काठमाडौं। हिमालयन बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो आव अन्त्यसम्म १ अर्ब २३ करोड खुद नाफा कमाएका थियो।
बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण खुद नाफा २२.१४ प्रतिशतले बढेको हो।
बैंकको वितरणयोग्य नाफा ७ अर्ब १० करोड ऋणात्मक रहेको छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ७ अर्ब ४४ करोड ऋणात्मक थियो।
यस्तै, खुद ब्याज आम्दानी ९.९ प्रतिशतले घटेर १० अर्ब ४५ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन आम्दानी ४.७३ प्रतिशतले घटेर १२ अर्ब ५१ करोड पुगेको छ।
इम्पेयरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट ७०.८५ प्रतिशतले घटेर १ अर्ब ५३ करोड पुगेको छ। सोही कारण बैंकको नाफा वृद्धि भएको हो।
यद्यपि बैंकको खुद ब्याज आम्दानी भने १० प्रतिशतले घटेको छ। बैंकले अघिल्लो वर्ष ११ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा गत वर्ष १० अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो।
त्यसैगरी अघिल्लो वर्ष बैंकले १३ अर्ब १४ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेकामा गत वर्ष ४.७२ प्रतिशतले घटेर १२ अर्ब ५२ करोड रहेको छ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको सञ्चालन नाफा भने ८८.४१ प्रतिशतले वृद्धि भएर ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन नाफा २ अर्ब ८८ करोड थियो।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ५.७२ रुपैयाँबाट बढेर ६.९८ रुपैयाँ पुग्दा प्रतिशेयर नेटवर्थ १७५.०७ रुपैयाँ कायम भएको छ भने खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ।
चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा २३ अर्ब ३७ करोड र जगेडा कोषमा ५ अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ। बैंकले २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेर ३ खर्ब ८ अर्ब ८५ करोड निक्षेप संकलन गरेको छ।