काठमाडौं। आर्थिक वर्ष २०८१/८२ को चौथौ त्रैमासको वित्तीय विवरणअनुसार बिमा कम्पनीहरूको नाफा खुम्चिएको छ। आर्थिक वर्ष २०८१/८२ को चौथौ त्रैमासको वित्तीय विवरणका आधारमा जीवन र निर्जिवन बिमा कम्पनीको नाफा १० अर्ब १८ करोड ५१ लाख रुपैयाँ रहेको छ।
कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा जीवन बिमा कम्पनीको नाफा १६.०१ प्रतिशतले घटेको छ। निर्जीवन बिमा कम्पनीको नाफा २८.९२ प्रतिशतले घटेको देखिएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्षको चौथो त्रैमासमा जीवन बिमा कम्पनी र निर्जीवन बिमा दुवैको नाफामा गिरावट आएको हो।
जीवन बिमा कम्पनी
गत आर्थिक वर्षको चौथौ त्रैमाससम्म जीवन बिमा कम्पनीहरुको नाफा ६ अर्ब २ करोड ४७ लाख रुपैयाँ रहेको छ। कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीहरुले यस अवधिमा ६ अर्ब २ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा कम्पनीहरुले ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।
समीक्षा अवधिमा नाफा आर्जनको आधारमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्स रहेका छन्। साथै, अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफको नाफा सबैभन्दा बढी प्रतिशतले बढेको छ। जीवन बिमा कम्पनीमध्ये ६ वटा कम्पनीको नाफा मात्र वृद्धि भएको छ। यीबाहेक अन्य कम्पनीको नाफा घटेको देखिएको छ।
समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सको नाफा १७.३७ प्रतिशतले वृद्धि भई ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ थियो।
गत आर्थिक वर्षमा कम्पनीको नाफा कुल ४७ प्रतिशतले बढेको छ। अघिल्लो आवमा ३८ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा ४७ प्रतिशतले बढेर ५७ करोड रुपैयाँ पुगेको हो।
आइएमई लाइफ धेरै नाफा आर्जन गर्ने कम्पनीको दोस्रो स्थानमा छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ६१ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ५.५६ प्रतिशतले घटेको छ। गत वर्ष कम्पनीको नाफा ५८ करोड ३३ लाख रुपैयाँ पुगेको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स गत आर्थिक वर्षमा सर्वाधिक नाफा वृद्धि गर्न सफल कम्पनी बनेको छ। गत आर्थिक वर्षमा कम्पनीको नाफा कुल ४७ प्रतिशतले बढेको छ। अघिल्लो आवमा ३८ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा ४७ प्रतिशतले बढेर ५७ करोड रुपैयाँ पुगेको हो।
यस अवधिमा एशियन लाइफ इन्स्योरेन्सको नाफा ४० करोड ९३ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवमा कम्पनीको नाफा ३२ करोड ८६ लाख रुपैयाँ थियो। नाफा बढ्ने अर्काे कम्पनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स हो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ७.६० प्रतिशतले बढेर ३७ करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको नाफा ३५ करोड ८ लाख रुपैयाँ थियो।
यस अवधिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३७ करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवमा कम्पनीको नाफा ३४ करोड ५२ लाख ६६ हजार रुपैयाँ थियो। यस अवधिमा सूर्य ज्योति लाइफ इन्स्योरेन्सको नाफा ३५ करोड रुपैयाँ रहेको छ।
नाफा घटेका कम्पनीहरू
समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको नाफा १३.७१ प्रतिशतले घटेको छ। अघिल्लो आव २०८०/८१ मा ६३ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्ष १३.७१ प्रतिशतले घटेर ५४ करोड ७० लाख रुपैयाँमा खुम्चिएको छ।
गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५.६५ प्रतिशले घटेको देखिएको छ। अघिल्लो आवमा ५७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५.६५ प्रतिशले घटेर ५४ करोड २४ लाख रुपैयाँमा झरेको छ।
यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १.१६ प्रतिशतले घटेर ४२ करोड ५० लाख रुपैयाँमा सिमित भएको छ।
मेट लाइफ नेपालको नाफामा पनि गिरावट आएको छ। अघिल्लो आवमा ८२ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्ष ४०.०७ प्रतिशतले घटेर ४९ करोड ६१ लाख रुपैयाँमा खुम्चिएको हो। यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १.१६ प्रतिशतले घटेर ४२ करोड ५० लाख रुपैयाँमा सिमित भएको छ।
साथै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवमा कम्पनीको नाफा ५६.२२ प्रतिशतले घटेको छ। अघिल्लो आवमा ९४ करोड २८ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्ष ४१ करोड २८ लाख रुपैयाँमा झरेको छ। एलआईसी नेपालको ३१ करोड ५८ लाख रुपैयाँमा झरेको छ।

निर्जीवन कम्पनी
गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा निर्जीवन बिमा कम्पनीको नाफा २८ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म निर्जीवन बिमा कम्पनीले कुल ४ अर्ब १६ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीहरुले ५ अर्ब ८५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।
निर्जीवन बिमा कम्पनीमा सुचीकृत कम्पनीमध्ये समीक्षा अवधिमा ७ कम्पनीको नाफा बढेको छ। ६ कम्पनीको नाफा घटेको छ। यस्तै एक कम्पनी भने घाटामा रहेको देखिएको छ। समीक्षा अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत वर्षको समीक्षा अवधिमा ५३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आव २०८०/८१ मा कम्पनीको नाफा ५० करोड २४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५.९५ प्रतिशतले बढेको हो।
यस अवधिसम्ममा शिखर इन्स्योरेन्सले ४५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा ४४ करोड ५३ लाख नाफा कमाएको कम्पनीको नाफा यस अवधिमा बढेको हो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १.६६ प्रतिशतले बढेको छ।
यस अवधिमा नेपाल इन्स्योरेन्सले ३१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४.१८ प्रतिशतले धेरै हो।
यस अवधिमा सानिमा जिआइसी इन्स्योरेन्सको नाफा १०.१३ प्रतिशतले बढेर ३५ करोड ३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा ३१ करोड ८१ लाख ६८ हजार रुपैयाँ थियो। यस अवधिमा नेपाल इन्स्योरेन्सले ३१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४.१८ प्रतिशतले धेरै हो।
प्रभु इन्स्योरेन्सले यस अवधिमा २१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३९ प्रतिशतले धेरै हो। एनएलजी इन्स्योरेन्सले १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ९.६६ प्रतिशतले धेरै हो।
निर्जीवन बिमा कम्पनीहरुको नाफा (रकम हजारमा)

नाफा घटेका कम्पनीहरू
समीक्षा अवधिमा नेको इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा घटेको छ। यस समीक्षा वर्षमा कम्पनीले ५५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ६.७२ प्रतिशतले घटेको हो।
अघिल्लो वर्षको यसै अवधिमा ६२ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको राष्ट्रिय बिमा कम्पनीले यस समीक्षा वर्षमा ४२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पनि नाफा घटेको छ। अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा १२ प्रतिशतले घटेको हो।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले यस समीक्षा वर्षमा ३६ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा नाफा २७ प्रतिशतले घटेको हो। यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा अघिललो वर्षको तुलनामा १२ प्रतिशतले कमी हो। ओरिएन्टल इनसयोरेन्सको नाफा अघिल्लो वर्षको तुलनामा ८६ प्रतिशतले घटेको हो।
घाटामा रहेको कम्पनी
समीक्षा वर्षको यस अवधिमा नेशनल इन्स्योरेन्स घाटामा रहेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार ६२ करोड ३९ लाख रुपैयाँ घाटामा रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो।