काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन ३० गते नेपाल वायुसेवा निगमलाई पत्र पठाउँदै निमित्त अकाउन्टेबल म्यानेजरमा क्याप्टेन दिपु ज्वारचनलाई जिम्मेवारी दिएको जानकारी दियो। दुई वर्ष अघि यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास सापकोटालाई कारबाही गर्दै अकाउन्टेबल म्यानेजर नियुक्तिका लागि निर्देशनसहितको पत्र पठाएको थियो। र यती एयरलाइन्सले तत्कालै युवराज विष्टलाई अकाउन्टेबल म्यानेजरमा नियुक्त गर्यो।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई २०८१ भदौ १३ गते प्राधिकरणले अकाउन्टेबल म्यानेजरबाट हटायो। प्राधिकरणले अकाउन्टेबल म्यानेजरबाट हटाएपनि अधिकारीले निमित्त दिएर काम गराएपनि पूर्ण अधिकार भने दिएनन्। प्राधिकरणले पटक-पटक पत्राचार गरेर विभिन्न जवाफहरू माग गरेपनि बेवास्ता गर्दै आएका छन्। र प्राधिकरणले पुनः २०८२ साउन ३० गते पत्र पठाउँदै अकाउन्टेबल म्यानेजरको रूपमा क्याप्टेन ज्वारचनलाई जिम्मेवारी तोकेको छ। प्राधिकरणले निगमलाई पत्र पठाउँदै अब पनि अकाउन्टेबल म्यानेजर नियुक्ति नगरे ६ महिनाभित्र उडान अनुमति (एओसी) नै खारेज गर्ने चेतावनी समेत दिएको छ।
यदि अकाउन्टेबल म्यानेजर नियुक्तिमा अटेर गर्दै गएमा ६ महिनापछि उडान अनुमति नै रोक्का हुन सक्छ। यो भनेको नेपालको प्राधिकरणले बनाएको नियम होइन, अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइसीएओ)ले बनाएको मापदण्ड हो।
अटेरी युवराज
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुसालले निगमका कार्यकारी अध्यक्ष अधिकारीले कुनै पनि वायुसेवा कम्पनीको सबैभन्दा अधिकारी व्यक्ति र जिम्मेवार व्यक्ति नै अकाउन्टेबल म्यानेजर हुने गरेको बताए। एयरलाइन्स भित्रका सम्पूर्ण जिम्मेवारी वहन गर्ने अधिकार नै अकाउन्टेबल म्यानेजरको हुने भएकाले निगमका कार्यकारी अध्यक्ष अधिकारीमा त्यो जिम्मेवारीपन नदेखिएको उनले बताए।
नेपाल एयरलाइन्सको हकमा पनि कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक वर्ष अघिनै अकाउन्टेबल म्यानेजर पदबाट बर्खास्त गरिसकेको छ। अधिकारीलाई अकाउन्टेबल म्यानेजर पदबाट बर्खास्त गर्दा समेत प्राधिकरणलाई बेवास्ता गर्दै जहाज उडाउँदै आएका थिए। अधिकारीलाई जहाजको सुरक्षाको विषयमा पटक-पटक प्रश्न गर्दा गैरजिम्मेवार जवाफ दिएको र अकाउन्टेबल म्यानेजर परिवर्तन गर्न निर्देशन दिँदा समेत बेवास्ता गरेपछि प्राधिकरणले अधिकारीलाई हटाएर निमित्तको जिम्मेवारी दिएको थियो। निमित्त अधिकार १५ दिनको मात्र हुन्छ।
यदि अकाउन्टेबल म्यानेजर नियुक्तिमा अटेर गर्दै गएमा ६ महिनापछि उडान अनुमति नै रोक्का हुन सक्छ। यो भनेको नेपालको प्राधिकरणले बनाएको नियम होइन, अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइसीएओ)ले बनाएको मापदण्ड हो। यसरी प्राधिकरणका कार्यकारी अध्यक्ष अधिकारीले अकाउन्टेबल म्यानेजरमा अर्को व्यक्तिलाई नियुक्त गर्नुपर्नेमा आफैँले अटेर समेत गर्दै नेपाल एयरलाइन्सको उडान भविष्य नै जोखिममा पार्न खोजेको प्राधिकरण स्रोतको दाबी छ।
निगमले तत्कालै आर्थिक र प्रशासनिक जिम्मेवारी समेत दिएर पूर्ण रूपमा अकाउन्टेबल म्यानेजर तोक्नुपर्ने हुन्छ। यदि १५ दिनभित्रमा पूर्ण अधिकारसहितको अकाउन्टेबल म्यानेजर नतोकिएमा नेपाल एयरलाइन्सको एओसी सस्पेन्सन समेत गर्नुपर्ने अवस्था समेत आउन सक्ने सूचना अधिकारी भुसालको भनाइ छ।
वायुसेवा कम्पनीमा नियामकको तर्फबाट बनाएका सबै नीति-नियमहरू नियमित रूपमा हेर्न सक्दैन। त्यसका लागि एयरलाइन्स भित्र प्राधिकरणले पोजिशन होल्डरहरू तोकेको हुन्छ। जहाँ सेफ्टी म्यानेजर, सेक्युरिटी म्यानेजर, क्वालिटी म्यानेजर, अपरेशन डाइरेक्टर, कन्टिन्युइङ एयरवर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेशन (क्यामो) म्यानेजर तोकिएको हुन्छ।
यती एयरलाइन्समा पनि जुन पदीय काम, कर्तव्य र अधिकार छ त्यही अनुसारको जिम्मेवारी पूरा नगर्दा केही वर्ष अघिनै प्राधिकरणले हालका प्रमुख कार्यकारी अधिकृत सापकोटालाई कारबाही गरेको थियो। र पछि एयरलाइन्सले विष्टलाई अकाउन्टेबल म्यानेजरको रूपमा जिम्मेवारी तोकेर काम गराइरहेको छ। अहिले उनलाई पूर्ण रूपमा जिम्मेवारी दिएर काम गरिसकेको छ।
के हो त अकाउन्टेबल म्यानेजर?
पर्यटन मन्त्रालयले वायुसेवा कम्पनी सञ्चालन गर्न इजाजतपत्र दिन्छ। इजाजतपत्रको अवधि ४ वर्षको हुन्छ। गैरसैनिक हवाई उडान ऐन २०१५ र हवाई व्यवस्थापन नियमावली २०८२ बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इजाजत अनुमति पत्र दिन्छ।
सो पत्र प्राधिकरणमा आउँछ। प्राधिकरणले इजाजतपत्रको आधारमा वायुसेवा कम्पनी सञ्चालन प्रमाणपत्र (एओसी) दिन्छ। एओसी नपाएसम्म वायुसेवा कम्पनीले नियमित वा चार्टर फ्लाइट दुवै गर्न पाउँदैन। मन्त्रालयबाट इजाजत लिएर प्राधिकरणमा एओसीका लागि आवेदन दिन्छ। र एओसी लिनका लागि केही प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ। त्यसका लागि प्राधिकरणले बनाएको हवाई सञ्चालन इजाजत मापदण्ड (एओसीआर) पूरा गर्नुपर्छ। एओसीआर भनेको वायुसेवा कम्पनीलाई एओसी दिने मुख्य कागजात हो।
नागरिक उड्डयन नियमावली २०५८ ले दिएको व्यवस्था बमोजिम प्राधिकरणको महानिर्देशकले एओसीआर जारी गर्छन्। र सोही एओसीआर अनुसारको कागजातको आधारमा वायुसेवा कम्पनीलाई एओसी दिइन्छ। एओसी पाउनका लागि वायुसेवा कम्पनीहरूले ५ वटा चरणहरू पार गर्नुपर्छ। वायुसेवा कम्पनीहरूले वायुयान सञ्चालन गर्ने भएकाले सबैभन्दा जोखिमपूर्ण र सावधानीपूर्ण सञ्चालन गर्नुपर्ने व्यवसाय हो।
उड्डयन उद्योगमा उत्तरदायी व्यवस्थापन केवल नियामक आवश्यकता मात्र नभएर सुरक्षित उड्डयन सञ्चालनको मूलाधार हो। यसले संस्थागत स्तरमा सुरक्षाको संस्कृति विकास गर्छ र सबै स्तरमा जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन्छ।
वायुसेवा कम्पनीमा नियामकको तर्फबाट बनाएका सबै नीति-नियमहरू नियमित रूपमा हेर्न सक्दैन। त्यसका लागि एयरलाइन्स भित्र प्राधिकरणले पोजिशन होल्डरहरू तोकेको हुन्छ। जहाँ सेफ्टी म्यानेजर, सेक्युरिटी म्यानेजर, क्वालिटी म्यानेजर, अपरेशन डाइरेक्टर, कन्टिन्युइङ एयरवर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेशन (क्यामो) म्यानेजर तोकिएको हुन्छ।
यी सम्पूर्णले राम्रोसँग काम गरेको छ वा छैन भन्ने अनुगमनसहित आर्थिक र प्रशासनिक अधिकार भएको अर्को व्यक्ति हुन्छ अकाउन्टेबल म्यानेजर। अकाउन्टेबल म्यानेजरले आफूभन्दा तल रहेका ती पोजिशन होल्डरलाई पनि नियन्त्रण गर्ने, कारबाही गर्ने, काम प्रति जिम्मेवार बनाउने र संस्थालाई आवश्यक आर्थिकदेखि जनशक्तिलाई तालिमदेखि सबै जिम्मेवारी पूरा गर्ने व्यक्ति हुन्छ। त्यसैले प्राधिकरणले सबैभन्दा पहिला चिन्ने भनेको कुनै पनि वायुसेवा कम्पनीको अकाउन्टेबल म्यानेजर नै हो।
नियामकले निर्णय गरेका सबै कागजातहरू जस्तै प्राविधिक, अपरेशनल र सेक्युरिटी कागजात बमोजिम काम गरेको छ वा छैन भनेर आन्तरिक रूपमा नियमन गर्ने भनेकै क्वालिटी र अकाउन्टेबल म्यानेजर हो। दुई पद भएका व्यक्तिले आफू पनि पद अनुसारको काममा लाग्नुपर्छ र आफू मातहतमा रहेका पोजिशन होल्डरहरूले तोकिएको जिम्मेवारी पूरा गरेको छ वा छैन भन्ने निगरानी गर्ने जिम्मेवारी समेत हुन्छ।
एयरलाइन्स भित्र आउने साना-तिना समस्याहरू मिलाउने जिम्मेवारी अकाउन्टेबल र क्वालिटी म्यानेजरकै हुन्छ। ती दुवै म्यानेजरहरूले सामान्य खालका कारबाही समेत गर्न सक्छ। यदि क्वालिटी र अकाउन्टेबल म्यानेजर आफू अन्तर्गतका संस्थामा भएका कर्मचारीलाई नियन्त्रण गर्न सकेनन्, प्रत्येकलाई आफ्नो जिम्मेवारी वहन गराउन नसकिएमा त्यसको मुख्य जिम्मेवारी अकाउन्टेबल म्यानेजरकै हुन्छ।
यती एयरलाइन्समा पनि जुन पदीय काम, कर्तव्य र अधिकार छ त्यही अनुसारको जिम्मेवारी पूरा नगर्दा केही वर्ष अघिनै प्राधिकरणले हालका प्रमुख कार्यकारी अधिकृत सापकोटालाई कारबाही गरेको थियो। र पछि एयरलाइन्सले विष्टलाई अकाउन्टेबल म्यानेजरको रूपमा जिम्मेवारी तोकेर काम गराइरहेको छ। अहिले उनलाई पूर्ण रूपमा जिम्मेवारी दिएर काम गरिसकेको छ।
अकाउन्टेबल म्यानेजर भनेको हरेक तरिकाले वायुसेवा कम्पनीको जिम्मेवार पद भएकाले सेफ्टी, सेक्युरिटी र अन्य कुनै पनि गुणस्तरको विषयमा समस्या भएको भए सबैभन्दा पहिले अकाउन्टेबल म्यानेजरलाई नै नियामक निकायले सोधपुछ गर्ने गरिन्छ। र अकाउन्टेबल म्यानेजरले आफू मातहतका कर्मचारीहरूलाई नियन्त्रण गर्न नसकेर जब अकाउन्टेबल म्यानेजर कमजोर हुन्छ, त्यो संस्थामा सुशासन हुँदैन र सेफ्टी स्ट्यान्डर्ड हुँदैन। त्यसैले एयरलाइन्सले कुनै गल्ती गर्दा पहिलो कारबाहीको भागिदार अकाउन्टेबल म्यानेजर नै हुन्छ।
उड्डयन उद्योगमा उत्तरदायी व्यवस्थापन केवल नियामक आवश्यकता मात्र नभएर सुरक्षित उड्डयन सञ्चालनको मूलाधार हो। यसले संस्थागत स्तरमा सुरक्षाको संस्कृति विकास गर्छ र सबै स्तरमा जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन्छ। नेपाल जस्तो चुनौतीपूर्ण भौगोलिक परिवेश भएको देशमा यसको महत्व झन् बढी छ, जहाँ प्रत्येक उडानमा उच्च स्तरको सुरक्षा चेतना र तयारी आवश्यक हुन्छ। उत्तरदायी प्रबन्धकको भूमिकाले सुनिश्चित गर्छ कि उड्डयन सञ्चालनमा सुरक्षा कहिल्यै दोस्रो प्राथमिकता बन्दैन, सधैं पहिलो र सर्वोच्च प्राथमिकता रहन्छ।