेपाल आउने बताए। ‘निजी क्षेत्रले मात्र चाहेर हुँदैन,’ पूर्वअध्यक्ष शाक्यले भने, ‘पर्यटन बोर्ड र पर्यटन मन्त्रालयले चासो देखाएर काम गरे १६ लाख पर्यटक ल्याउन कुनै समस्या हुँदैन।’
६ महिनामा झण्डै ६ लाख पर्यटक आए
सन् २०२५ को पहिलो ६ महिनामा नेपालमा पाँच लाख ७७ हजार ६८९ विदेशी पर्यटकले भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार मासिक औसत पर्यटक आगमन ९६ हजार २८१ रहेको छ।
सन् २०२४ को सोही अवधिमा पाँच लाख ८३ हजार ११ पर्यटक आएका थिए। महामारीपूर्वको सन २०१९ मा पाँच लाख ७३ हजार विदेशीले नेपाल भ्रमण गरेका थिए।
सन् २०२५ को जुन महिनामा मात्रै ७६ हजार ४२४ पर्यटक आएका छन्। जुन यस महिनाको अहिलेसम्मकै उच्च आगमन हो। गत वर्षको जुनमा ७६ हजार ३३३ तथा २०२३ मा ७२ हजार २५० जना पर्यटक नेपाल आएका थिए।