काठमाडौं। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न भागमा भएका हुलदंगा, तोडफोड तथा आगजनीका कारण राष्ट्रका पूर्वाधार, उद्योग-व्यापार र व्यक्तिगत सम्पत्तिमा व्यापक क्षति भएको छ। प्रारम्भिक मूल्यांकन अनुसार अर्बौं रुपैयाँको क्षति भई नेपालका बिमा कम्पनीमा उल्लेखनीय संख्यामा दाबी दर्ता भइरहेका छन्।
यस विषम परिस्थितिको समयमा सकारात्मक सोचका साथ सम्पूर्ण व्यवसाय पुनरुत्थान तथा राष्ट्र पुन:र्निर्माणको महान अभियानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पनि सरिक भई योगदान पुर्याउन प्रतिबद्द रहेको छ। कम्पनीमा बिमा दाबी रकमको यकीन विवरण संकलन गर्ने कार्य हाल जारी रहेको छ। यस क्रममा बिमा दाबी भुक्तानीमा सधैँ अग्रणी भूमिकामा रहने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दाबी फर्छ्यौट प्रक्रिया तथा भुक्तानी सुरु गरिसकेको छ।
‘हामीलाई थाहा छ, बीमाको आवश्यकता कठिन क्षणमा पर्छ। तसर्थ सिद्धार्थ प्रिमियरको दाबी भुक्तानीको प्रयास सदाझै छिटो र पारदर्शी हुन्छ भन्नेमा विश्वस्त हुन जनाएको छ,’ कम्पनीले सार्वजनिक गरेको विज्ञप्ति उल्लेख गरिएको छ।
भदौ २४ गते भएको आगजनी तथा हुलदंगा पश्चात भोलिपल्टै भदौ २५ गते कर्फ्युको समयमा कम्पनीका उच्चपदस्थ अधिकारी र सर्भेयरको टोलीले विभिन्न बिमितको क्षति भएको सम्पत्तिको निरीक्षण तथा प्रारम्भिक सर्वेक्षणसमेत गरेका थिए।
कम्पनीमा बिमितको सम्पत्ति आन्दोलनको क्रममा क्षति भएको तर हालसम्म पनि जानकारी गराउन छुटेको भए यथाशिघ्र दाबी सम्बन्धि जानकारी कम्पनीका देशभरिका शाखा, प्रदेश तथा प्रधान कार्यालयमा गराउन अनुरोध गरेको छ।
कम्पनीले गत वर्षको बाढी पहिरोका कारण सिर्जित दाबी निर्जीवन बिमा कम्पनीमध्ये सबैभन्दा बढी भुक्तानी गरेको थियो। साथै उक्त कम्पनीले अन्य भइपरि आउने बिमा दाबी पनि समयमा फर्छ्यौट गरी आफूलाई नेपालको बिमा बजारमा अब्बल छवि राख्न सफल भएको छ।