नेपाल एसबिआई बैंकको खुद नाफा करिब २ अर्ब, लाभांश क्षमता ११ प्रतिशत
काठमाडौं। नेपाल एसबिआई बैंकको अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा खुद नाफा घटेको विवरण सार्वजनिक गरेको छ। बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको असारसम्म १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८६ प्रतिशतले कम हो। बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी सामान्य बढे पनि इम्पेरमेन्ट चार्ज वृद्धिले खुद नाफा घटेको देखिएको हो।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत, खुद फी तथा कमिसन आम्दानी ७.५५ प्रतिशत रहेको छ भने कुल सञ्चालन आम्दानी ५.९१ प्रतिशत बढेको छ। यस्तै, बैंकको सञ्चालन मुनाफा ३.६२ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ८३ लाखबाट बढेर १ अर्ब २ करोडमा पुगेसँगै सञ्चालन मुनाफा घटेको हो।
बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ८१ पैसा घटेर १६ रुपैयाँ ५४ पैसामा झरेको छ। गत असारसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख, वितरणयोग्य प्रतिसेयर आम्दानी ११ रुपैयाँ २९ पैसा, प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा छ भने मूल्य आम्दानी अनुपात २६.६० गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।
१० अर्ब ८९ करोड रुपैयाँ चुक्ता पुँजीको बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड सञ्चित छ भने आवष् अन्त्यसम्म १ खर्ब ९९ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
काठमाडौं। सरकारी स्वामित्वको नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमास अवधिसम्म ३ अर्ब ७७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमास अवधिसम्मको अपरिस्कृत वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षको तथ्यांक संशोधन गर्दा खुद नाफा वृद्धिदर १३ हजार १७५ प्रतिशत देखिएको हो।
गत वर्ष प्रकाशित आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा बैंकको खुद नाफा १ अर्ब ६५ करोड थियो। तर, यस वर्ष बैंकको वित्तीय विवरणमा अघिल्लो आवको खुद नाफा २ करोड ८४ लाख देखिएको छ। सोही कारण बैंकको नाफा वृद्धिदर उल्लेख्य देखिएको हो।
बैंकले इम्पेरमेन्ट चार्जको तथ्यांक संशोधन गर्दा खुद नाफामा फरक देखिएको छ। गत वर्ष प्रकाशित वित्तीय विवरणमा २०८१ असारसम्मको इम्पेरमेन्ट चार्ज २ अर्ब ५९ करोड थियो। तर, आज प्रकाशित विवरणअनुसार सोही अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब ७५ करोड रहेको छ।
बैंकको समीक्षा अवधिमा खुद ब्याज आम्दानी १६.८२ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी ६.०७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत बढेको छ।
१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ४८ करोड सञ्चित छ। गत आव अन्त्यसम्म बैंकले ३ खर्ब ३२ करोड निक्षेप संकलन गरी २ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने वितरणयोग्य मुनाफा ४४ करोड ९० लाख ऋणात्मक देखिएको छ।