काठमाडौं। नेपालको डिजिटल भुक्तानी क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अलि पे प्लस फोनपेको माध्यमबाट नेपालभर सञ्चालनमा आएको छ। यो साझेदारीले नेपालका १७ लाख बढी व्यापारीलाई अन्तर्राष्ट्रिय भुक्तानी साझेदारसँग जोड्ने काम गरेको कम्पनीले जनाएकाे छ।
नयाँ साझेदारीले नेपालको बढ्दो डिजिटल पूर्वाधारमा आधारित रहेर भुक्तानी प्रणालीलाई आर्थिक अवसर, सांस्कृतिक पहुँच र पर्यटन समृद्धिका लागि उत्प्रेरकको रूपमा रुपान्तरण गर्ने कम्पनीको दाबी छ।
फोनपेका मुख्य कार्यकारी अधिकृत दिवस सापकोटाले यात्रुका लागि भुक्तानी सहज बनाउनुका साथै व्यापारीलाई थप ग्राहक बढाउने अवसर मिलेको बताए।
उनका अनुसार यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ भने विदेशी पर्यटकका लागि सजिलो भुक्तानी प्रक्रिया
सहज हुनेछ। यस्तै, डिजिटल भुक्तानीको माध्यमबाट तुरुन्त र सुरक्षित लेनदेन गर्न सकिनेछ भने भाषा र मुद्राको बाधा न्यूनीकरणमा सघाउनेछ।
व्यापारिक फाइदा
स्थानीय व्यापारीको आम्दानीमा वृद्धि
अन्तर्राष्ट्रिय ग्राहकको पहुँचमा वृद्धि
नगद लेनदेनको निर्भरता घटाउँदै डिजिटल अर्थतन्त्रलाई बलियो बनाउने
रेकर्ड पर्यटक आगमनको अपेक्षा
व्यापारीको आम्दानी बढाउने
सीमापारको जडानलाई थप बलियो बनाउने काम गर्नेछ।
यो पहलले नेपालको डिजिटल रुपान्तरणको यात्रामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा कम्पनीकाे छ। यस्तै स्थानीय व्यवसायको विस्तार, रोजगारी सृजना, जीडीपीमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्नेछ।
यसले डिजिटल साक्षरता वृद्धि गरेर आधुनिक भुक्तानी प्रणालीको व्यापक प्रयोगमा सघाउने विश्वास कम्पनीकाे छ। यस्तै, फिनटेक क्षेत्रको विकास, समावेशी आर्थिक विकास, ग्रामीण क्षेत्रमा डिजिटल सेवाको पहुँच र महिला उद्यमीको सशक्तीकरणमा महत्त्वपूर्ण याेगदान दिने बताइएकाे छ।
यो साझेदारीले नेपालको भुक्तानी प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनेछ। यसबाट नेपाल दक्षिण एसियाली क्षेत्रमा डिजिटल भुक्तानीको केन्द्र बन्ने सम्भावना बढेको कम्पनीले जनाएकाे छ।