काठमाडौं। नेपाल एसबिआई बैंक लि. र रामदा एनकोर काठमाडौंबीच बैंकका सम्पूर्ण डेबिट कार्ड प्रयोगकर्तालाई लक्षित गरी खाना, पेय पदार्थ तथा आवास सुविधामा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।
यसैगरी नेपाल एसबिआई बैंक लि. र होलिडे इन रिसोर्ट काठमाडौबीच पनि बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ। साथै, बैंकले हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्ससँग दन्त उपचार सेवामा बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेकोे छ।
उक्त सम्झौता पत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख सञ्चालन अधिकृत विकास आनन्द तथा रामदा इनकोर काठमाडौंकी निर्देशक, (बिक्री) सीता रायमाझी, होलिडे इन रिसोर्ट काठमाडौंका निर्देशक, (बिक्री) बिख्यात बिक्रम राणा, हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्सका प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्टबीच आदानप्रदान भएको थियो।
उक्त कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत, प्रविन मुनि बज्राचार्य र होटल तथा हस्पिटलका अन्य वरिष्ठ अधिकारीसमेतको उपस्थिति थियो। नेपाल एसबिआई बैंक लि.ले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।