काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले हालसम्म बाढीपहिरोका कारण १८ विद्युत् आयोजनमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। इप्पानले १८ आयोजनामा बाढीपहिरोले क्षति पुगेपछि लगत संकलन भइरहेको जानकारी दिएको हो।
यीमध्ये सेयर बजारमा सूचीकृत ९ हाइड्रोपावर कम्पनीका ११ वटा जलविद्युत् आयोजनामा पनि रहेका छन्।
११ वटा आयोजना सञ्चालन गरिरहेका ९ कम्पनी नेप्सेमा सूचीकृत छन्। यी आयोजनाको बाढीपहिरोका कारण उत्पादन बन्द भएको इप्पानले बताएको छ।
इप्पानका अनुसार बाढीपहिरोले सुपरमाई हाइड्रो, सगरमाथा जलविद्युत्, माइखोला हाइड्रो, सान्भी इनर्जी, एसियन हाइड्रो, सामलिङ पावर, पञ्चकन्या माई, हिमाल दोलखा हाइड्रो पावर, सानिमा माई हाइड्रोमा क्षति पुगेको छ।
हिमाल दोलखा हाइड्रो पावरका माइखोला हाइड्रो र माइखोला क्यासकेडमा क्षति पुगेको इपपानले जनाएको हो। सानिमा माईको माइखोला र माइखोला क्यासकेडमा क्षति पुगेको छ।
सुपर माइ हाइड्रोपावर कम्पनीको सुपर माइ हाइड्रो, सगरमाथा जलविद्युत कम्पनीको सुपरमाइ एमा क्षति पुगेको छ। माइखोला हाइड्रोको सुपरमाई ए क्यासकेड, सान्भीको जोगमाई खोला र जोगमाई क्यासकेड आयोजनामा क्षति पुगेको छ।