काठमाडौं। गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डसबाट सम्मानित भएको छ।
अगष्ट २९, २०२५ मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा विकास बैंक द बेष्ट बैंक र बेष्ट एआई एमएल इम्पिलिमेन्टमेशन विधामा उत्कृष्टसहित सर्वश्रेष्ठ एमएसएमई एक्सेलेरेशन विधामा रनर अप को अवार्ड प्राप्त गरेको हो। यस अवार्डमा नेपालसहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो।
शुक्रबार आयोजित उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गरे।
इण्डियन च्याम्बर अफ कर्मसद्वारा सन् २०२४ मा आयोजित दोश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस कार्यक्रममा समेत यस विकास बैंकले सर्वश्रेष्ठ एमएसएमई एक्सेलेरेशन विधामा रनर अपको रुपमा अवार्ड प्राप्त गरेको थियो।
यस उपाधिले आफ्ना ग्राहकलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप उर्जा प्रदान गरेको छ। यस अवसरमा विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्ने सम्पूर्ण ग्राहक महानुभाव, नियमनकारी निकाय, सेयरधनी महानुभाव एवं शुभचिन्तक महानुभावप्रति हार्दिक कृतज्ञता गरिएको छ।
हाल विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ।