काठमाडौं। सन् २०२५ को जुलाई महिनामा ७० हजार १ सय ९३ जना विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या अघिल्लो वर्षको यहि महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो। सन् २०२४ को जुलाईमा ६४ हजार ५९८ जना विदेशी पर्यटक नेपाल आएका थिए।
बोर्डका अनुसार महामारीपूर्वको अवस्था सन २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ। सन २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ जना अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ।

जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिईओ) दीपकराज जोशीले यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए।
जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ जना अर्थात ३८.७ प्रतिशत पर्यटक आएका छन। दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना ९९.८ प्रतिशत, तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना ९९.४ प्रतिशत, बंगलादेशबाट ४ हजार ४ सय १३ जना ९६.३ प्रतिशत र बेलायतबाट ३ हजार ५ सय ४७ जना ९५.१ प्रतिशत पर्यटक नेपाल आएका हुन्।
क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एशियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार ७ सय ८७ जना र अन्य एशियाली मुलुकहरूबाट १३ हजार ५२ जना, युरोपबाट ९ हजार २९२, अमेरिकाबाट १२ हजार ७७५, ओसिनिया क्षेत्रबाट १ हजार ८ सय ७, मध्यपूर्वबाट ८२६ जना, अफ्रिकाबाट ३१८ र अन्य क्षेत्रबाट ३ हजार ३ सय २९ जना आएका छन्।
बोर्डका सीईओ जोशीले भने ‘भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवद्र्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह, र विविध पर्यटकीय उत्पादनहरूले पछिल्लो समय नेपालमा पर्यटक आकर्षण बढेको छ।’