काठमाडौं। एक दर्जन वाणिज्य बैंकहरूको खुद नाफा ४५ अर्ब रुपैयाँ नाघेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका १२ वटा वाणिज्य बैंकले ४५ अर्ब १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्।
नेपाल राष्ट्र बैंकले चालु वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने समय त्रैमास समाप्त भएको ३० दिनसम्मलाई दिएको छ। गत वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने समय साउन ३० सम्म रहेको छ।
हालसम्म १२ वटा वाणिज्य बैंकहरूले चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। माछापुच्छ्रे, कुमारी, एनएमबी, कृषि विकास, एभरेष्ट, सिटिजन्स, नबिल, सिद्धार्थ र ग्लोबल आइएमई बैंकलगायतले अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका हुन्।
वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकहरूमा सबैभन्दा बढी खुद नाफा नबिल बैंकले ७ अर्ब बढी कमाउँदा ग्रोथमा भने कुमारी बैंकले छलाङ मारेको छ। कुमारीले एक वर्षको अवधिमा खुद नाफा ४५८.२९ गुणाले वृद्धि गरेको हो। साथै, उक्त अवधिमा सिद्धार्थ र सिटिजन्स बैंकको खुद नाफा घटेको छ।
उक्त अवधिमा लगानीकर्तालाई लाभांश वितरण क्षमतामा अब्बल र थोरै निष्कृय कर्जा (एनपीएल) कायम गर्नेमा एभरेष्ट बैंक अगाडि छ। गत वर्षको नाफाबाट एभरेष्टले लगानीकर्तालाई ३८.२७ प्रतिशत लाभांश वितरणको क्षमता बनाउँदा एनपीएल ०.३८ प्रतिशत कायम गर्न सफल भएको हो।
यस्तो छ १२ बैंकको वित्तीय विवरण
कुमारी बैंकः बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष अन्त्यसम्म ४६ लाख मात्रै रहेकामा गत आव अन्त्यसम्म ४५८.२९ गुणाले बढेर २ अर्ब ११ करोड रुपैयाँ नाघेको छ।
बैंकले ३ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ६० अर्ब कर्जा लगानी गरेको छ। एक वर्षको अवधिमा बैकको खुद ब्याज आम्दानी १० अर्ब ८० करोडबाट ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड कायम गर्दा १५ अर्ब १३ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ।
बैंकको वितरणयोग्य नाफा अघिल्लो वर्ष ५ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक रहेकामा गत वर्ष घटेर २ अर्ब ७९ करोड ऋणात्मक कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ र बैंकको प्रतिसेयर आम्दानी ०.०२ रुपैयाँबाट बढेर ८.०७ रुपैयाँ पुगेको छ। साथै, बैंकको खराब कर्जा ५.९६ प्रतिशतबाट बढेर ६.६२ प्रतिशत पुगेको छ।
प्रभु बैंकः आर्थिक वर्षको अन्त्यसम्म बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५.४१ प्रतिशत बढी हो। उक्त अवधिमा बैंकको बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ छ भने लगानीकर्तालाई लाभांश वितरण क्षमता ४.४४ प्रतिशत रहेको छ।
बैंकले ३ खर्ब ४२ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकल गरी २ खर्ब ३० अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ। जसबाट बैंकले ७ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। उक्त अवधिमा बैंकले ६ अर्ब २८ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ। समीक्षा अवधिमा बैंकको एनपिएल ४.९६ प्रतिशत, प्रतिसेयर आम्दानी २३.१२ पैसा र प्रतिसेयरनेथवर्क १६२ पैसा रहेको छ।
माछापुच्छ्रे बैंकः गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। एक वर्षको अवधिमा बैंकले खुद नाफा ९२.४५ प्रतिशतले वृद्धि गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। उक्त अवधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ भने लगानीकर्तालाई लाभांश क्षमता ९.२३ प्रतिशत बनाएको छ।
गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले १ खर्ब ८४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंकले ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ७ अर्ब ४४ करोड कुल सञ्चालन नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकको एनपीएल ३.८३ प्रतिशत, प्रतिसेयर आम्दानी १७.३१ पैसा र प्रतिसेयर नेथवर्क १६३.८० पैसा रहेको छ।
एनएमबी बैंकः अघिल्लो आर्थिक वर्षमा २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले एक वर्षे अवधिमा ४६.२२ प्रतिशतले वृद्धि गरी गत वर्ष ३ अर्ब २८ करोड खुद नाफा कमाउन सफल भएको छ। समीक्षा अवधिमा बैंकले १ अर्ब ९० करोड वितरणयोग्य नाफा कमाएर लगानीकर्ताालाई १०.४१ प्रतिशत लाभांश वितरण क्षमता बनाएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंकले ८ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ५ अर्ब ३५ करोड सञ्चालन नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकको एनपिएल ३.७२ प्रतिशत, प्रतिसेयर आम्दानी १७.९० पैसा र प्रतिसेयर नेथवर्क १८०.६८ पैसा रहेको छ।
कृषि विकास बैंकः बैंकले एक वर्षे अवधिमा ४८.८८ प्रतिशतले वृद्धि गरेर गत आवमा ३ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकले २ अर्ब ५५ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई २७.६३ प्रतिशत लाभांश वितरण क्षमता राखेको छ।
गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले २ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब कर्जा लगानी गरेको छ। यसबाट बैंकले ९ अर्ब ८२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ५ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ। साथै, समीक्षा अवधिमा बैंकको एनपिएल ३.२६ प्रतिशत, प्रतिसेयर आम्दानी २७.६३ पैसा र प्रतिसेयर नेथवर्क २४१.०४ पैसा रहेको छ।
एभरेष्ट बैंकः बैंकले एक वर्षे अवधिमा ३२.८१ प्रतिशतले वृद्धि गरेर गत आवमा ५ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकले ४ अर्ब ९५ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई ३८.२७ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ।
गत वर्ष बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड निक्षेप संकलन गरेर २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले ९ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। उक्त अवधिमा बैंकले २ अर्ब ९३ करोड रुपैयाँ खुद सञ्चालन आम्दानीसमेत गरेको छ। उक्त अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ०.३३ प्रतिशत बिन्दुले घटेर ०.३८ प्रतिशत कायम भएको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३६.९९ पैसा र प्रतिसेयर नेटवर्थ २४७.३९ पैसा रहेको छ।
हिमालयन बैंकः गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले १ अर्ब ५१ करोड खुद नाफा कमाएको छ। एक वर्षे अवधिमा बैंकले खुद नाफा २२.१५ प्रतिशतले वृद्धि गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। उक्त अवधिमा बैंकको वितरयोग्य नाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ।
गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले ३ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब कर्जा लगानी गरेको छ। यसबाट बैंकले १० अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १२ अर्ब ५२ करोड रुपैयाँ कुल सञ्चालन नाफा आर्जन गरेको छ। साथै, समीक्षा अवधिमा बैंकको एनपीएल ७.२८ प्रतिशत, प्रतिसेयर आम्दानी ६.९८ पैसा र प्रतिसेयर नेथवर्क १७५.०७ पैसा रहेको छ।
नबिल बैंकः अघिल्लो आर्थिक वर्ष ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको नबिल बैंकले गत आर्थिक वर्ष ७ अर्ब १२ करोड खुद नाफा कमाउन सफल भएको छ। समीक्षा अवधिमा बैंकको यस्तो नाफा १५.०१ प्रतिशत बढेको हो। उक्त अवधिमा बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई १७.६४ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ।
यस्तै, गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले ५ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब कर्जा लगानी गरेको छ। यसबाट बैंक १६ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १० अर्ब ८४ करोड रुपैयाँ कुल सञ्चालन नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकको एनपिएल ४.२७ प्रतिशत, प्रतिसेयर आम्दानी २६.३४ पैसा र प्रतिसेयर नेथवर्क २३५.५८ पैसा रहेको छ।
सानिमा बैंकः गत आर्थिक वर्षे अन्त्यसम्म बैंकले २ अर्ब ५७ करोड खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। उक्त अवधिमा बैंकले २ अर्ब ७७ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई २०.४७ प्रतिशत लाभांश वितरण क्षमता राखेको छ।
यस्तै, गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले २ खर्ब २३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंकले ६ अर्ब ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ५७ करोड कुल सञ्चालन नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकको एनपीएल ३.०१ प्रतिशत, प्रतिसेयर आम्दानी १८.९३ पैसा र प्रतिसेयर नेटवर्थ १६८.८३ पैसा रहेको छ।
ग्लोबल आइएमई बैंकः गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले ६ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। उक्त अवधिमा बैंकले ५ अर्ब ३७ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई १४.११ प्रतिशत लाभांश वितरण क्षमता राखेको छ।
यस्तै, गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले ५ खर्ब ५० अर्ब निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंकले १६ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ८ अर्ब ७७ करोड कुल सञ्चालन नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकको एनपीएल ४.८७ प्रतिशत, प्रतिसेयर आम्दानी १६.२८ पैसा र प्रतिसेयर नेथवर्क १७७.६३ पैसा रहेको छ।
सिद्धार्थ बैंकः अघिल्लो आर्थिक वर्ष ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्ष ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४.९७ प्रतिशतले घटेको हो। उक्त अवधिमा बैंकले १ अर्ब ८६ करोड वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई १३.२२ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ५८ करोड रुपैयाँ थियो।
यस्तै, गत आर्थिक वर्षे अन्त्यसम्म बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब कर्जा लगानी गरेको छ। यसबाट बैंकले ८ अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ११ अर्ब १६ करोड कुल सञ्चालन नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकको एनपीएल २.६२ प्रतिशत, प्रतिसेयर आम्दानी १३.२२ पैसा र प्रतिसेयर नेटवर्थ २१९.९७ पैसा रहेको छ।
सिटिजन्स इन्टरनेसनल बैंकः गत वर्ष बैंकले १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। एक वर्षे अवधिमा बैंकको खुद नाफा २.०८ प्रतिशतले घटेको हो। अघिल्लो आवमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। उक्त अवधिमा बैंकले ७७ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई ५.२५ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ।
यस्तै, गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले २ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब कर्जा लगानी गरेको छ। यसबाट बैंकले ६ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ८ अर्ब १२ करोड कुल सञ्चालन नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकको एनपीएल ४.९४ प्रतिशत, प्रतिसेयर आम्दानी ८.७६ पैसा र प्रतिसेयर नेथवर्क १५५.४२ पैसा रहेको छ।
