काठमाडाैं। नेपाल राष्ट्र बैंकले चेक बाउन्स (चेक अनादर गर्ने व्यक्तिमाथि कडाइको नीति लिएको छ। केन्द्रीय बैंकले ‘चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि, २०८१’ जारी गर्दै चेक अनादर गर्ने धारकलाई ४५ दिनभित्र पैसा नराखे कालोसूची गर्ने व्यवस्था गरेको हो।
राष्ट्र बैंकको नयाँ व्यस्थाअनुसार चक जारी भएको मितिमा चेक लिने व्यक्तिले सटहीको लागि बैंक पुग्दा चेकमा मौज्दात रकम नभएका तुरुन्तै कालोसूचकिो लागि आवेदन दिन सक्नेछन्। यसघिसम्म २ पटकसम्म चेक फिर्ता भएपछिमात्रै कालोसूचमिा राख्न पाउने व्यवस्था थियो। यसरी चेकमा मौजदात पैसा नभएर निवेदकले कालोसूचीको माग गरेपछि बैंकले चेक धारकलाई ४५ दिनको समय दिएर उल्लेख भएको रकम राख्न समय दिन्छ।
तर उक्त समयसम्म चेक धारकले खातामा पैसा नराखेमा बैंकले चेक धारकलाइृ कालोसूची गर्न आवश्यक प्रक्रिया सुरु गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित बताउँछन्। यसरी चेक अनादर भएको प्रमाणित भएको ६ महिनाभित्र कालोसूचीमा राख्न निवेदन दिन पाइने नयाँ व्यवस्था हो।
यसअघिसम्म खातामा मौज्दात पैसा नभएको अवस्थामा चेक धारकलाई मौज्दात राख्न ६ महिनासम्मको सयम थियो। पुरानो व्यवस्थाअनुसार चेक अनादर भएर निवेदकले. कालोसूची राख्न निवेदन गरेको ७ कार्यदिनभित्र कर्जा सुचना केन्द्र बैंकले पठाउनु पर्ने थियो। अब भने ५ कार्यदिनभित्रै पठाउनु पर्ने छ।
चेकको रकम भुक्तानी गर्न सार्वजनिक विदा बाहेक सात दिनको समय दिई जानकारी दिनुपर्नेछ । 'सो मितिभित्र पनि रकम भुक्तानी हुन नसकेमा धारकको अनुरोधमा उक्त चेक जारी गर्ने व्यक्ति वा संस्था तथा सोसँग सम्बन्धित पक्षहरुलाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रमा लेखि पठाउनुपर्नेछ।'
राष्ट्रबैंकको नयाँ व्यवस्थामा अगाडि भनिएको छ-'कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले धारकले चेकमा उल्लिखित विवरण सही भएको यकिन गर्न सक्ने अवस्थामा बाहेक अन्य जुनसुकै अवस्थामा फिर्ता हुने चेक जारी गरेमा सम्बन्धित बैंक वा वित्तीय संस्थाले चेक जारी गर्ने त्यस्ता व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई चेकको रकम भुक्तानी गर्न सार्वजनिक विदा बाहेक सात दिनको समय दिई जानकारी दिनुपर्नेछ । सो मितिभित्र पनि रकम भुक्तानी हुन नसकेमा धारकको अनुरोधमा उक्त चेक जारी गर्ने व्यक्ति वा संस्था तथा सोसँग सम्बन्धितपक्षहरुलाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रमा लेखि पठाउनुपर्नेछ ।'
चेक भुक्तानी नभई चेक फिर्ता भएको खण्डमा समेत चेक जारी गर्ने बैंक वा वित्तीय संस्थाले उक्त चेक भुक्तानी नभई फिर्ता भएको प्रमाणित गरिदिनुपर्नेछ । उक्त चेक फिर्ता भएको प्रमाणित भएको मितिले ६ महिनाभित्र धारकले चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था तथा निजसँग सम्बन्धित पक्षलाई कालोसूचीमा राख्न सम्बन्धित बैंक वा वित्तीय संस्थालाई निवेदन दिइसक्नुपर्ने व्यवस्था भएको छ ।
चेक अनादर/फिर्ता भई कालोसूचीमा समावेश भएको अवस्थामा सो व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले उक्त चेकको रकम धारकलाई भुक्तान गरेमा वा धारकलाई भुक्तानी दिने गरी रकम इयरमार्क गरी राखेमा वा प्रचलित कानून बमोजिम मिलापत्र गरेको जानकारी सम्बन्धित बैंक वा वित्तीय संस्थालाई प्राप्त भएमा कालोसूचीबाट हटाउने प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।