काठमाडौं । एनसेलले स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याएको छ । यूवा लक्षित यो स्किममा सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्नेछन् । पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने छ ।
प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने यो सिमका विषेशता रहेको कम्पनीले जनाएको छ । यसबाहेक ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिन पाईने आकर्षक डेटा प्याकहरुबाट फाइदा लिन सक्नेछन् ।
ग्राहकहरूले करसहित रु. ९९ मा बिहीबार (चैत्र ६) बाट यो सिम लिन सक्नेछन् । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको ५०० एमबी डेटा (२५० एमबी फोरजी सहित), १० मिनेट अन नेट टक टाइम र १०० वटा अन नेट एसएमएस पाउनेछन् । सिमसँगै बन्डल भई आउने पीआरबीटी (सेवा र स्वतः आउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य कम्पनीको भनाई छ ।
यस नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सिम सुचारु गरेको दिनको मध्यरातभित्रै रु. १०० वा सोभन्दा माथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा बोनस र माईफाइभ सेवा १२ महिनासम्मका लागि पाउनेछन् ।
प्रत्येक दिन पाइने १५० एमबी डेटाको समयावधि सोही दिनको मध्यरातसम्म हुनेछ । माईफाइभ सेवाअन्तर्गत पहिलो एक महिनाका लागि पाँच माईफाइभ नम्बरहरूमा बिना कुनै शुल्क कुरा गर्न सकिनेछ भने बाँकी ११ महिना ती नम्बरहरूमा मात्र ९९ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको लाभ लिन सकिनेछ ।