काठमाडौं। दसैं लागेसँगै सवारी साधनको भाडादरमा मनलाग्दी भएको पाइएको छ। सरकारले गत वर्ष पुस २२ गतेदेखि लागू भएको सवारी भाडादरभन्दा फरक भाडा लिइएको पाइएको हो।
काठमाडौंको कोटेश्वरस्थित टिकट काउन्टरबाट एक सेवाग्रहीले आउँदो १० गतेका लागि २ हजार १ सय रुपैयाँमा इटहरीका लागि बसको अग्रीम टिकट लिएका छन्। उनले सामान्य समयमा घर आउजाउँ गर्न १५ सयदेखि दुई हजार रुपैयाँ पर्ने गरेको बताए।
दसैंको समयमा बढी भाडा लिएको उनले गुनासो गरे। उन अग्रीम टिकट बुकिङको रकम तिरे पनि आफूलाई टिकट नदिएको सुनाए। ‘टिकट दिइएको छैन, जाने दिन बसमा नै दिने भनिएको छ,’ उनले भने।
दसैंमा घर फर्किनेका लागि बस टिकटको माग उच्च हुने भएकाले बिचौलियाले तोकिएको भाडा दरभन्दा बढी पैसा लिने गरेको गुनासो बढेको छ। विशेषगरी, अनलाइन र फोनमार्फत बुकिङ गर्दा यस्तो समस्या बढी देखिएको छ। सोही विषयमा क्याापिटल नेपाल टिमले आनलाइनमा पाइने विभिन्न टिकट काउन्टरमा दिएको सम्पर्क नम्बरमा फोन गरी भाडा दर बुझ्दा सरकारले निर्धारण गरिएकोभन्दा फरक पाइएको छ।
सरकारले निर्धारण गरेको भाडा दरभन्दा बढी लिएको यो केही उदाहरण मात्रै हो। यस्ता सरकारले निर्धारण गरेको भाडा दरभन्दा बढी असुल्ने यातायात सञ्चालक नहोला भन्न सकिँदैन।
अधिकांश रुटको टिकट सकिएकाले सवारी सधान थप्नुपर्ने भन्दै सरकारले निर्धारण गरेको भाडा दरभन्दा बढी भाडा लाग्ने पाइएको छ। सरकारले काठमाडौंदेखि काँकरभिट्टासम्मका लागि दुई हजार ५६७ रुपैयाँ निर्धारण गरेको छ। तर, सो रुटमा दुई हजार ६ सय वा सोभन्दा बढी भाडा दर पर्ने क्यापिटले फेला पारेको छ।
यो रुटमा दसैं टीकाका दिनसम्म बसको टिकट सकिएको पाइएको छ। यति मात्रै नभई क्यापिटलले काठमाडौं-इलाम फिकल, काठमाडौं-नेपालगञ्ज, काठमाडौं-तुलसीपुर, काठमाडौं-धनगढी लगायत काठमाडौंबाट बाहिरिने विभिन्न रुटमा चल्ने सवारी साधनको भाडा दर बढी रहेको फेला पारेको छ।
सरकारले निर्धारण गरेको र दसैंमा उठाएको भाडा दर विवरणः

सरकारले निर्धारण गरेको भाडा दरभन्दा बढी लिएको यो केही उदाहरण मात्रै हो। यस्ता सरकारले निर्धारण गरेको भाडा दरभन्दा बढी असुल्ने यातायात सञ्चालक नहोला भन्न सकिँदैन। तर, यसरी सरकारले निर्धारण गरेको भाडा दरभन्दा बढी लिएको पाइएमा कारबाही गर्ने यातायात व्यवस्था विभागले जनाएको छ। पछिल्लो समय सार्वजनिक यातायातको भाडा बढेको भन्ने हल्ला चले पनि यातायात व्यवस्था विभागले भाडा दर यथावत् रहेको प्रष्ट पारेको छ। विभागका अनुसार गत पौष २२ गतेदेखि लागू भएको भाडा दर अहिले पनि कायम छ।
यात्रुहरूलाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्दै विभागले तोकिएको भाडा दर सबै नागरिक सहायता कक्षहरूमा प्रष्टसँग राखिएको जनाएको छ। साथै, भाडा दर विभागको आधिकारिक वेबसाइटमा पनि हेर्न सकिने बताइएको छ।
यता, सरकारले निर्धारण गरेको भाडा दरभन्दा आफूहरुले बढी नलिएको यातायात व्यवासायीको दाबी छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार कुनै पनि सार्वजनिक सवारी साधनले तोकिएभन्दा बढी भाडा लिएको पाइएमा सम्बन्धित निकायले कारबाही गर्ने छ। ‘यातायातको गुणस्तर सामान्य, डिलक्स, सुपर डिलक्स, एसीलगायत अनुसार भाडा फरक-फरक हुने भए पनि त्यो पनि तोकिएकै मापदण्डभित्र रहनुपर्ने छ,’ सिटौलाले भने।
सरकारले निर्धारण गरेको भाडा दरभन्दा बढी शुल्क नलिन बस व्यवसायीले प्रतिबद्धता जनाएको यातायात व्यवस्था विभागले बताएको छ। विभागका सूचना अधिकारी गणेशमान सिंह राईका अनुसार कुनै पनि व्यवसायीले तोकिएको भाडा दरभन्दा बढी शुल्क लिएको पाइएमा उनीहरूमाथि कारबाही गरिने छ।
काठमाडौं उपत्यकाबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन्।
केही बस व्यवसायीले भने वर्षाका कारण बाटोको अवस्था बिग्रिएको र गाडी फर्किन ढिलाई हुने जोखिमका कारण लामो समय अगाडिको टिकट बुकिङ दिन समस्या भएको राई बताउँछन्।
यात्रुहरूको सुविधाका लागि काठमाडौं उपत्यकाका विभिन्न १४ देखि १५ स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ। यी डेस्कमा बस भाडा दर, सुरक्षित यात्राका नियम र यात्रुले ध्यान दिनुपर्ने अन्य जानकारी उपलब्ध गराइएको छ। यदि, कुनै व्यवसायीले बढी भाडा मागेमा वा अन्य कुनै समस्या भएमा यात्रुहरूले यी डेस्कमा गएर गुनासो दर्ता गर्न सक्ने छन्। राईले सबै यात्रुलाई आधिकारिक काउन्टरबाट मात्रै टिकट किन्न आग्रह गरे।
‘फोन वा अनलाइनमार्फत हुने बुकिङमा बिचौलियाको चलखेल हुन सक्ने सम्भावना भएकाले सोझै काउन्टरमा गएर टिकट खरिद गर्नु सुरक्षित हुन्छ,’ उनले भने, ‘यसले गर्दा कुनै पनि समस्या आएमा समाधानका लागि सजिलो हुनेछ।’
काठमाडौं उपत्यकाबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। देशका विभिन्न क्षेत्रबाट उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैं मनाउन घर जान थालेका हुन्।