काठमाडौं। बैंकहरूको निष्कृय कर्जा (एनपीएल) साढे ७ प्रतिशत हाराहारी पुगेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ५ बैंकको एनपीएल गत वर्षको चौथो त्रैमासमा साढे ७ प्रतिशत नजिक पुगेको हो।
उक्त अवधिमा वाणिज्य बैंकको औषत एनपीएल ४.२८ प्रतिशत नजिक पुगेको छ। एक वर्षे अवधिमा वाणिज्य बैंकहरूको एनपीएल ०.४८ प्रतिशत बिन्दुले बढेको छ। अघिल्लो आव असारसम्म वाणिज्य बैंकहरूको औषत एनपीएल ३.७३ प्रतिशत थियो।
गत वर्षको चौथो त्रैमासमा सबैभन्दा बढी एनपीएल हिमालयन बैंकको ७.२८ प्रतिशत र सबैभन्दा कम एभरेष्ट बैंकको ०.३८ प्रतिशत कायम भएको छ। उक्त अवधिमा ५ वटाको ५ प्रतिशमाथि हुँदा ६ वटाको ४ प्रतिशतमाथि ५ प्रतिशतसम्म र बाँकी ९ वटाको ३ प्रतिशतभन्दा कम एनपीएल रहेको छ।
समीक्षा अवधिमा १३ वटाको एनपीएल ०.०२ प्रतिशतदेखि २.८३ प्रतिशत बिन्दुसम्मले वृद्धि भएको छ। बैंकद्वारा प्रकाशित गत वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा ७ वटा बैंकको एनपीएल ०.०३ प्रतिशत बिन्दुदेखि ०.६९ प्रतिशत बिन्दुसम्मले घटेको छ।
यसमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको एनपीएल घटेको छ भने सबैभन्दा कम माछापुच्छ्रे बैंकले एनपीएल घटाएको छ। साथै एक वर्षको अवधिमा सबैभन्दा बढी एनआईसी एसियाको र सबैभन्दा कम प्रभु बैंकको एनपीएल बढेको छ।
एनपीएल घटाउन सफल ७ बैंक
अघिल्लो वर्षको असारमा कायम एनपीएलमा राष्ट्रिय वाणिज्य बैंक एनपीएल ०.६९ प्रतिशत बिन्दुले घटाएर ४.२८ प्रतिशतबाट ३.५९ प्रतिशतमा झारेको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले एनपीएल ०.६७ प्रतिशत बिन्दुले घटाएर २.१४ प्रतिशतबाट १.४७ प्रतिशतमा ल्याएको छ।
कृषि विकास बैंक एनपीएल ०.६५ प्रतिशत बिन्दुले घटाएर ३.९१ प्रतिशतबाट ३.२६ प्रतिशत कायम गरेको छ।
लक्ष्मी सनराइज बैंकले एनपीएल ०.३८ प्रतिशत बिन्दुले घटाएर ४.६३ प्रतिशतबाट ४.२५ प्रतिशतमा ल्याएको छ।
एभरेष्ट बैंकले एनपीएल ०.३३ प्रतिशत बिन्दुले घटाएर ०.७१ प्रतिशतबाट ०.३८ प्रतिशत कायम गरेको छ।
नबिल बैंकले एनपीएल ०.१८ प्रतिशत बिन्दुले घटाएर ४.४५ प्रतिशतबाट ४.२७ प्रतिशतमा ल्याएको छ।
माछापुच्छ्रे बैंकले एनपीएल ०.०३ प्रतिशत बिन्दुले घटाएर ३.८६ प्रतिशतबाट ३.८३ प्रतिशतमा ल्याएको छ।
एनपीएल बढेका बैंकहरू
२०८१ असारको तुलनामा २०८२ असारमा १३ वटा बैंकको एनपीएल बढेको छ। यो वृद्धिले बैंकहरूको कर्जा गुणस्तरमा आएको गिरावटलाई संकेत गर्छ।
एक वर्षको अवधिमा एनआईसी एसिया बैंकको एनपीएलमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ, जुन २.८३ प्रतिशत बिन्दुले बढेर ३.४५ प्रतिशत बाट ६.२८ प्रतिशत पुगेको छ।
हिमालयन बैंकको एनपीएल पनि अत्यधिक बढेको छ। यसको एनपीएल २.३ प्रतिशत बिन्दुले बढेर ४.९८ प्रतिशतबाट ७.२८ प्रतिशतमा पुगेको छ।
नेपाल एसबिआई बैंकको एनपीएल १.३९ प्रतिशत बिन्दुले बढेर १.९६ प्रतिशतबाट ३.३५ प्रतिशत पुगेको छ।
सानिमा बैंकको एनपीएलमा १.२९ प्रतिशत बिन्दुले बढेर १.७२ प्रतिशतबाट ३.०१ प्रतिशत भएको छ।
प्राइम कमर्सियल बैंकको एनपीएल ०.९६ प्रतिशत बिन्दुले बढेर ४.६ प्रतिशतबाट ५.५६ प्रतिशत पुगेको छ।
एनआईएमबीको एनपीएल ०.८९ प्रतिशत बिन्दुले बढेर ४.९१ प्रतिशतबाट ५.८ प्रतिशत पुगेको छ।
सिटिजन्स बैंकको एनपीएल ०.८४ प्रतिशत बिन्दुले बढेर ४.१ प्रतिशतबाट ४.९४ प्रतिशत पुगेको छ।
ग्लोबल आइएमई बैंकको एनपीएल ०.७ प्रतिशत बिन्दुले बढेर ४.१७ प्रतिशतबाट ४.८७ प्रतिशत पुगेको छ।
कुमारी बैंकको एनपीएल ०.४६ प्रतिशत बिन्दुले बढेर ५.९६ प्रतिशतबाट ६.४२ प्रतिशत पुगेको छ।
सिद्धार्थ बैंकको एनपीएल ०.४५ प्रतिशत बिन्दुले बढेर २.१७ प्रतिशतबाट २.६२ प्रतिशत पुगेको छ।
एनएमबी बैंकको एनपीएल ०.३२ प्रतिशत बिन्दुले बढेर ३.४ प्रतिशतबाट ३.७२ प्रतिशत पुगेको छ।
नेपाल बैंकको एनपीएल ०.१४ प्रतिशत बिन्दुले बढेर ४.३३ प्रतिशतबाट ४.४७ प्रतिशत पुगेको छ।
प्रभु बैंकको एनपीएल ०.०२ प्रतिशत बिन्दुले बढेर ४.९४ प्रतिशत बाट ४.९६ प्रतिशत पुगेको छ।
अधिकांश बैंकहरूको एनपीएल एक वर्षे अवधिमा बढेको छ। केही बैंकहरू खराब कर्जा नियन्त्रण गर्न सफल भए पनि धेरैजसोको कर्जा गुणस्तरमा चुनौती थपिएको एनपीएल तथ्यांकले देखाउँछ।
