काठमाडौं। वाणिज्य बैंकहरूको खुद नाफामा ४० प्रतिशत बढीको वृद्धि देखिएको छ। एकवर्षे अवधिमा २० वाणिज्य बैंकहरूले खुद नाफा ४०.१२ प्रतिशतले वृद्धि भएर ७१ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्।
अघिल्लो वर्ष वाणिज्य बैंकहरूले ४९ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएका थिए।
गत वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकमा सबैभन्दा बढी खुद नाफा नबिल बैंकले ७ अर्ब बढी कमाउँदा नाफाको ग्रोथमा कुमारी बैंकले छलाङ मारेको छ। कुमारीले एकवर्षे अवधिमा खुद नाफा ४५८.२९ गुणाले वृद्धि गरेको हो। उक्त अवधिमा एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, नेपाल एसबिआई र सिटिजन्स बैंकको खुद नाफा घटेको छ।
यस्तै, सोही अवधिमा लगानीकर्तालाई लाभांश वितरण गर्ने क्षमतामा अब्बल र थोरै निष्कृय कर्जा (एनपीएल) कायम गर्नेमा एभरेष्ट बैंक अगाडि रहेको छ। गत वर्षको नाफाबाट एभरेष्टले लगानीकर्तालाई ३८.२७ प्रतिशत लाभांश वितरणको क्षमता बनाउँदा एनपीएल ०.३८ प्रतिशत कायम गर्न सफल भएको हो।
उल्लेखनीय रूपमा प्रभु बैंकको नाफामा ९६५.४१ प्रतिशतको अभूतपूर्व वृद्धि भएको छ। अघिल्लो वर्षको ५१ करोड ८ हजार रुपैयाँ नाफा गरेको प्रभुले यस वर्ष ५ अर्ब ४४ करोड २६ लाख कमाएको छ।
वाणिज्य बैंकहरूको वित्तीय विवरण
कुमारी बैंकः बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष अन्त्यसम्म ४६ लाख मात्रै रहेकामा गत आव अन्त्यसम्म ४५८.२९ गुणाले बढेर २ अर्ब ११ करोड रुपैयाँ नाघेको छ। बैंकले ३ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ६० अर्ब कर्जा लगानी गरेको छ। एक वर्षे अवधिमा बैकको खुद ब्याज आम्दानी १० अर्ब ८० करोडबाट ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड कायम गर्दा १५ अर्ब १३ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ।
बैंकको वितरणयोग्य नाफा अघिल्लो वर्ष ५ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक रहेकामा गत वर्ष घटेर २ अर्ब ७९ करोड ऋणात्मक कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ र बैंकको प्रतिसेयर आम्दानी ०.०२ रुपैयाँबाट बढेर ८.०७ रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा ५.९६ प्रतिशतबाट बढेर ६.६२ प्रतिशत पुगेको छ।
नेपाल बैंकः अघिल्लो आर्थिक वर्ष २८ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्ष ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। समीक्षा अवधिमा बैंकको यस्तो नाफा १३ हजार १ सय ७५.०१ प्रतिशत बढेको हो। उक्त अवधिमा बैंकको वितरणयोग्य नाफा ४४ करोड रुपैयाँ ऋणात्मक छ।
यस्तै, गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले ३ खर्ब ३२ अर्ब निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले १० अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ११ अर्ब ९४ करोड रुपैयाँ कुल सञ्चालन नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकको एनपीएल ४.४७ प्रतिशत, प्रतिसेयर आम्दानी २५.६८ पैसा र प्रतिसेयर नेथवर्क २५९.८१ पैसा रहेको छ।
प्रभु बैंकः आर्थिक वर्ष अन्त्यसम्म बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५.४१ प्रतिशत बढी हो। उक्त अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ छ भने लगानीकर्तालाई लाभांश वितरण क्षमता ४.४४ प्रतिशत रहेको छ।
बैंकले ३ खर्ब ४२ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकल गरी २ खर्ब ३० अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले ७ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। साथै, उक्त अवधिमा बैंकले ६ अर्ब २८ करोड सञ्चालन नाफा गरेको छ। समीक्षा अवधिमा बैंकको एनपीएल ४.९६ प्रतिशत, प्रतिसेयर आम्दानी २३.१२ पैसा र प्रतिसेयर नेटवर्थ १६२ पैसा रहेको छ।
माछापुच्छ्रे बैंकः गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। एक वर्षको अवधिमा बैंकले खुद नाफा ९२.४५ प्रतिशतले वृद्धि गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
उक्त अवधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ भने लगानीकर्ताालाई लाभांश क्षमता ९.२३ प्रतिशत बनाएको छ। गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंक ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने, ७ अर्ब ४४ करोड रुपैयाँ कुल सञ्चालन नाफा आर्जन गरेको छ। साथै, समीक्षा अवधिमा बैंकको एनपिएल ३.८३ प्रतिशत, प्रतिसेयर आम्दानी १७.३१ पैसा र प्रतिसेयर नेथवर्क १६३.८० पैसा रहेको छ।
लक्ष्मी सनराइज बैंकः अघिल्लो आर्थिक वर्ष २ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष ४ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ५६.६८ प्रतिशत बढेको हो। साथै, उक्त अवधिमा बैंकले ३ अर्ब रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई १२.३४ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ।
यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंक ११ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने, १४ अर्ब ६८ करोड रुपैयाँ कुल सञ्चालन नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकको एनपिएल ४.४७ प्रतिशत, प्रतिसेयर आम्दानी १६.९१ पैसा र प्रतिसेयर नेथवर्क २३८.७४ पैसा रहेको छ।
राष्ट्रिय वाणिज्य बैंकः बैंकले एक वर्षे अवधिमा ४९.५३ प्रतिशतले वृद्धि गरेर गत आवमा ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा बैंकले २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। साथै, समीक्षा अवधिमा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई १.९४ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ।
गत वर्ष बैंकले ५ खर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले १० अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। उक्त अवधिमा बैंकले १२ अर्ब ८४ करोड रुपैयाँ खुद सञ्चालन आम्दानीसमेत गरेको छ। उक्त अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ३.५९ प्रतिशत रहेको छ।
एनएमबी बैंकः अघिल्लो आर्थिक वर्षमा २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको एक वर्षको अवधिमा ४६.२२ प्रतिशतले वृद्धि गरी गत वर्ष ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। समीक्षा अवधिमा बैंकले १ अर्ब ९० करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्ताालाई १०.४१ प्रतिशत लाभांश वितरण क्षमता बनाएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब कर्जा लगानी गरेको छ। यसबाट बैंक ८ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने, ५ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ। साथै, समीक्षा अवधिमा बैंकको एनपिएल ३.७२ प्रतिशत, प्रतिसेयर आम्दानी १७.९० पैसा र प्रतिसेयर नेथवर्क १८०.६८ पैसा रहेको छ।
कृषि विकास बैंकः बैंकले एक वर्षको अवधिमा ४३.३८ प्रतिशतले वृद्धि गरेर गत आवमा ४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा बैंकले २ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। साथै, समीक्षा अवधिमा बैंकले २ अर्ब ८७ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई १५.५८ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब कर्जा लगानी गरेको छ। यसबाट बैंक ९ अर्ब ८२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने, ५ अर्ब ८४ करोड सञ्चालन नाफा आर्जन गरेको छ। साथै, समीक्षा अवधिमा बैंकको एनपिएल ३.२६ प्रतिशत, प्रतिसेयर आम्दानी २७.६३ पैसा र प्रतिसेयर नेथवर्क २४१.०४ पैसा रहेको छ।
एभरेष्ट बैंकः बैंकले एक वर्षे अवधिमा ३२.८१ प्रतिशतले वृद्धि गरेर गत आवमा ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकले ४ अर्ब ९५ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई ३८.२७ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ।
गत वर्ष बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले ९ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। उक्त अवधिमा बैंकले २ अर्ब ९३ करोड रुपैयाँ खुद सञ्चालन आम्दानीसमेत गरेको छ। उक्त अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ०.३३ प्रतिशत बिन्दुले घटेर ०.३८ प्रतिशत कायम भएको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३६.९९ पैसा र प्रतिसेयर नेथवर्क २४७.३९ पैसा रहेको छ।
हिमालयन बैंकः गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। एक वर्षको अवधिमा बैंकले खुद नाफा २२.१५ प्रतिशतले वृद्धि गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। उक्त अवधिमा बैंकको वितरयोग्य नाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ।
गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले ३ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब कर्जा लगानी गरेको छ। जसबाट बैंक १० अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १२ अर्ब ५२ करोड रुपैयाँ कुल सञ्चालन नाफा आर्जन गरेको छ। साथै, समीक्षा अवधिमा बैंकको एनपिएल ७.२८ प्रतिशत, प्रतिसेयर आम्दानी ६.९८ पैसा र प्रतिसेयर नेथवर्क १७५.०७ पैसा रहेको छ।
नबिल बैंकः अघिल्लो आर्थिक वर्ष ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्ष ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। समीक्षा अवधिमा बैंकको यस्तो नाफा १५.०१ प्रतिशत बढेको हो। उक्त अवधिमा बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई १७.६४ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ।
यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ५ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंक १६ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने, १० अर्ब ८४ करोड रुपैयाँ कुल सञ्चालन नाफा आर्जन गरेको छ। साथै, समीक्षा अवधिमा बैंकको एनपिएल ४.२७ प्रतिशत, प्रतिसेयर आम्दानी २६.३४ पैसा र प्रतिसेयर नेथवर्क २३५.५८ पैसा रहेको छ।
सिद्धार्थ बैंकः अघिल्लो आर्थिक वर्ष ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा बैंकको यस्तो नाफा १०.२४ प्रतिशतले बढेको हो। उक्त अवधिमा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई १३.२२ प्रतिशत लाभांश वितरण क्षमता राखेको छ। अघिल्ले वर्ष बैंकको वितरणयोग्य नाफा ५८ करोड रुपैयाँ थियो।
यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंक ८ अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने, ११ अर्ब १६ करोड रुपैयाँ कुल सञ्चालन नाफा आर्जन गरेको छ। साथै, समीक्षा अवधिमा बैंकको एनपिएल २.६२ प्रतिशत, प्रतिसेयर आम्दानी १३.२२ पैसा र प्रतिसेयर नेथवर्क २१९.९७ पैसा रहेको छ।
सानिमा बैंकः गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। साथै, उक्त अवधिमा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई २०.४७ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ।
गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले २ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंक ६ अर्ब ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ५७ करोड रुपैयाँ कुल सञ्चालन नाफा आर्जन गरेको छ। साथै, समीक्षा अवधिमा बैंकको एनपिएल ३.०१ प्रतिशत, प्रतिसेयर आम्दानी १८.९३ पैसा र प्रतिसेयर नेटवर्थ १६८.८३ पैसा रहेको छ।
ग्लोबल आइएमई बैंकः गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले ६ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। उक्त अवधिमा बैंकले ५ अर्ब ३७ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई १४.११ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ।
यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंक १६ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने, ८ अर्ब ७७ करोड रुपैयाँ कुल सञ्चालन नाफा आर्जन गरेको छ। साथै, समीक्षा अवधिमा बैंकको एनपिएल ४.८७ प्रतिशत, प्रतिसेयर आम्दानी १६.२८ पैसा र प्रतिसेयर नेथवर्क १७७.६३ पैसा रहेको छ।
सिटिजन्स बैंकः गत वर्ष सिटिजन्स बैंकले १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। एक वर्षको अवधिमा बैंकको खुद नाफा २.०८ प्रतिशतले घटेको हो। अघिल्लो आवमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। साथै, उक्त अवधिमा बैंकले ७७ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर लगानीकर्तालाई ५.२५ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ।
यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंक ६ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ८ अर्ब १२ करोड कुल सञ्चालन नाफा आर्जन गरेको छ। साथै, समीक्षा अवधिमा बैंकको एनपिएल ४.९४ प्रतिशत, प्रतिसेयर आम्दानी ८.७६ पैसा र प्रतिसेयर नेथवर्क १५५.४२ पैसा रहेको छ।
नेपाल एसबिआई बैंकः गत वर्ष बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। एक वर्षको अवधिमा बैंकको खुद नाफा ९.८६ प्रतिशतले घटेको हो। अघिल्लो आवमा बैंकले १ अर्ब ९९ करोड खुद नाफा कमाएको थियो। उक्त अवधिमा बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ।
यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंक १० अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ११ अर्ब ९४ करोड रुपैयाँ कुल सञ्चालन नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकको एनपिएल ४.४७ प्रतिशत, प्रतिसेयर आम्दानी २५.६८ पैसा र प्रतिसेयर नेथवर्क २५९.८१ पैसा रहेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकः गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले ६ अर्ब ७५ रुपैयाँ खुद नाफा कमाएको छ। एक वर्षको अवधिमा बैंकले खुद नाफा ६४.४४ प्रतिशतले वृद्धि गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले ४ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
उक्त अवधिमा बैंकले ४९ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ भने लगानीकर्ताालाई लाभांश क्षमता १.४४ प्रतिशत बनाएको छ। गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले ४ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
यसबाट बैंक १४ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने, १७ अर्ब ६४ करोड रुपैयाँ कुल सञ्चालन नाफा आर्जन गरेको छ। साथै, समीक्षा अवधिमा बैंकको एनपिएल ५.८५ प्रतिशत, प्रतिसेयर आम्दानी १९.८० पैसा र प्रतिसेयर नेथवर्क २३१.०२ पैसा रहेको छ।
प्राइम कमर्सियल बैंकः गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले ४ अर्ब २ रुपैयाँ खुद नाफा कमाएको छ। एक वर्षको अवधिमा बैंकले खुद नाफा १४.७२ प्रतिशतले वृद्धि गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। उक्त अवधिमा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ भने लगानीकर्ताालाई लाभांश क्षमता १४.३३ प्रतिशत बनाएको छ।
गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले २ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंक ८ अर्ब ८२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने, ११ अर्ब १६ करोड रुपैयाँ कुल सञ्चालन नाफा आर्जन गरेको छ। साथै, समीक्षा अवधिमा बैंकको एनपिएल ५.५६ प्रतिशत, प्रतिसेयर आम्दानी २०.७४ पैसा र प्रतिसेयर नेथवर्क १७३.७२ पैसा रहेको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकः गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले ३ अर्ब २ रुपैयाँ खुद नाफा कमाएको छ। एक वर्षको अवधिमा बैंककने खुद नाफा ७.५१ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। उक्त अवधिमा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ भने लगानीकर्ताालाई लाभांश क्षमता १९.८५ प्रतिशत बनाएको छ।
अघिल्लो आवमा बैंकले २ अर्ब ४६ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। गत आर्थिक वर्ष अन्त्यसम्म बैंकले १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंक ४ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। साथै, समीक्षा अवधिमा बैंकको एनपिएल १.४७ प्रतिशत, प्रतिसेयर आम्दानी ३०.१७ पैसा र प्रतिसेयर नेथवर्क २१७ पैसा रहेको छ।
एनआईसी एसिया बैंकः एनआईसी एसिया बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७० करोड रुपैयाँ नाफा आर्जन गरेकामा गत आर्थिक वर्षमा यस्तो नाफा १६ करोड मात्रै रहेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसारगत आर्थिक वर्षमा नाफा ३३७ प्रतिशतले घटेको हो।
बैंकको खुद ब्याज आम्दानी पनि सामान्य घटेको छ। बैंकले अघिल्लो पटक ३ अर्ब ८० करोड प्रावधान राखेको बैंकले यस पटक ४ अर्ब १४ करोड प्रावधान राखेको छ। बैंकको खुद ब्याज आम्दानी १० अर्ब ७६ करोडबाट घटेर १० अर्ब २५ करोड पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब २१ करोड रुपैयाँ ऋणात्मक देखिएको छ।
यस्तै, खराब कर्जा ३.४५ प्रतिशतबाट बढेर ६.२८ प्रतिशत, प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३० पैसा र प्रतिसेयर आम्दानी १ रुपैयाँ ०८ पैसा रहेको छ। यसअघि यस्तो आम्दानी चार रुपैयाँ ७० पैसा थियो।