काठमाडौं। देशभरका प्रमुख राजमार्गमा पहिरो र बाढीसँगै सडक भासिएका कारण यातायात अवरुद्ध भएको छ। दसैं नजिकिएसँगै घर जाने-आउने यात्रु ठूलो समस्यामा परेका छन्।
सडक विभागका अनुसार पृथ्वी लोकमार्गमा धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका १० स्थित बादरेमोडमा पृथ्वी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। असोज ६ गते राति करिब १० बजेतिर सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
यस्तै, मनसुन सक्रिय हुँदा बीपी राजमार्गमा रातिको समयमा भाडाका सवारी साधन चल्न रोक लगाइएको छ। असार १ गतेदेखि लागू भएको यो नियमअनुसार हरेक दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म भाडाका सवारी साधन चल्न पाउने छैनन्। तर, निजी सवारी साधन चलिरहेको विभागले जनाएको छ।
असार २४ गते बिहान ३ बजे भएको यो घटनापछि त्यस नाका भएर हुने सवारी आवागमन बन्द भएको छ।
यस्तै, रसुवाको गोसाइकुण्ड गाउँपालिका २ मा रहेको रसुवागढीमा बाढीले नेपाल र चीन जोड्ने मितेरी पुलमा क्षति पुर्याएको छ। असार २४ गते बिहान ३ बजे भएको यो घटनापछि त्यस नाका भएर हुने सवारी आवागमन बन्द भएको छ।
-1758615209.png)
सडक विभागका अनुसार, कोशी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुणखोलामा बाढीले ह्युम पाइप बगाउँदा कोशी राजमार्गको खाँदबारीदेखि थुमसुर खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। जेठ ६ गते भएको यो घटनापछि वर्षायामभरि सडक सुरु हुन नसक्ने विभागले जनाएको छ।
यता, अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २, कोदारीस्थित इकु पहिरोमा करिब ६ मिटर सडक २ फिट गहिरो भासिँदा यातायात अवरुद्ध भएको छ। भदौ ९ गते अपरान्ह ४ बजे भएको यो घटनापछि सडक मर्मतको काम भइरहेको छ।
यस्तैगरी, खाँदबारी-किमाथांका सडक खण्डमा पर्ने संखुवासभाकै मकालु गाउँपालिका ३ एकुवामा कोशी राजमार्गअन्तर्गत पर्ने खाँदबारी-किमाथांका सडक खण्डमा पहिरो खसेको छ। भदौ १५ गते राति भएको यो घटनापछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध छ।
-1758615207.png)