काठमाडौं। सानिमा बैंकले लगानीकर्तालाई २०.४७ प्रतिशत लाभांश क्षमतासहित साढे ३ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ५५ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
आज सार्वजनिक गत आवको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यो गत वर्षको सोही अवधिमा आर्जित खुद नाफाको तुलनामा ५.२९ प्रतिशत बढी हो।
विवरणअनुसार उक्त अवधिमा बैंकले २ अर्ब ७७ करोड ८० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा ९१.९४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद नाफा र वितरणयोग्य नाफा बढेसँगै बैंकको लाभांश क्षमतासमेत २०.४७ प्रतिशत पुगेको छ। अघिल्लो आव वर्ष बैंकको लाभांश क्षमता १०.६६ प्रतिशत थियो।
गत वर्ष बैंकले २ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ७६ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
उक्त अवधिमा बैंकले ६ अर्ब ७१ करोड २४ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ। समीक्षा अवधिमा बैंकको कुल निष्कृय कर्जा अनुपात ३.०१ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात १.२१ प्रतिशत कायम भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकको कुल निष्कृय कर्जा अनुपात १.७२ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ०.५१ प्रतिशत थियो। उक्त अवधिमा बैंकको बेसरेट ६.१२ प्रतिशत, स्प्रेडदर ३.६८ प्रतिशत, सिडी रेसियो ८१.०३ प्रतिशत, प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँ, प्रतिसेयर नेथवर्क १६८.८३ पैसा, मुल्य आम्दानी अनुपात १९.८० र तरलता रेसियो ३०.९४ प्रतिशत रहेको छ।