काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन विध्वंसमा परिणत नभएको भए अमेरिकी चेन होटल मोक्सी सञ्चालनमा आइसक्थ्यो। विश्व बजारमा युवा वर्गमा लोकप्रिय बनेको चारतारे होटल मोक्सी हिमालयन हस्पिटालिटी एण्ड होटलले नेपाल भित्र्याएको हो।
म्यारियटअन्तर्गतको मोक्सी सञ्चालनको मुखमा भएको आन्दोलनका क्रममा दुई पाँचतारे होटल हायात रिजेन्सी र हिल्टन होटलमा भएको आगोलागीपछि तत्कालका लागि होल्ड गरेको हो।
एमएस ग्रुपका अध्यक्ष शशीकान्त अग्रवालले आन्दोलनपछि पर्यटकहरुको आगमनमा बे्रक लागेकाले तत्कालका लागि सञ्चालन होल्ड गरिएको बताए। ‘दसैंअघि सञ्चालनका लागि आवश्यक तयारी पूरा भइसकेको अवस्थामा आन्दोलनपछि पर्यटकहरु बिच्किएका छन्,’ अध्यक्ष अग्रवालले भने, ‘यस्तो बेलामा सञ्चालन गर्नुभन्दा केही समयका लागि होल्ड गर्नु ठिक ठानेर रोकेका छौँ।’
मोक्सीको सफ्ट ओपनिङ भएर पूर्ण सञ्चालनको तयारीमा पुगिसकेको थियो। तर, आन्दोलनमा होटलमा भएको तोडफोड र आगजनीपछि लगानीकर्ताहरु केही समयका लागि मौन बसेका छन्।
कूल दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटल मेरिअटकै ब्राण्ड मोक्सी विशेषगरी युवा वर्ग तथा विदेशी पाहुना लक्षित हो। सञ्चालन पनि मेरिअटले गर्ने छ।
अवस्था सामान्य भएर पर्यटकहरु आउन थालेमा २०२६ को जनवरीदेखि सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष अग्रवालको भनाइ छ। ‘अहिले भएकै होटलमा पर्यटक आउन छोडिसकेको बेला नयाँ खोल्नु उपयुक्त लागेन,’ उनले भने, ‘केही समय पर्ख र हेरको अवस्थामा छौँ।’
कूल दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटल मेरिअटकै ब्राण्ड मोक्सी विशेषगरी युवा वर्ग तथा विदेशी पाहुना लक्षित हो। सञ्चालन पनि मेरिअटले गर्ने छ। फेन्सी तथा रमाइलो चाहने युवा वर्ग लक्षित यो होटलमा ड्रमसेट म्युजिक चलिरहन्छ। यहाँ प्रवेश गर्नेबित्तिकै अरू होटलमा जस्तो रिसेप्सन हुँदैन। यसको सट्टा बार हुन्छ। युवा वर्गकै लागि भनेर कोठामा कपडा राख्ने दराज नराखी डोरी टाँगिने छ।
होटलमा रहेका अधिकांश कोठाहरु डिलक्स रहेको छ। यस्तै, ग्राहकलाई फरक फरक स्वाद चखाउनका लागि तीन वटा रेष्टुरेण्ट सञ्चालन हुनेछ। १० औँ तलामा रहेको रेष्टुरेन्टबाट काठमाडौं उपत्यकालाई नजिकबाट नियाल्दै मदिराको स्वादमा रमाउन पाउने सञ्चालकको दाबी छ।
मोक्सी होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नजिक अवस्थित छ। होटलमा १०८ वटा स्मार्ट र स्टाइलिस बेडरुम रहेको छ। विशेषगरी युवाहरूलाई लक्षित गरेर निर्माण गर्न लागिएकाले परम्परागत होटलभन्दा फरक र ह्यापेनिङ हुने बताइएको छ। होटलमा बार, अल डे डाइनिङ आउटलेट, टेक अवे, रुफटप बारलगायतको सेवाहरू समावेश गरिने छ। त्यस्तै, फिटनेस सेन्टर, आउटडोर पुल रहने छन्।
पछिल्लो केही वर्षयता नेपालमा विदेशी चेन होटलहरुको प्रवेशको लहर बढिरहेको बेला एक्कासी दुई पाँचतारे होटलमा आगो लगाएको घटनाले पर्यटन क्षेत्रमा नराम्रो प्रभाव पर्यो।
भ्रष्टचार अन्त्यसहित विभिन्न माग राख्दै जेनजीहरुले गरेको आन्दोलनको क्रममा अमेरिकी चेन होटल हायात रिजेन्सी र हिल्टन होटलमा आगो लगाए। पर्यटकहरु होटलभित्रै रहेको बेला आन्दोलनकारीले अन्धाधुन्ध तोडफोड र आगो लगाएर ध्वस्त बनाए। होटलभित्र बसेका पर्यटकमध्ये केहीलाई नेपाली सेनाले बाहिर निकाले भने अन्य भागेर ज्यान गुमाए।
पछिल्लो केही वर्षयता नेपालमा विदेशी चेन होटलहरुको प्रवेशको लहर बढिरहेको बेला एक्कासी दुई पाँचतारे होटलमा आगो लगाएको घटनाले पर्यटन क्षेत्रमा नराम्रो प्रभाव पर्यो।
छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकले ट्राभल एडभाइजरी जारी गर्दै तत्कालका लागि नेपाल असुरक्षित रहेको सन्देश आफ्ना नागरिकलाई दिए। जसको प्रभाव अहिले होटल र एयरलाइन्समा भएको बुकिङ धमाधम रद्द भइरहेको छ।