काठमाडौं। जापानबाट नेपालमा पैसा पठाउन दिनरातको सीमा रहेन। नबिल रेमिटको सहकार्यमा एसबीआई रेमिटले जापानबाट २४ घण्टा रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। नेपालबाट कामको लागि जापान जाने नेपालीलाई जापानमा बैंक खाता खोल्न र रेमिट्यान्सबाट पैसा पठाउन गाह्रो भइरहेको अवस्थामा हुन्डीमार्फत जानुपर्ने बाध्यता थियो। धेरै नेपाली विद्यार्थी र कामदार ठगिएको समस्यालाई समाधान गर्ने उद्देश्यले रेमिट सेवा सुरु गरिएको हो।
जसले लामो समयदेखि हुन्डीमार्फत पैसा पठाउनुपर्ने बाध्यता र ठगीको जोखिमलाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। नेपालबाट काम वा अध्ययनका लागि जापान जाने नेपालीलाई त्यहाँ बैंक खाता खोल्न र औपचारिक माध्यमबाट पैसा पठाउन गाह्रो भइरहेको अवस्थामा यो सेवाले ठूलो राहत प्रदान गर्ने छ।
साथै, नबिल बैंकले नियमित रूपमा नबिल रेमिटमार्फत पैसा पठाएर राम्रो फाइनान्सियल रेकर्ड भएपछि बैंकले घर कर्जा र उद्यम कर्जा दिने विशेष योजना अघि सारेको छ। जसले विदेशमा पसिना बगाएर कमाएको पैसालाई भविष्य निर्माणको आधार बनाउन मद्दत गर्ने छ।
हाल जापानमा बसेर दिनरात पसिना बगाएर कमाएको पैसा छिटो र सुरक्षित साथ नेपाल पठाउनको लागि एसबीआई रेमिट मोबाइल एप हाल नेपालीको साथी बनेको छ। श्रमको मूल्य पैसा मात्र होइन, भविष्य निर्माण पनि हो। एसबीआई रेमिट मोबाइल एप जापानमा रहेका नेपालीको लागि सुरक्षित, छिटो र आधुनिक रेमिट्यान्स सेवा हो।
यसले नेपालमा पैसा ल्याउनको लागि नबिल रेमिटसँग सहकार्य गरेको छ। जापानमा भएका नेपाली नागरिकको लागि एसबीआई रेमिट भरपर्दाे विकल्प बन्दै आएको नबिल बैंककी रेमिट्यान्स विभाग प्रमुख मनिषा श्रेष्ठ बताउँछिन्।
‘एसबीआई रेमिटले यसअघि रेमिट कार्डमार्फत नेपालमा पैसा पठाउने सेवा दिँदै आएको थियो,’ श्रेष्ठ भन्छिन्, ‘तर, नबिल बैंकसँगको साझेदारीपछि अब ग्राहकले मोबाइल एप वा वेब प्रयोग गरेर सहजै रेमिट्यान्स गर्न सक्नेछन्। साथै, प्रतिस्पर्धी विनिमयदर प्राप्त गर्न सक्नेछन्।’ सेवाग्राहीले यो सेवा दिनको २४ घण्टा, सातै दिन आफूले चाहेको समयमा प्रयोग गर्न सक्ने उनी बनाउँछिन्।
हुन्डीको जोखिम घट्दै, सुरक्षा र सहजतामा जोड
नेपाल र जापानबीचको लामो समयदेखिको सुमधुर सम्बन्ध र जापानी लगानीबाट नेपालमा भएका पूर्वाधार विकासको इतिहासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ।
यी दुई ठूला कम्पनीबीचको सम्झौताले गर्दा विगतका दिनमा भाषासम्बन्धी कारणले गर्दा नेपालबाट कामको लागि जापान जाने नेपालीलाई जापानमा बैंक खाता खोल्न र रेमिट्यान्सबाट पैसा पठाउन गाह्रो भइरहेको अवस्था र कतिपय केसमा हुन्डीमार्फत जानुपर्ने बाध्यता थियो। यसले धेरै नेपाली विद्यार्थी र कामदार ठगिएको समस्यालाई कम गर्न पनि सहयोग पुगेको छ।
हाल जापानमा बसोबास गर्ने नेपालीको संख्या दुई लाख ३३ हजारभन्दा बढी पुगेको छ। जसले गर्दा जापानमा बस्ने विदेशी नागरिकमध्ये नेपालीको स्थान छैटौं रहेको छ। जापानमा यसका साझेदार एसबीआई रेमिट, एसबीआई होल्डिङ्स ग्रुपअन्तर्गतको संस्था हो। यो समूह टोक्यो स्टक एक्सचेन्जमा समेत सूचीकृत छ। सन् २०२४ सेप्टेम्बर ३० सम्मको तथ्यांकअनुसार यसमा १८ हजार ५८६ कर्मचारी कार्यरत छन्।
एइसबीआई रेमिट एक मात्र रेमिट्यान्स कम्पनी हो जसले २० खर्ब एन रेमिट्यान्स पठाएको छ। एसबीआई जापानमा अनलाइन रेमिट्यान्स प्रस्ताव गर्ने पहिलो कम्पनी हो। अहिले एइसबीआई रेमिट एक मात्र रेमिट कम्पनी हो। जसले नियो बैक खाता पनि प्रदान गर्दछ।
रेमिट्यान्स मात्र होइन, भविष्य निर्माणको आधार
यो केवल रेमिट्यान्स सेवा मात्र नभई विदेशमा बसेर नेपालमा आफ्नो भविष्य निर्माण गर्न चाहने नेपालीका लागि एक महत्वपूर्ण अवसर पनि हो। नबिल बैंककी रेमिट्यान्स विभाग प्रमुख श्रेष्ठका अनुसार एसबीआई रेमिटमार्फत नियमित रूपमा नबिल रेमिटमा पैसा पठाउँदा ग्राहकको वित्तीय रेकर्ड राम्रो बन्दै जान्छ।
‘बैंकसँग ग्राहकको रेमिट्यान्स आयात रेकर्ड नियमित र राम्रो हुँदा भविष्यमा बैंकबाट कर्जा लिनका लागि ऊ योग्य बन्न सक्छ,’ श्रेष्ठ भन्छिन्, ‘उसले विदेशमा नै बसेर घर बनाउन वा कुनै व्यवसाय सुरु गर्नका लागि समेत ऋण लिन योग्य बन्न सक्छ।’
यसरी ऋण लिएर कुनै पनि व्यवसाय आफ्नै घरपरिवारलाई सुरु गराएर पछि त्यही व्यवसायमा आफू सामेल हुन पनि सकिने उनको भनाइ छ। यसले विदेशमा बसेर कमाएको पैसालाई घरजग्गामा लगानी गर्ने वा उद्यमशीलतामा लगाउने अवसर प्रदान गर्दछ, जसले रोजगारी सिर्जना मात्र गर्दैन, देशमै अवसर खोज्ने बाटो पनि खोलिदिन्छ। यसरी विदेशमा बसेर पनि आफ्नै देशमा आफ्नो सपना साकार पार्ने बाटो खुलेको छ।
बैंकले जापानमा बस्ने नेपालीहरूलाई लक्षित गरी नबिल इन्भेस्टमेन्ट सेवा पनि सुरु गरेको छ। यस सुविधामार्फत जापानमै बसेर लोनको प्रक्रियागत व्यवस्थापनदेखि घर जग्गा खरिदका लागि आवश्यक ऋण लिन सकिनेछ। नबिल रेमिटबाट ऋण लिएर यस्ता योजनाहरूबाट आफ्नो घरपरिवारलाई अगाडि बढाउन सकिन्छ र भविष्यमा आफैँ पनि त्यो व्यवसायमा सहभागी हुन सकिन्छ।
नबिल रेमिटले सरल, भरपर्दाे र प्रतिस्पर्धी दरमा सेवा उपलब्ध गराउँदै आएको छ। सेवा सुरु गर्न चाहनेका लागि एसबीआई रेमिटमार्फत पहिलो पटक रजिस्ट्रेसन गर्दा ५ सय रिवार्ड प्वाइन्ट दिइनेछ भने पहिलो पटक पठाइएको रेमिट्यान्स निशुल्क हुनेछ।
नबिल बैंकले जापानमा बस्ने नेपालीलाई दिदै आएको सुविधा
नबिल बैंकले जापानमा रहेका नेपालीहरूलाई लक्षित गर्दै विभिन्न खालका आधुनिक र सहज बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ। जापानमै बसेर पनि नेपालका सम्पूर्ण वित्तीय कार्यहरू सजिलै गर्न सकिन्छ।
नबिल रेमिटका प्रयोगकर्ताहरुले मोबाइल बैंकिङ सेवा वालेट पेमेन्ट, जापानबाट नै फण्ड ट्रान्सफर सेवा, सरकारी सेवाको पेमेन्ट, नेपालको खरिद बिक्रीमा समेत रकम भुक्तानी गर्नसक्ने छन्। साथै, जापानमै बसेर नेपालमा रहेका सन्तानको स्कुल फिसमेत तिर्न सकिनेछ भने बिमाको प्रिमियमको भुक्तानी जापानबाट गर्ने सकिनेछ।
यसअनुसार जापानमा बस्ने नेपालीहरुले सजिलै अनलाइनबाट नै खाता खोल्न सक्नेछन्। बैंकले सेयर बजारमा चासो राख्ने र सेयर खरिदबिक्री गर्नेहरूका लागि जापानमै बसेर डिम्याट तथा मेरो सेयरको खातासमेत खोल्न सकिने व्यवस्था गरेर त्यहाँ रहेका नेपालीलाई सहज बनाइदिएको छ।
लगानीमा गर्न इच्छुक हुनेहरुका लागि नबिल इन्भेष्टमेन्ट सेवासमेत जापानबाट लिन पाउने गरी बैंकले सेवा सुरु गरेको छ। यति मात्र नभई लामो समयदेखि कारोबार नगरेर ब्लक भएको एकाउन्ट पुनः सुरु गर्नेदेखि केवाईसीसमेत जापानमै बसी अपडेट गर्न सकिने सुविधा दिइएको छ।
लोन व्यवस्थापनको कामसमेत जापानमै बसेर गर्न सकिने छ। साथै, घर तथा जग्गा खरिदका लागिसमेत जापानमै बसेर ऋण लिन सक्ने व्यवस्था बैंकले गरेको छ।