काठमाडौं। दरबारमार्गमा रहेको ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैँक लिमिटेडबीच विशेÈ छुटसम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
यसमा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा विपणन कपोरेट निर्देशक अमृत ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। ल्यान्डमार्क होटेल तथा रिसोटअन्र्तगत चितवन, पोखरा, काठमाडौं, तनहु र भैरहवालगायत शाखासँग प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधामा विशेÈ छुट पाउने छन्।
सम्झौताअनुसार प्रभु बैँकका ग्राहक तथा कर्मचारीले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्ने छ। ल्यान्डमार्क होटेल तथा रिसोर्टको यी शाखामार्फत उपलब्ध आवासतर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउने छन्।
प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २५६ एटीएम साथै ४८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।
साथै प्रभु बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ। साथै, नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइ अवार्ड अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड २०२५ को अन्तर्राष्ट्रियबाट पनि सम्मानित भएको छ।