काठमाडौं। आवेदन दिएको करिब एक महिनापछि नेपाल राष्ट्र बैंकले नेशनल लाइफ इन्स्योरेन्सलाई हिमालयन बैंकको संस्थापक बन्न स्वीकृति दिएको छ।
केन्द्रीय बैंकले हिमालयन बैंकमा रहेको हबिबको संस्थापक सेयर खरिद गर्न पाउने स्वीकृति नेशनल लाइफ इन्स्योरेन्सलाई दिएको हो। पाकिस्तानी हबिब बैंकले अघिल्लो वर्षदेखि आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर बिक्री गर्न खोजेको थियो।
लगानीकर्ताहरुले विभिन्न कारणका कारण केन्द्रीय बैंकको ‘फिट एन्ड प्रोपर टेस्ट’ पास गरेर हिमालन बैंकको संस्थापक हुन सकिरहेका थिएनन्।
राष्ट्र बैंकबाट इजाजत प्रत्र प्राप्त संस्थाको संस्थापक हुन त्यहाँ हुने ‘फिट एन्ड प्रोपर टेस्ट’ पास गर्नुपर्ने हुन्छ। यसअघि पनि हिमालयन बैंकमा रहेको हबिबको सेयर हिमालयन रि इन्स्योरेन्सले खरिद गर्न राष्ट्र बैंकमा आवदेन दिएको थियो। तर, राष्ट्र बैंकले संस्थापक सेयर खरिद बिक्रीमा पुर्याउनुपर्ने प्रक्रिया नपुर्याएको भन्दै निवेदन अस्वीकृत गरेको थियो।
संस्थापको स्वीकृति दिएर सम्बन्धित संस्थामा असोज २६ गते पत्र पठाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुख गुरु प्रसाद पौडेलले जानकारी दिए।
गत वर्षदेखि हिमालयन बैंकको संस्थापक हुने तयारीमा रहेको नेशनल लाइफलाई राष्ट्र बैंकले निवेदन प्राप्त भएको एक महिनामै स्वीकृति दिएको हो।
संस्थापको स्वीकृति दिएर सम्बन्धित संस्थामा असोज २६ गते पत्र पठाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुख गुरु प्रसाद पौडेलले जानकारी दिए।
‘निर्णय भए पनि सम्बन्धित कम्पनीलाई पत्र डिस्च्याज गरिएको थिएन, स्वीकृति दिएको पत्र आजै पठाइएको छ,’ पौडेलले क्यापिटल नेपालसँग भने।
उनका अनुसार राष्ट्र बैंकले सम्बन्धित कम्पनीलाई २०८२ भदौ २२ गते पत्रबाट संस्थापक खरिद बिक्रीका लागि प्राप्त निवेदनअनुसार हिमालयन बैंकमा रहेको हबिबको २० करोड ८० लाख १२ हजार कित्ता संस्थापक नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बिक्री गर्ने प्रयोजनका लागि स्वीकृति प्रदान गरेको हो।
राष्ट्र बैंकले कम्पनीलाई स्वीकृति हिमालयन बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट प्राप्त कागजातको जवाफदेहिता संस्था स्वयंमा निहित रहने गरी, प्रचलित ऐन, कानुन र एकीकृत निर्देशनको अधीनमा रहेर प्रदान गरिएको हो।
साथै, रोक्का रहेको सेयरलाई कानुनबमोजिम फुकुवा गर्ने र खरिद बिक्री गर्नुअघि पुनः कालोसूचीमा रहे वा नरहेको यकीन गर्ने लगायतका सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने सर्त राष्ट्र बैंकले तोकेको छ।