काठमाडौं। गत भदौ २३ र २४ गतेको आन्दोलनले बिमा कम्पनीान करिब २२ अर्ब रुपैयाँ बढीको दाबी पर्ने भएको छ। बिमा कम्पनीहरुको प्रारम्भिक दायित्व मूल्यांकन विवरणअनुसार असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बढीको बिमा दाबी सिर्जना हुने देखिएको हो।
जेनजी आन्दोलनमा सहभागी प्रर्दशनकारीले निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी तोडफोड गर्दा अर्बौं रुपैयाँ बढीको सम्पत्ति नष्ट भएको हो। आन्दोलनको क्रममा भएको क्षतिको दाबी भुक्तानी बिमा कम्पनीले सम्पत्ति बिमा गराएका बिमितलाई ‘हुल दंगा जोखिम बिमा’अन्तरर्गत दाबी भुक्तानी गर्नुपर्ने हुन्छ।
जेनजी प्रर्दशनकारी सर्वोच्च अदालत, संसद भवन र सिंहदरबारभित्रका मन्त्रालयसहित देशका महत्वपूर्ण सरकारी संरचनामा ठूलो क्षति पुर्याएका छन्। निजी क्षेत्रका भाटभटेनी स्टोर, गाडीका शोरुम, होटल र एनसेल कार्यालय जस्ता व्यावसायिक प्रतिष्ठानमा पनि व्यापक नोक्सानी भएको छ।
आन्दोलनमा सार्वजनिक र निजी दुवै क्षेत्रका सम्पत्तिमा आगजनी र तोडफोड गरी ठूलो क्षति पुगेको थियो। बिमा भएको सम्पत्तिको अहिले दाबी पर्न थालेको हो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २७९ वटा, सगरमाथा लुम्बिनीमा २५७ वटा र हिमालयन एभरेष्टमा १९६ वटा बिमा दाबी परेको छ।
असहज परिस्थितिका कारण निर्जीवन बिमा व्यवसायमा सिर्जत बिमा दाबीको प्रारम्भिक विवरण बिमा कम्पनीहरुले नेपाल बिमा प्राधिकरणलाई उपलब्ध गराएको छन्। जसअनुसार असोज ५ गतेसम्म १४ वटा ठूला निर्जीवन बिमा कम्पनी र चार वटा माइक्रो इन्स्योरेन्स कम्पनीमा गरी कुल दुई हजार ४७८ वटा दाबी पर्ने देखिएको छ।
जसमा सबैभन्दा बढी बागमती प्रदेशमा १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरको एक हजार ३४४ वटा बिमा दाबी परेको छ। साथै, उक्त अवधिमा कोशी प्रदेशमा एक अर्ब ६५ करोड ३ लाख रुपैयाँ बराबरको ३२२ वटा, गण्डकी प्रदेशमा एक अर्ब २९ करोड बराबरको १८४ वटा, मधेस प्रदेशमा ५५ करोड २८ लाख रुपैयाँ बराबरको २ सय ४६ वटा, लुम्बिनी प्रदेशमा ४५ करोड ६९ लाख रुपैयाँ बराबरको २०२ वटा, सुदूरपश्चिम प्रदेशमा २३ करोड ९६ लाख रुपैयाँ बराबरको १ सय ५९ वटा र ८ करोड ९३ लाख रुपैयाँ बराबरको २२ वटा बिमा दाबी परेको छ।
बिमा प्राधिकरणद्वारा सार्वजनिक बिमा दाबीको प्रारम्भिक विवरणअनुसार संख्याको आधारमा सबैभन्दा बढी शिखर इन्स्योरेसमा ३७४ वटा र दाबी रकमको आधारमा सबैभन्दा बढी दि ओरिएन्टल इन्स्योरेन्स सवाँ ५ अर्ब रुपैयाँ छ। साथै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २७९ वटा, सगरमाथा लुम्बिनीमा २५७ वटा र हिमालयन एभरेष्टमा १९६ वटा बिमा दाबी परेको छ।
अर्ब रुपैयाँभन्दा कम बिमा दाबी पर्ने चार वटा माइक्रो इन्स्योरेन्ससहित ११ वटा कम्पनी छन्।
रकमको आधारमा भने दि ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब २२ करोड रुपैयाँ बढीको ७३ वटा बिमा दाबी, सिद्धार्थ प्रिमियरमा ५ अर्ब ८ करोड रुपैयाँ बढीको २७९ वटा बिमा दाबी, शिखरमा २ अर्ब ३९ करोड रुपैयाँ बढीको ३७४ वटा बिमा दाबी, आईजिआई प्रुडेन्सियलमा १ अर्ब ७६ करोड रुपैयाँ बढीको १७० वटा दाबी, सगरमाथा लुम्बिनीमा १ अर्ब ५४ करोड बढीको २५७ वटा दाबी, हिमालयन एभरेष्टमा १ अर्ब १५ करोड रुपैयाँ बढीको १९६ वटा दाबी र नेको इन्स्योरेन्समा १ अर्ब ११ करोड रुपैयाँ बढीको २११ वटा बिमा दाबी परेको छ।
अर्ब रुपैयाँभन्दा कम बिमा दाबी पर्ने चार वटा माइक्रो इन्स्योरेन्ससहित ११ वटा कम्पनी छन्। जसमा सानिमा जिआइसीको ८१ करोड, युनाइटेड अजोडको ५१ करोड, नेपाल इन्स्योरेन्सको ४७ करोड, एनएलजीको ४५ करोड, राष्ट्रिय बिमा कम्पनीको ४० करोड र प्रभु इन्स्योन्सको २० करोड बराबरको दाबी परेको छ।
साथै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको ११ करोड, स्टार माइक्रो इन्स्योरेन्सको ७२ करोड, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४४ लाख रुपैयाँ र नेपाल माइक्रोको ४१ लाख रुपैयाँ बढीको बिमा दाबी परेको छ।

