काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले खरिद गरेको एक वर्ष व्यतीत भएका लगानी बिक्री गर्न पाउने भएका छन्।
राष्ट्र बैंकले बैंकहरूलाई लगानी बिक्री गर्नका लागि बाटो फराकिलो बनाउँदै नेपाल राष्ट्र बैंकले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा अन्य लगानीसम्बन्ध व्यवस्थामा परिमार्जन तथा संशोधन गरेको हो।
राष्ट्र बैंकको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वित्तीय स्वार्थ भएका कम्पनीमा गरिएको कुल लगानीको हकमा त्यस्तो लगानी आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म गर्न सकिने छन्।
वित्तीय स्वार्थ भएको संगठित संस्थाका सेयर तथा डिबेञ्चरमा गरेको कुल लगानी रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाई पुँजीकोष कायम गर्नुपर्ने छ।
जसमा खरिद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने हालसम्मको व्यवस्था थियो। जुन राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै हटाएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले खरिद गरेको एक वर्ष व्यतीत भएका सेयर र डिबेन्चर लगानी बिक्रीमा रहेको सीमा हटाएसँगै अब पुँजी बजारमा अर्बौं रुपैयाँको तरलता भित्रिन्छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सेयर तथा डिबेन्चर बिक्रीमा रहेको सीमा हटाइदिँदा पुँजी बजारमा महत्त्वपूर्ण प्रभाव पर्छ। यस निर्णयले बैंकहरूलाई एक वर्ष नाघेको लगानी जति पनि बिक्री गर्न पाउने अधिकार दिएकाले बजारमा तरलता बढ्छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले खरिद गरेको एक वर्ष व्यतीत भएका सेयर र डिबेन्चर लगानी बिक्रीमा रहेको सीमा हटाएसँगै अब पुँजी बजारमा अर्बौं रुपैयाँको तरलता भित्रिन्छ।
नयाँ व्यवस्थाले बैंकहरूलाई बजारको अवस्था हेरी आफूसँग रहेको ठूलो मात्राको लगानी जति पनि बिक्री गर्न सक्ने बाटो खोलेको छ। यसले गर्दा लगानी व्यवस्थापनमा सहजता आउनुका साथै, बिक्रीबाट प्राप्त रकमले पुँजी बजारलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।
तथापि, बैंकहरूले एकै पटक ठूलो मात्रामा सेयर बिक्री गरेमा अल्पावधिमा सेयर मूल्यमा दबाब पर्न सक्छ। समग्रमा यो कदमले बैंकहरूको लगानी पोर्टफोलियो व्यवस्थापनलाई सहज बनाउँदै प्राथमिक बजारमा नयाँ निष्काशनको प्रत्याभूतिलाई प्रोत्साहन दिन्छ।