काठमाडौं–आरजी क्रियसन्स नेपाल हस्पिटालिटी तथा नाइट क्लबका आउटलेट निर्माणमा परिचित हुँदै गएको छ। आरजी क्रिएसन्सले १५ वर्षदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहर र विदेशमा समेत होटल, इभेन्ट भेन्यू, नाइट क्लब, डिस्को थेक, क्यासिनो, बैंक्वेट, लाउन्ज, क्याफे, बार, पब लगायत हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित प्रडक्टको कन्सेप्ट डिजाइन, कन्स्ट्रक्सन र सञ्चालन गरी आफ्नो छुट्टै मापदण्ड स्थापित गरिसकेको छ।
आरजी क्रियसन्सले लगानीकर्ताको बजेट र सोचअनुसार कमभन्दा कम लागतमा उत्कृष्ट प्रडक्ट डिजाइन एवं निर्माण गर्दै आइरहेको कम्पनीका कार्यकारी अध्यक्ष राम गिरीले बताए। ‘हामी नाइट क्लब तथा इभेन्ट भेन्यू निर्माण गर्दा त्यसको लागत कम गर्न, त्यसलाई सुरक्षित बनाउन र कसरी भव्य एवं आकर्षक देखाउने भनेर विशेष ध्यान दिन्छौं। नाइट क्लब तथा इभेन्ट भेन्यूमा विश्वमा चलेका नयाँ ट्रेन्ड र फिचरलाई कस्टमाइज गरेर लागू गर्ने गरिएको छ,’ उनले भने।

कम्पनीले लगानीकर्ताको आवश्यकताअनुसार प्रोजेक्ट छनोटदेखि त्यसको कन्सेप्ट, डिजाइन, निर्माण र सञ्चालनसम्मको सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ। आरजी क्रिएसन्सले निर्माण गरेका प्रोजेक्टमा नयाँ जेनेरेसनको सोच र तिनको मनोविज्ञानलाई बोध गरेर तथा लगानीकर्ताको बजेटलाई मिल्ने गरी विभिन्न सुविधा तथा फिचरलाई कुशलतापूर्वक अप्लाइ गर्ने गरिएको छ।
आरजी क्रियसन्सले डिजाइन तथा निर्माण गरेका प्रोजेक्ट अन्यभन्दा भिन्न र विशिष्ट देखिन्छन्। ‘सुन्दर डिजाइनमा त्यसको भव्यतालाई कसरी प्रस्तुत गर्न सकिन्छ भनेर गहन अनुसन्धान गर्छौं’, कार्यकारी अध्यक्ष गिरी भन्छन्, ‘प्रयोग गरिने सामग्री, कन्सेप्ट र डिजाइनअनुसार कस्टमाइज गरिने भएकाले हाम्रा प्रडक्टमा भव्यता झल्किन्छ।’

हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट आउटलेट निर्माण गरेर पर्यटन क्षेत्रमा योगदान दिने तथा देश विकासमा आफ्नोतर्फबाट केही योगदान गर्नु कम्पनीको उद्देश्य रहेको कार्यकारी अध्यक्ष गिरी बताउँछन्। अध्यक्ष गिरी हस्पिटालिटी तथा कन्स्ट्रक्सन क्षेत्रमा २० वर्षभन्दा लामो समयदेखि क्रियाशील छन् । उनले २० वर्षदेखि हासिल गरेको अनुभवलाई अहिले विभिन्न प्रडक्टमा लागू गरिरहेका छन्।
स्ट्रक्चर, इन्टेरियर, आर्टिटेक्ट, लाइट, साउण्ड, कलरिस्ट, निर्माणमा प्रयोग गरिने सामग्रीको गुणस्तर आदि हेर्न आरजी क्रियसन्समा विषयविज्ञ छुट्टाछुट्टै इन्जिनियर कार्यरत छन्। दक्ष इन्जिनियरहरूलाई अध्यक्ष गिरी आफ्नो ‘कन्सेप्ट’ र प्रोजेक्टका लागि आवश्यक पर्ने ‘कन्टेन्ट क्रियट’ गरेर दिने गर्छन्।
कम्पनीले लगानीकर्ताको बजेट र निर्माण स्थलको भू–वनोटअनुसार आवश्यक पर्ने सामग्री जुन स्वदेशमा उपलब्ध हुन्छ, ती कारखानाबाट सीधै खरिद गर्ने गरेको छ।
लाजिम्पाटमा तीन रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको नाइट क्लब लिजेन्ड नेपाल सञ्चालनको तयारी गरिरहेका रमेश कार्की लन्डनमा उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका युवा उद्यमी हुन्। उनले बेलायतमा रहँदा थुप्रै क्लब, पब, डिस्कोथेकको अनुभव लिन पाए। उनले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको नाइट क्लब सञ्चालन गर्ने सोच बनाएर थुप्रै विदेशी कन्सलट्यान्टसँग सम्पर्क र छलफल गरेका थिए।
नेपालमै कन्सलट्यान्ट खोज्ने क्रममा कार्कीले आरजी क्रियसन्ससँग सम्पर्क भएको बताए। उनले भने, ‘आरजी क्रियसन्सले मलाई जुन डिजाइन र कन्सेप्ट दियो त्यो निकै उत्कृष्ट लागेर लिजेण्ड नेपालको निर्माणको जिम्मा दिएको हुँ।’
आरजी क्रियसन्सका निर्देशक सुमित्रा पौडेल उप्रेती कम्पनीले निर्माण गर्ने प्रजेक्टबाट नाफा आर्जन गर्नेभन्दा पनि लगानीकर्तालाई कसरी सुलभ खर्चमा उत्कृष्ट प्रोजेक्ट दिन सकिन्छ भनेर कार्य गरिरहेको दाबी गर्छिन्।

कम्पनीले काठमाडौं उपत्यकामा रामबाग महल, म्याजेस्टिक ग्रान्ड, हर्षबाटिक, ताज रिसेप्सन, ताज प्यालेस, बौद्ध हेरिटेज, इम्पेरियल ब्यांक्वेट, रोयल इम्पायर बुटिक होटल लगायत दर्जनौँ इभेन्ट भेन्यू निर्माण सम्पन्न गरी लगानीकर्तालाई हस्तान्तरण गरिसकेको छ। कम्पनीले धरान, इटहरी, पोखरालगायत देशका विभिन्न सर एवं विदेशमा पनि हस्टिटालिटी क्षेत्रसँग सम्बन्धित प्रोजेक्ट निर्माण गरिरहेको छ।
यसैगरी आरजी क्रिएसन्सले रात्रिकालिन व्यवसायतर्फ यसअघि काठमाडौंको दरबारमार्गस्थित प्रख्यात डेजाभु डिस्को थेक, भिक्ट्री लाउन्ज एवं ठमेलमा फूलमुन क्याफे, फेसेस लाउञ्ज, रकर्स म्याजिक जस्ता चर्चित आउटलेट निर्माण सम्पन्न गरिसकेको छ।