काठमाडौं। गत आर्थिक वर्षमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुदनाफा साढे ३ प्रतिशत बढी वृद्धि भएको छ। अघिल्लो आवमा आर्जित खुद नाफामा गत वर्ष ३.६३ प्रतिशतले वृद्धि गरी ७१ करोड ३१ लाख रुपैयाँ पुर्याएको हो।
अघिल्लो आव २०८०/८१ मा कम्पनीले ६८ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा सार्वजनिक गत आवको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार उक्त अवधिमा कम्पनीले २ अर्ब ५ करोड ७६ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। एक वर्षको अवधिमा कम्पनीले खुद बीमाशुल्क ११.५८ प्रतिशतले बढेको हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७६ करोड ४० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १३ करोड ८१ लाख रुपैयाँ बत्रढी कुल दाबी भुक्तानी गरेको थियो। कम्पनीले १ अर्ब १३ करोड ४९ लाख रुपैयाँ दाबी भुक्तानीमा खर्च गर्नुपर्ने छ।
कम्पनीको गत असारमसान्तसम्म कुल आम्दानी २.०६ प्रतिशतले वृद्धि भई ३ अर्ब ९ करोड ३५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष भने कम्पनीको कुल आम्दानी ३ अर्ब ३ करोड ६८ लाख रुपैयाँ थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खर्च घटेको देखिएको छ।
अघिल्लो आर्थिक वर्ष २ अर्ब १६ करोड रुपैयाँ खर्च गरेको कम्पनीले गत वर्ष २ अर्ब ८ करोड रुपैयाँ मात्रै खर्च गरेको छ। तुलनात्मक रुपमा कम्पनीको खर्च ३.३६ प्रतिशतले घटेको छ। गत वर्षको असार मसान्तसम्म कम्पनीले कर्मचारी, बिमित र अभिकर्तालाई २९ करोड ४६ लाख रुपैयाँ कर्जा दिएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले यस्तो कर्जा २६ करोड ४४ लाख रुपैयाँ प्रावाह गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ कायम छ भने कम्पनीले महाविपत्ति कोषमा २२ करोड ४३ लाख रुपैयाँ राखेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा १८ करोड ८२ लाख रुपैयाँ छुट्याएको थियो। साथै, गत वर्षमा कम्पनीको रिटेन्ड अर्निङमा ९५ करोड ५० लाख ८८ हजार रहेको छ।
गत वर्षको असार मसान्तसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रतिसेयर मूल्य २५.४१ पैसा, प्रतिसेयर नेथवर्क २७४.५६ पैसा र तरलता रेसियो १.१० प्रतिशत रहेको छ।