काठमाडौं। महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्म समग्र वित्तीय परिसूचकमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
बैंकले हालै मात्र प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ५० करोड पुगेको छ। यस वर्ष बैंकको लाभाशं वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म बैंकले ५६ अर्ब २२ करोड निक्षेप संकलन गर्न सफल भएकोमा ४५ अर्ब ८५ करोड कर्जा परिचालन गरेको छ। कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो।
साथै, आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म सेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ। यस बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ। जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको छ। साथै बैंकको पुँजी पर्याप्यता अनुपात पर्याप्त रहेकाले आगामी दिनमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ आषाढ मसान्तसम्म कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो।
कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरसमेत परेको छ। जसअनुसार बैंकको आधार दर २०८२ श्रावण मसान्तसम्म ६.५४ प्रतिशत रहेको छ। बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याज दरसमेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन्।
हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप 'महालक्ष्मी स्मार्ट साथी'मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ। 'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालय र ८ लाखभन्दा बढी ग्राहकहरु रहेका छन्।