काठमाडौं। पाइलट, इञ्जिनियर र एयर ट्राफिक कन्ट्रोलर (एटिसी)हरुको स्वास्थ्य परीक्षण अब नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मै हुने भएको छ। अहिले आफ्नो स्वास्थ्य परीक्षण गर्न पाइलट, इञ्जिनियर र एटिसीहरु विभिन्न अस्पतालमा धाउनुपर्ने बाध्यता रहिरहेको बेला प्राधिकरणले आफ्नै कार्यालयमा डाक्टरहरु राख्ने तयारी थालेको हो।
पाइलट, इञ्जिनियर र एयर ट्राफिक कन्ट्रोलरहरुले आफ्नो लाइसेन्स नवीकरणका लागि अनिवार्य रुपमा वर्षेनी स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ। स्वास्थ्य परीक्षणको आधारमा लाइसेन्स नवीकरण हुने वा ग्राउण्डेड हुने भन्ने हुन्छ। यसैले पनि उमेर समूहअनुसार उनीहरुले विभिन्न अस्पतालमा गएर मेडिकल रिपोर्ट ल्याउनुपर्ने हुन्छ।
विभिन्न अस्पतालमा धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै आफू मातहतका लागि सहज होस् भन्ने उद्देश्यका साथ नागरिक उड्डयन स्वास्थ्य परीक्षकका लागि तालिम सुरुवात गरेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हरेक दुर्घटनामा जहाजको पाइलट र मानवीय पक्षबारे अर्थात स्वास्थ्य अवस्थालाई बढी जोडिएर आउने गरेकाले हवाई उड्डयन क्षेत्रमा काम गर्ने कर्मचारीलाई स्वास्थ्य जाँचका लागि बढी स्वास्थ्यकर्मी उत्पादन गर्ने उद्देश्यका साथ अहिले श्रीलंकाबाट तीन जना डाक्टर ल्याएर नेपालका डाक्टरलाई प्रशिक्षण दिइरहेको जानकारी दिए। श्रीलंकाबाट आएका डाक्टर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले सर्टिफाई गरेका हुन्छन्।
जो आइकाओबाट सर्टिफाई भएका मेडिकल व्यक्तिहरूलाई ल्याएर १० दिनको तालिम सुरु गरेको छ। आइतबारदेखि सुरु भएको तालिममा सम्बन्धित इजाजत पत्रका लागि शारीरिक तथा मानसिक स्वास्थ्यसम्बन्धि योग्यता परीक्षण गर्ने नागरिक उड्डयन स्वास्थ्य परीक्षक (डिएइडीएस) र विशेषज्ञ चिकित्सा परीक्षक (एसएमइएस) र नागरिक उड्डयन चिकित्सा मूल्याड्ढनकर्ता (कामा)सम्बन्धि प्रशिक्षण दिइरहेको छ।
त्यही मापदण्डअनुसार जाँचका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको डाक्टरहरुले मात्र गर्नुपर्छ। ती डाक्टहरु पनि तीन प्रकारका हुन्छन्। एसएमइएस, डिएइडीएस र कामा हुन्छन्।
पछिल्लो समय एभिएसनसम्बन्धि चिकित्सकहरुको संख्या कम भएको र प्रोफेसनल व्यक्तिहरु अर्थात एभियसनमा धेरै मासिनहरु संलग्न रहेकाले पालो नपाउने समस्यालाई समाधान गर्न प्राधिकरणले आवश्यक तयारी थालिएको जनाएको छ।
प्राधिकरणले आइकाओको मापदण्डअनुसार एयर ट्राफिक कन्ट्रोलर, इञ्जिनियर, पाइलटको मेडिकल जाँच के-के हुने र कस्तो हुने भन्ने मापदण्ड बनाएको छ। त्यही मापदण्डअनुसार जाँचका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको डाक्टरहरुले मात्र गर्नुपर्छ। ती डाक्टहरु पनि तीन प्रकारका हुन्छन्। एसएमइएस, डिएइडीएस र कामा हुन्छन्।
कामा भनेको डाक्टरहरुको सबैभन्दा ठूलो पदीय जिम्मेवारी हो। अरुबाट सिफारिस भएर आएको मेडिकल रिपोर्ट पनि कामाले परीक्षण गरिसकेपछि मात्र पास हुन्छ। अहिले अनुभव र तालिम प्राप्त डाक्टरहरु प्राधिकरणसँग सीमित मात्र छन्। तीन/चार जना डाक्टरको भरमा अहिले मेडिकल जाँच भइरहेको छ।
पाइलटहरुको उमेर समूह हेरेर स्वास्थ्य परीक्षण गर्नुपर्छ। उनीहरुको ६० महिना, १२ महिनादेखि ८ महनासम्ममा स्वास्थ्य जाँच गराउनुपर्छ। यस्तै ४० वर्षभन्दा कममा एउटा मापदण्ड हुन्छ भने त्यसमाथिको उमेर समूहको अर्कै मापदण्ड हुन्छ। ५० भन्दामाथिका पाइलटको ३/३ महिनामा मेडिकल जाँच गर्नुपर्ने हुन्छ। एटिसीको ४० वर्षभन्दा मुनीको ४/४ वर्ष र त्यसभन्दा माथिको उमेर समूहलाई २/२ वर्षमा जाँच गराउनुपर्छ। साथै, ५० वर्ष कटेपछि १/१ वर्षमै गराउनुपर्छ। मेडिकल जाँचमा ठिक नभएमा ग्राउण्डेड हुन्छन। आफ्नो काम गर्न अनुमति पाउँदैनन्।
एएसएमइएस र डिएइडीएसले भने क्यानले तोकेको निश्चित शुल्क लिएर पाइलट, इञ्जिनियर र एटिसीहरुको स्वास्थ्य परीक्षण गराउनुपर्छ। अहिले विभिन्न अस्पतालमा सम्झौता गरी डाक्टरहरु राखिएको छ।
समयमा लाइसेन्स नवीकरण होस् भन्ने सोच राखेर ३० जना मेडिकल प्रोफेसनलहरु, ३० जना एसएमई र डिएमईहरुलाई उत्पादन गर्ने गरी तालिम सञ्चालन गरिएको छ। कामाले क्यानकै तलब भत्तामा काम गरिरहेको हुन्छ।
एएसएमइएस र डिएइडीएसले भने क्यानले तोकेको निश्चित शुल्क लिएर पाइलट, इञ्जिनियर र एटिसीहरुको स्वास्थ्य परीक्षण गराउनुपर्छ। अहिले विभिन्न अस्पतालमा सम्झौता गरी डाक्टरहरु राखिएको छ।
आगामी दिनमा प्राधिकरणले अफिसमै डिएमएहरुलाई नियमित रुपमा कार्यालयमै राखेर जाँच गराउने योजना बनाइरहेको प्राधिकरणका सूचना अधिकारी भुलले जानकारी दिए। अहिले प्राधिकरणसँग कामा डाक्टर एक जना मात्र छन्। उनले डिएमएहरुले जाँच गराएको रिपोर्ट हेर्दै आएका छन्।
अब प्राधिकरणले १० देखि १५ जना डाक्टरहरु प्राधिकरणमा राख्ने तयारी थालिएको छ। पहिलो चरणमा पाँच वर्षका लागि राख्ने तयारी प्राधिकरणले गरेको छ।