काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरी राष्ट्रका नाममा पहिलो सार्वजनिक सम्बोधन गर्दै पछिल्ला हिंसात्मक घटना र आगलागीबाट भएका व्यापक क्षतिका विषयमा गम्भीर धारणा व्यक्त गरिन्।
उनले सरकारी र न्यायिक संस्थाका महत्त्वपूर्ण अभिलेख र फाइलहरू नष्ट भएको तथ्यलाई राष्ट्रिय चासोको विषय भन्दै तत्काल अनुसन्धान र पारदर्शी प्रतिकारको आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनिन्, ‘हाम्रा रेकर्ड, प्रमाण र सर्वोच्च अदालतका फाइलहरू सबै नष्ट भएर हामीलाई ठूलो क्षति पुगेको छ। भौतिक भवनको क्षति पुनः बनाउन सकिन्छ, तर ती रेकर्ड र विवरणहरू नष्ट भएर शून्यको अवस्थामा पुगेका छौँ।’
उनले सुरक्षा निकाय, प्रहरीका चौकी थाना, उच्च अदालत र सिंहदरबारसम्म आक्रमण भएको र त्यसबाट ठूलो क्षति पुगेको जोड दिइन्।
सरकारी अभिलेख र अदालतका फाइलहरूको व्यापक नष्ट गरी राष्ट्रिय सुरक्षा तथा कानुनी प्रक्रियाका लागि गम्भीर समस्या भएको बताएकी छन्।
आगजनीमा सुरक्षाकर्मीको ज्यान गएको र प्रहरी कार्यालयका सवारीसाधनसमेत नष्ट भएको हुँदा तात्कालिक पुनर्स्थापन आवश्यक छ।
आफू प्रधानमन्त्री पदमा ‘रसस्वादन’का लागि नभई आवश्यक दबाब र आग्रहपछि नियुक्त भएको र ६ महिनाभन्दा बढी कार्कीको कार्यकाल नदिने प्रतिवद्धता जाहेर गरिन्, ‘कुनै हालतमा ६ महिनाभन्दा बढी बस्दैनौँ। आफ्नो जिम्मेवारी पूरा गरेर ६ महिनापछि नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिने अठोट गरेका छौँ।’
सरकारी राहत र सहयोगबारे उनले भनिन, ‘मृतक परिवारलाई सहिद घोषणा गर्ने निर्णय गरिसकिएको र सिस्टमले तोकेको पुँजीअन्तर्गत १० लाख रुपैयाँ दिने निर्णय लागू गरिने छ।’
घाइतेको उपचार र दीर्घकालीन अपांगताको अवस्थाका लागि उपचारको व्यवस्था गरिने उनले उल्लेख गरिन्। यसका साथै निजी क्षेत्रसँग समन्वय गरी थप सहयोग जुटाउने पहल भइरहेको जानकारी दिइन्। उनले सम्बोधनमा बारम्बार राष्ट्रवादी भाव तथा शर्मको भाव व्यक्त गरिन्।