काठमाडौं। नेपाल राष्ट्र बैंकले जेनजी प्रदर्शनमा जलेको नोट तत्काल नसाट्ने भएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी प्रर्दशनको क्रममा निजी आवास, व्यवसायिक भवन र राजनीति दलका पार्टी कार्यालय, नेताहरूको घरसँगै बैंकमा जलेको नोटहरु दाबी गर्न आए नदिने भएको हो।
जेनजी आन्दोलनमा सहभागी प्रर्दशनकारीले निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोडसँगै आगजनी गर्दा अर्बौं रुपैयाँ बढीको सम्पत्ति नष्ट हुनुको साथै चलनचल्तीका नोटसमेत जलेको थियो। आगो निभिसकेपछि जलेको नोटहरू प्रर्दशनकारीसँगै अन्य असम्बन्धित व्यक्तिले लगेको भिडियो सामाजिक सञ्जालमा देख्न पाइन्छ।
यस्ता नोट लगेर कुनै पनि पसलले सामान खरिदमा लिँदैनन्। तर, नेपाल राष्ट्र बैंकको ‘नेपाल राष्ट्र बैंक नोट तथा सिक्का नियमावली, २०५९’ अनुसार यस्तो जलेको नोट बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकमै लगेर दाबी गरे बराबरको भुक्तानी पाइन्छ। त्यसैले प्रदर्शनकारीले आगजनी गरेको स्थानमा प्राप्त जलेको पैसासमेत प्रर्दशनकारीसँग अन्य असम्बन्धित व्यक्तिहरुले लगेका छन्।
राष्ट्र बैंकले सोही विनियमावलीको प्रावधानमा रहेर यसअघिसम्म हामीले दैनिक रुपमा प्रयोग गर्ने नोट विविध कारणले जलेमा, फोहोर तथा झुत्रो भएका बैंक तथा वित्तीय संस्थामार्फत् वा स्वयमले संकलन गरेर नोट दाबी भुक्तानी दिने गरेको थियो।
जसमध्ये कति नोट आगजनीमा परेर खरानी भए र कति नोटको दाबी भुक्तानी गर्ने मिल्ने अवस्थामा छन्। हालसम्म एकीन तथ्यांक राष्ट्र बैंकमा आइसकेको छैन।
राष्ट्र बैंकद्वारा जारी नोटमै ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट तुरुन्त पाइन्छ’ भनेर उल्लेख गरेको हुन्छ। सोहीअनुसार नोट सट्टा भर्नाका लागि जेनजी आन्दोलन अघिसम्म व्यवस्था गरिरहेको दाबी पेश हाल बन्द गरेको गरिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए।
‘कुनै कारणले चलनचल्ती योग्य नभएमा त्यस्तो नोटको साटोमा नयाँ वा सुकिलो नोट राष्ट्र बैंकमा सट्टा भर्ना माग गर्न सकिने व्यवस्था पुरानै हो तर हाल यो सेवा बन्द गरिएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले क्यापिटल नेपालसँग भने, ‘पछिल्लो समय जेनजी प्रर्दशनमा क्रममा आगलागी हुँदा निजी आवास, बैंकका शाखा, व्यवसायीक प्रतिष्ठानलगायतमा भएको नोटहरुसमेत जलेको छ, त्यस्ता नोट सम्बन्धित व्यक्तिबाहेक अन्यले दाबी माग गर्न आउन सक्ने हुन सक्छन्। त्यसैले नोट दाबी सट्टा भर्ना मागमा समयानुकूल नियम बनाएर मात्रै पुन सुरु हुन्छ।’
यसरी दाबी गर्नका लागि नम्बर देखिने गरीको नोटका टुक्रा हुन आवश्यक छ। राष्ट्र बैंकको तथ्यांकअनुसार जेनजी प्रर्दशन सुरु हुनअघि गत भदौ २२ गतेसम्म ७ खर्ब ३८ अर्ब ९३ करोड रुपैयाँ बजारमा चलनचल्तीमा नोट थियो। जसमध्ये कति नोट आगजनीमा परेर खरानी भए र कति नोटको दाबी भुक्तानी गर्ने मिल्ने अवस्थामा छन्। हालसम्म एकीन तथ्यांक राष्ट्र बैंकमा आइसकेको छैन।
प्रर्दशनमा लागेको आजगनीमा परेका पैसा हुन् वा अन्य कारणले चलनचल्ती अयोग्य भएका पैसा हुन् त्यसको लिखित स्रोत खुलाएपछि मात्रै सट्टा गर्ने गर्ने नियम बनाइने मिश्रको भनाइ हो।
जेनजी प्रर्दशनकारीले ग्लोबल आइएमई बैंक थापाथली शाखा, सर्वोच्च अदालत, संसद भवन र सिंहदरबारभित्रका मन्त्रालयसहित देशका महत्वपूर्ण सरकारी संरचनामा आगो लगाएका थिए।
‘तत्काललाई दसैंसम्मलाई दाबी नोट काउन्टर बन्द गरेका छौँ। तर, खुलाउँदा पनि पछिल्लो असहज परिस्थितिका कारण जलेका नोटको विषयमा अध्ययन गरेर मात्रै उचित निर्णय गर्छौं, प्रर्दशनमा आगजनीले नोट जलेको थियो। धेरै जनाको घरमा जलेको छ। त्यहाँ पनि नोट थिए होलान्। तर, हालसम्म कसैले जलेको पैसा दाबी गर्न आएका छैनन्। नोट दाबी भुक्तानीबारे अध्ययन गर्छौं। उचित निर्णय गरेरमात्रै खुला गर्छौं,’ राष्ट्र बैंक डेपुटी गभर्नर मिश्रले भने।
जेनजी प्रर्दशनकारीले ग्लोबल आइएमई बैंक थापाथली शाखा, सर्वोच्च अदालत, संसद भवन र सिंहदरबारभित्रका मन्त्रालयसहित देशका महत्वपूर्ण सरकारी संरचनामा आगो लगाएका थिए। साथै, निजी क्षेत्रतर्फ देशभर रहेका भाटभटेनी स्टोरका अधिकांश शाखा त्यहाँ भएको विभिन्न बैंकहरुको शाखा, गाडीका शोरुम, होटल र एनसेल कार्यालय जस्ता व्यावसायिक प्रतिष्ठानमा पनि व्यापक नोक्सानी भएको छ। त्यहाँ भएको नगदसमेत जलेको छ।
साथै, पूर्वप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताको निजी आवास, राष्ट्र बैंकका गभर्नर र पूर्वगभर्नरको निजी आवास, सरकारका विभिन्न तहमा रानजीतिक नियुक्ती लिएका व्यक्तिहरुसँगै स्थानीय सरकारमा रहेका व्यक्तिहरुको निजी आवाससमेत प्रर्दशनकारीले तोडफोड तथा आगजनी गरेका थिए।
राष्ट्र बैंकले यी व्यक्तिबाहेकले नोट दाबी गर्न आए के कसरी भुक्तानी गर्ने भन्ने विषयमा नयाँ नियम बनाएरमात्रै नोट सट्टा भर्ना दिने भएको हो।