काठमाडौं। दुई अर्ब खुद बिमा शुल्क संकलन गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद नाफा घटेको छ। गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा १२.५३ प्रतिशतले घटेको हो।
कम्पनीले अघिल्लो आव २०८०/८१ मा ४६ करोड ९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्ष २०८१/८२ मा ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको हो। नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी समेत घटेको छ।
अघिल्लो आवमा २३.४४ पैसा रहेको प्रतिसेयर आम्दानी गत वर्ष १५.३७ पैसामा सिमित भएको हो। साथै, उक्त अवधिमा कम्पनीको प्रतिसेयर नेथवर्क २३९.१२ पैसा, मूल्य आम्दानी अनुपात ४७.२३ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५७७.७० रहेको छ।
कम्पनीले सार्वजनकि गरेको वित्तीय विवरण अनुसार खुद नाफा र प्रतिसेयर आम्दानीबाहेक अधिकांश सूचक बढेका छन्। कम्पनीद्वारा सार्वजनिक गत आवको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार उक्त अवधिमा कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ।
एक वर्षको अवधिमा कम्पनीले खुद बिमा शुल्क २२.८६ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८३ करोड ३२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो। उक्त अवधिमा कम्पनीले ४७ करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।
कम्पनीको गत असार मसान्तसम्म कुल आम्दानी १२.५० प्रतिशतले वृद्धि भई ३ अर्ब ११ करोड ८८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष भने कम्पनीको कुल आम्दानी २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ थियो।
अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खर्च पनि बढेको देखिएको छ। अघिल्लो आर्थिक वर्ष २ अर्ब १६ करोड रुपैयाँ खर्च गरेको कम्पनीले गत वर्ष २ अर्ब ५४ करोड रुपैयाँ खर्च गरेको छ। तुलनात्मक रुपमा कम्पनीको खर्च १७.४७ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ कायम छ भने, कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड ६५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ३८ लाख रुपैयाँ थियो।
गत वर्षको असार मसान्तसम्ममा अन्य इक्विटीमा ५० करोड २२ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवमा कम्पनीको अन्य इक्विटीमा ४४ करोड २२ लाख रुपैयाँ रहेको थियो।
गत वर्ष महाविपत्ति कोषमा २२ करोड ९३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा १८ करोड ८९ लाख रुपैयाँ रहेको थियो। गत आवको चौथो त्रैमासिकमा कम्पनीको स्पेसल रिर्जभमा दुई अर्ब ५५ करोड रहेको छ। अघिल्लो वर्षको चौथो त्रैमासिकमा कम्पनीको स्पेसल रिर्जभमा स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रहेको थियो।