काठमाडौं। वाणिज्य बैंकहरूले सेयरधनीलाई औषत १३.२९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ। गत आर्थिक वर्षको असारसम्म वितरणयोग्य नाफा सकारात्मक रहेका वाणिज्य बैंकहरूले मुनाफाबाट न्यूनतम १.४४ प्रतिशतदेखि ३८.२७ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने वित्तीय विवरण प्रकाशित गरेका हुन्।
चालू वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सबै वाणिज्य बैंकहरूले प्रकाशित गरिसकेका छन्। सोहीअनुसार उक्त अवधिमा १६ वटा वाणिज्य बैंकले ३० करोडदेखि ५ अर्ब ३७ करोड रुपैयाँसम्म वितरणयोग्य नाफा कमाएका छन्। यी बैंकहरूले उक्त अवधिमा आर्जित मुनाफाबाट औसतमा १३.२९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ।
उक्त अवधिमा एभरेष्ट बैंकले सबैभन्दा धेरै वितरणयोग्य नाफा कमाएर ३८.२७ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ। उक्त बैंकले ४ अर्ब ९५ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको हो।
यस्तै, लाभांश क्षमता बढी राख्ने सूचीको दोस्रोमा सानिमा, तेस्रोमा स्ट्यान्डर्ड चार्टर्ड र चौथोमा कृषि विकास बैंक रहेका छन्। सानिमा बैंकले २ अर्ब २७ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर २०.४७ प्रतिशत लाभांश क्षमता वितरणको क्षमता राखेको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९९ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर १९.८५ प्रतिशत लाभांश क्षमता र कृषि विकास बैंकले २ अर्ब ८७ करोड वितरणयोग्य नाफा कमाएर १८.४२ प्रतिशत लाभांश क्षमता राखेको छ।
गत वर्ष नबिल बैंकले ४ अर्ब ७७ करोड वितरणयोग्य नाफा कमाएर १७.६४ प्रतिशत लाभांश क्षमता, प्राइम कमर्सियल बैंकले २ अर्ब ७८ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर १४.११ प्रतिशत लाभांश क्षमता र ग्लोबल आइएमईले ५ अर्ब ३७ करोड वितरण योग्य नाफा कमाएर १४.११ प्रतिशत लाभांश क्षमता राखेको छ।
समीक्षा अवधिमा सिद्धार्थले १ अर्ब ८६ करोड वितरणयोग्य नाफा कमाएर १३.२२ प्रतिशत, लक्ष्मी सनराइजले ३ अर्ब वितरणयोग्य नाफा कमाएर १२.३४ प्रतिशत र नेपाल एसबिआईले १ अर्ब २३ करोड वितरणयोग्य नाफा कमाएर ११.२९ प्रतिशत लाभांश क्षमता बनाएको छ।
एनएमबी बैंकले १ अर्ब ९० करोड वितरणयोग्य नाफा कमाएर १०.४ प्रतिशत लाभांश क्षमता राखेको छ। गत वर्ष माछापुच्छ्रे बैंकले १ अर्ब ७ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर ९.२३ प्रतिशत, सिटिजन्स बैंकले ७७ करोड वितरणयोग्य नाफा कमाएर ५.२५ प्रतिशत, प्रभु बैंकले १ अर्ब ४ करोड वितरणयोग्य नाफा कमाएर ४.४४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ३० करोड वितरणयोग्य नाफा कमाएर १.९४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ९१ करोड वितरणयोग्य नाफा कमाएर १.४४ प्रतिशत लाभांश क्षमता राखेको छ।
उक्त अवधिमा नेपाल बैंक, कुमारी बैंक, एनआईसी एसिया र हिमालयन बैंक वितरणयोग्य नाफा नकारात्मक हुँदा सेयरधनीालाई लाभांश दिन क्षमता राख्न सक्दैन्।

